सीपमूलक कफि बारिष्ता तालिममा २८ जना लाभान्वित



लेते—मुस्ताङको थासाङ गाउँपालिका—३ लेते स्थित धौलागिरी प्राविधिक शिक्षालयमा आयोजित कफि बारिष्ता तालिममा २८ जना लाभान्वित भएका छन् । नेपाल सरकार प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको आर्थिक सहयोगमा पुस १६ गतेदेखि  ३९० घण्टे कफि बारिष्ता तालिम आयोजना गरिएको थियो ।

बेरोजगार युवायुवतीहरुलाई रोजगारमूलक उद्यमी बन्नका लागि यसप्रकारको कफि बारिष्ता तालिम आयोजना भएको हो । तालिममा मुस्ताङसहित बाग्लुङ, पर्वत, म्याग्दी,  तनहु,चितवन र डोल्पा जिल्लाको युवयुवतीहरुले कफि बारिष्ता तालिम प्राप्त गरेको धौलागिरी प्राविधिक शिक्षालयका प्रमुख खड्गबहादुर सुब्बाले जानकारी दिए । तालिममा सहभागीहरुलाई सीपमूलक तालिमसंगै प्रशिक्षार्थीहरुलाई खान र बस्नको व्यवस्था प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदले गरेको शिक्षालय प्रमुख सुब्बाले उल्लेख गरे ।

 मुस्ताङको धौलागिरी प्राविधिक शिक्षालय लेतेमा आयोजित कफि बारिष्ता तालिम शनिबार समापन भएको छ । तालिमको प्रशिक्षकको रुपमा जयप्रकाश गुरुङ, प्रशान्त गौचन, अर्जुन थापा, एसाङ तामाङ र कुमारबहादुर जीसीले सहजीकरण गरेका थिए । कफि बारिष्ता तालिम लिएका मध्ये २० जना प्रशिक्षार्थी युवायुवतीहरुलाई प्रयोगात्मक सिकाई तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पोखरा लेंकसाईडका विभिन्न पर्यटक लक्षित बेकरी तथा कफि सपहरुमा पठाईने तयारी भईरहेको शिक्षालयले बताएको छ ।

 बर्सेनि जिल्लाबहादर मात्रै सञ्चालन हुने यसप्रकारको कफि बारिष्ता तालिम यसपटक मुस्ताङमा आयोजना गरिएकोले आफुले पनि केही सिक्ने अवसर प्राप्त भएको नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाकी सहसचिव सरस्वती ल्वागुनले बताईन् । ‘सीप सिकेर खेर जादैन, यस्तो अवसर पटकपटक आउँदैन,’उनले भनीन्,‘ मुस्ताङमै बसेर यो सिकाईलाई व्यवसायिकतासंग जोड्न सकिन्छ, युवा उद्यमशिलताका लागि यसप्रकारको तालिमले ठुलो सहयोग पु¥याएको छ ।’

 यसअघि कफि बारिष्ता सम्वन्धि ३९० घण्टे तालिमको थासाङ गाउँपालिकाका वडाध्यक्ष हरि गौचनले उद्घाटन गरेका थिए । यसैगरी तालिममा सहभागीहरुलाई स्थानीय जनप्रतिनिधि तथा धौलागिरी प्राविधिक शिक्षालयबाट प्रमाणपत्र प्रदान गरिएको थियो ।

 तालिम समापनमा वडाध्यक्ष हरि गौचनले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न सकेमात्रै तालिमको औचित्यता सार्थक हुने बताए ।



प्रतिक्रिया