जोमसोम—मुस्ताङको घरपझोङ गाउँपालिका अन्तर्गत जोमसोममा निर्माणधिन दुई वटा बसपार्क चैत्र १५ गतेदेखि संञ्चालनमा ल्याईने भएको छ ।बुधबार घरपझोङ गाउँपालिकाको सभाहलमा बसेको सरोकारवाला सम्मिलित बैठकले जोमसोम बनेका २ वटा बसपार्कलाई चैत्र १५ गतेदेखि संञ्चालन गर्ने सहमती भएको हो ।
गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनको अध्यक्षतामा बसेको बसपार्क संञ्चालन तथा आवश्यक तयारी बैठकमा पालिका प्रतिनिधि, प्रहरी,प्रशासन,जिल्लाका यातायात तथा पर्यटन व्यवसायीहरुको उपस्थिती रहेको थियो । बैठकमा सदरमुकाम जोमसोमको अव्यवस्थित र भद्धा सवारी पार्किङले सडक आवागमन समस्या परेको र मुकाम क्षेत्रमा जथाँभावी सवारी पार्किङ गरिनाले सदरमुकाम क्षेत्रको सुन्दरतामा समेत प्रतिकुल असर परेको थियो । हाल निर्माण भईसकेका बसपार्कलाई यथाशिघ्र कार्यान्वयनको चरनमा लैजान यातायात तथा पर्यटन व्यवसायी सहमत भएका हुन् ।
सहमतीमा चैत्र १५ गते बसपार्क संञ्चालन गर्ने निर्णय गरिएको हो ।यस्तै कुनै यातायात व्यवसायी तथा कम्पनीले दुई वटै बसपार्कमा अलग काउन्टर संञ्चालन गर्नेले बजार क्षेत्रमा एक—टिकट बिक्री केन्द्र राख्न पाउँने निर्णय गरिएको हो । गाउँपालिकामा रहेका बसपार्क पूर्वाधार पुरै व्यवस्थित नभई गाउँपालिकाले बसपार्क संञ्चालन ठेक्का आह्वान गरेको प्रति व्यवसायीहरले आक्रोस व्यक्त गरेका थिए ।
घरपझोङ गाउँपालिका ३ एक्लेभट्टी र घरपझोङ—४ जोमसोममा बसपार्क निर्माण गरिएको हो । घरपझोङ—३ एक्लेभट्टी बसपार्क गाउँपालिकाका आफ्नै बजेट ४८ लाख खर्चिएर निर्माण गरेको थियो । २०७५ सालमा निर्माण सुरु गरिएको एक्लेभट्टी बसपार्क निर्माण सम्पन्न भएको बताईपनि अझै पर्याप्त पूर्वाधार विकास हुन नसकेको व्यवसायीहरुको भनाई छ । त्यसो त गाउँपालिकाले निर्माण गरेको एक्लेभट्टी बसपार्क प्राविधिक त्रुटीका कारण वालहरु चर्किएको थियो । उक्त बसपार्क भित्र बिद्युत पोलहरु व्यवस्थित हुन नसकेकाले त्यसले थप जोखिम निम्त्याउने उनीहरुले बताएका छन् ।
घरपझोङ—४ मा निर्माण सम्पन्न भएको बसपार्क समेत अझै पर्याप्त पूर्वाधार पुरा नभएको व्यवसायीहरुको तर्क छ । उनीहरुले बसपार्कको आवश्यक संरचना निर्माण गरेर मात्र संञ्चालन गर्नु पर्ने अडान राखेका छन् ।
जोमसोम बसपार्क २०७३ सालमा संघीय सरकार अन्तर्गत सहरी विकास तथा भवन डिभिजन कार्यालय बाग्लुङले २ करोड ५० लाख लागतमा निर्माण गरेको थियो । बसपार्क गत वर्षको जेठमा पालिकालाई हस्तान्तरण गरिएको थियो । पालिकालाई हस्तान्तरण भएको जोमसोम बसपार्क १० महिनापछि संञ्चालनमा ल्याउने तयारी गरिएको हो ।
बसपार्क प्रयोग गरे वापत सम्वन्धित प्रतिनिधिले ट्रक ,बस,ट्याक्टर,लोडर र डोजरलाई प्रति घण्टा २५ रुपैया शुल्क तोकेको छ । यसैगरी हलुका सवारी साधनलाई १५ रुपैया र मोटरसाईकललाई प्रति घण्टा १० रुपैया शुल्क तोकेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता