यहाँको घरपझोङ गाउँपालिका—५ स्थित ठिनी खोलामा निर्माणधिन मोटरेबल पुल अन्तिम चरणमा पुगेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय मुस्ताङले घरपझोङ चक्रपथ सडक जोड्ने ठिनी खोलामा निर्माणधिन मोटरेबल योजना कार्यान्वयनमा ल्याएको थियो ।
यहाँको सदरमुकाम जोमसोमदेखि ठिनी गाउँ हुँदै ढुम्बाताल र घरपझोङ चक्रपथ सडक जोड्ने दुईतर्फी फुटपाथसहित प्रिस्टेज मोटरेबल पुलकोे लम्बाई ८ दशमलव ४ मिटर चौडा र ३५ मिटर लम्बाईको रहेको पूर्वाधार विकास कार्यालय मुस्ताङका सूचना अधिकारी ईन्जिनीयर घनश्याम रोक्कामगरले जानकारी दिनुभयो ।
यहाँको ठिनी खोलामा निर्माणधिन मोटरेबल बहुवर्षीय योजनाका रुपमा आ.व. २०८०÷०८१ को २९ साउनमा ४ करोड ४६ लाख लागतमा अमित अषेश जेभी कन्ट्रक्सनसंग ठेक्का सम्झौता भएको थियो । गण्डकी प्रदेश सरकारले गतवर्ष ठिनी खोला पुल निर्माणमा एक करोड रकम विनियोज गरेको थियो । उक्त बजेट थप एक करोड ७ लाख बजेट रकमान्तर गरिएको थियो ।
चालु आ.व.मा गण्डकी प्रदेस सरकारले ठिनी खोला पुलका लागि एक करोड बजेट विनियोजन गरेको ईन्जिनीयर रोक्कामगरको भनाई छ । यसैगरी ठिनी खोला मोटरेबल पुलको दुई करोड २० लाख अर्थात (४९.१९) प्रतिशत बित्तिय भुक्तानी भईसकेको कार्यायलका सूचना अधिकारी ईन्जिनीयर रोक्कामगरले जानकारी दिनुभयो ।
सम्झौता अवधि आ.व. २०८३ साउन २८ गतेसम्म तोकिएको ठिनी खोला मोटरेबल पुलको पछिल्लो भौतिक प्रगति ८० प्रतिशत नाघेको कार्यालयका सूचना अधिकारी ई. रोक्कामगरले जानकारी दिनुभयो ।
यहाँको ठिनी खोला पुल निर्माण अन्तिम चरणमा पुगेको बताईएको छ । पुल निर्माणको जिम्मा पाएको जोईन पार्टनर अमित बिल्डर्सले निरन्तर पुल निर्माणको कामलाई तीब्रता दिएकाले चालु आर्थिक वर्ष भित्रै पुल निर्माणको काम सम्पन्न हुने कार्यालय ईन्जिनीयर रोक्कामगरको भनाई छ । ठिनी खोलामा पुल निर्माणका लागि दुईतर्फी फाउन्डेसन पिल्लरसहित पुलको स्लाप ढलान लगायतका कार्य भईसकेको छ । ईन्जिीनीयर रोक्कामगरका अनुसार ठिनी खोलामा निर्माणधिन पुलको एप्रोज सडक र फिनिसिंङको कामहरु बाँकी रहेको जानकारी दिनुभयो ।
मुस्ताङको घरपझोङ—५ स्थित पर्यटकीय गन्तब्य ढुम्बाताल र घरपझोङ चक्रपथ सडक जोड्ने ठिनी खोलामा निर्माणधिन पुल सम्पन्न भएमा बर्खायाममा सवारी साधनको आउजाउमा कुनै समस्या नहुने त्यहाँका वडाध्यक्ष प्रदीप थकालीले बताउँनुभयो । ठिनी खोलामा अस्थायी कच्ची पुल हुँदा सवारी साधनलाई जोखिम हुने गरेकोमा पक्की पुल बनेपछि सवारी दुर्घटना हुने जोखिम हट्ने वडाध्यक्ष थकालीको भनाई छ ।
ठिनी खोला पुल सम्पन्न भई संञ्चालनमा आएमा ढुम्बाताल अवलोकन गर्न जाने पर्यटक तथा स्थानीय नागरिकहरुलाई निकै सहज हुनेछ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली