छुसाङ—घमी— कोरला सडकमा कालोपत्र गर्न पाँच अर्व ४ करोड लागत अनुमान

जोमसोम ।

उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडक आयोजना अन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—३ छुसाङदेखि नेपाल—चिन सिमानाका कोरलानाकासम्म कालोपत्र गर्न पाँच अर्व ४ करोड बजेट लागत अनुमान गरिएको छ ।

छुसाङदेखि घमीसम्मको ४० किलोमिटर सडक कालोपत्रका लागि दुई अर्व ४ करोड र मुस्ताङको घमीदेखि कोरलासम्मको ५० किलोमिटर सडक कालोपत्र विस्तार गर्न आयोजनाले बहुवर्षीय ठेक्का लगाउन पाँच अर्व ४ करोड बजेट लाग्ने लागत अनुमान गरेको हो ।

यहाँको वारागुङ मुक्तिक्षेत्रदेखि कोरलानाका सडकसम्मको सडकमा दुई चरणमा गरी प्रारम्भिक वातावरण प्रभाव मूल्यांकन (आईइ) र डीपीआर सर्वे एक साथ सर्वे अध्ययन गरिएको थियो । आयोजना प्रमुख धुब्र झाका अनुसार छुसाङदेखि घमीसम्मको ४० किलोमिटर सडक र घमीदेखि कोरलानाकासम्मको ५० किलोमिटर सडकको  प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन (आईइं) प्रतिवदेन बन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भईसकेको र उक्त सडकमा कालोपत्र विस्तार गर्ने गरी डीपीआर प्रतिवदेदन फाईनल भईसकेको छ ।

यहाँको कोरलानाकासम्मको ९० किलोमिटर ग्राभेल सडकको आईई र डीपीआर भईसकेकाले भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत आयोजनाले कुनै पनि बहुर्षीय ठेक्का खुलाउन सक्ने बाटो खुलेको आयोजना प्रमुख धुव्र झाले बताउँनुभयो ।

आयोजना प्रमुख झाले कागबेनीदेखि छुसाङसम्मको करिव १० किलोमिटर सडकमा कालोपत्र गर्न ठेक्का सम्झौता भईसकेको र अब चाँडै कालोपत्र कार्य अघि बढाईने बताउँनुभयो ।


प्रतिक्रिया