आगामी भदौ ३० र ३१ गते आयोजना हुने जलवायु सम्मेलनका लागि मुस्ताङको घरपझोङ गाउँपालिकाले बुधबार ७५३ वटै स्थानीय तहहरुलाई ईमेलमा मार्फत सहभागी हुन लिखित पत्रचार गरेको छ । जलवायु परिवर्तनको असरले पु¥याएका समस्या , चुनौति र जलवायु अनुकुल लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गर्ने उद्देश्यले घरपझोङ गाउँपालिकाले पहिलो पटक ऐतिहाँसिक रुपमा जलवायु परिवर्तन सम्वन्धी सम्मेलन आयोजना गर्ने तयारी गरेको हो ।
घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतद्वारा हस्ताक्षरित निमन्त्रणा पत्र बुधबार सार्वजनिक गर्दै संघीय मामिला मन्त्रालयको समन्वयमा सबै स्थानीय तहहरुलाई उपस्थिती हुन पत्रचार गरिएको छ । जलवायु संकटले हिमाल,पहाड र तयारी क्षेत्रमा पु¥याएको असर सम्वन्धी विश्लेषण,एजेण्डा र जलवायु परिवर्तन सम्वन्धी सामुहिक ऐक्यवद्धता तय गरी जलवायु परिवर्तन सम्वन्धी घरपझोङ घोषणापत्र २०८३ जारी गरिने बताईएको छ ।
मुस्ताङको सदरमुकाम जोमसोममा आयोजना हुने जलवायु परिवर्तन सम्मेलनका लागि काठमान्डौ,ललितपुर,पोखरा,भरतपुर,बिरगञ्ज र विराटनगर महानगरपालिका लगायत ११ वटा उपमहानगरपालिका,२७६ वटा नगरपालिका र ४५९ वटा गाउँपालिकाहरुलाई एकैसाथ लिखित पत्रचार गरिएको प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिनुभयो ।
आगामी भदौ ३० र ३१ गते हुने घरपझोङ जलवायु परिवर्तन सम्मेलनमा एकिकृत आवाज र संयुक्त ऐक्यवद्धता मार्फत नेपाल र अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गर्ने सम्मेलनको मुख्य उद्देश्य रहेको घरपझोङले पत्रमा उल्लेख गरेको छ । जलवायु परिवर्तनका कारण नेपालका सबै स्थानीय तहहरुमा सिर्जित अवस्था,प्रकोप र असरहरुको पहिचान गर्दै असर न्यूनिकरणका उपाय एवं रणनीतिहरुको बारेमा यहाँ स्थित कालिगण्डकी नदी तट,मुक्तिनाथधाम,निलगिरी हिमालको काखमा बसेर बृहत्तर रुपमा छलफल गरी हिमालपारीको जिल्लाबाट जलवायु घोषणापत्र जारी गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिनुभयो । सम्मेलनबाट जारी हुने साझा घोषणापत्रले राष्ट्रिय तथा अन्तराष्ट्रिय समुदायहरुको ध्यान केन्द्रित गर्न संयुक्त आवाज बुलन्द गर्ने सम्मेलनको उद्देश्य रहेको उहाँले बताउँनुभयो ।
घरपझोङ जलवायु सम्मेलनमा उपस्थित हुन ७५३ वटै स्थानीय तहका प्रमुख एवं अध्यक्षहरुसहित एक जना प्रतिनिधि सामेल गरी एक स्थानीय तहमा दुई जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ । यसका लागि भदौ १५ गतेभित्र ७५३ वटै स्थानीय तहले प्रतिनिधिको नामावली घरपझोङ गाउँपालिकाको ईमेलमा पठाउनु पर्नेछ ।
सम्मेलनमा जलवायु परिवर्तनको असर सम्वन्धी फोटो प्रर्दशनी हुने भएकाले सबै स्थानीय तहहरुले भदौ १५ गते भित्र सम्वन्धीत स्थानीय तहहरुले जलवायु असर सम्वन्धी फोटो पठाउन अनुरोध गरेको छ । यसैगरी जलवायु परिवर्तनको असर र अनुकुलन सम्वन्धी स्थानीय तहहरुको धारणा र घोषणापत्रमा समेटिनुपर्ने बिषयलाई उल्लेख गरी भदौ १५ गतेभित्र त्यसको ड्राफ पठाईदिन हुन समेत अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले उल्लेख गर्नुभयो ।
मुस्ताङमा आयोजना हुने घरपझोङ जलवायु परिवर्तन सम्मेलनका लागि गाउँपालिकाले आवश्यक गृहकार्य अघि बढाईसकेको जनाएको छ । गाउँपालिकासंग भगिनी सम्वन्धमा जोडिएका र मुस्ताङका अन्य स्थानीय तहहरुको सहयोगमा सम्मेलन आयोजना गर्ने तयारी गरिएको हो ।
पछिल्लो समय जलवायु परिवर्तनको असरका कारण हिमनदी पग्लिने, हिमालहरु कालापत्थरमा परिणत हुने,बाढी,पहिरो र नदी कटानले प्राकृतिक विपद निम्याउने, कृषि पशुपालन ,धर्मसंस्कृति र जैविक विविधता लगायतका क्षेत्रमा जलवायु परिवर्तनले ठुलो असर पु¥याएको पत्रमा उल्लेख गरिएको छ ।
जलवायुका कारण हिमाली क्षेत्रमा असमान प्रकारको हिमपात हुने, खानेपानीका मुहानहरु सुक्दै जाने, चरनक्षेत्रहरु खम्चिदै जाने र मानव र वन्यजन्तुको द्धन्दले पशुपालन व्यवसाय संकटमा पर्न थालेको पत्रमा उल्लेख छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली