बुकिङ रद्द भएपछि पोखरा—जोमसोम हवाई सेवा स्थगित

जोमसोम ।

पोखरा जोमसोम हवाई सेवा स्थगित गरिएको छ । देसमा उत्पन्न विद्यमान विषम परिस्थितीका कारण यहाँको पोखरा—जोमसोम हवाई उडान सेवा स्थगित गरिएको हो ।

मनसुन अघि गत असारमा यहाको पोखरा—जोमसोम हवाई मार्गमा मौसम प्रतिकुलता र पर्यटक अफसिजनका कारण निजी वायु सेवा कम्पनी तारा एयरलाईन्स र समिट एयरलाईन्सले हवाई सेवा स्थगित गरेका थिए । त्यसपछि मनसुन समाप्तिसंगै यहाँको हवाई मार्गमा यहाँ उडान भर्ने निजी वायु सेवा कम्पनीहरुले हवाई सेवा संञ्चालनमा ल्याएका थिए ।

यहाँ पोखरा —जोमसोम हवाई उडान सेवा संञ्चालनमा आएसंगै निजी वायु सेवा कम्पनीका साना टुईनेटर जहाजले उडान भर्न सुरु गरेको थियो । मनसुनपछि संञ्चालनमा आएको यहाँको हवाई सेवा पूनः देशमा उत्पन्न विषम परिस्थिती र मौसम प्रतिकुलताका कारण स्थगित भएको जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख दीपक पोखरेलले जानकारी दिनुभयो ।यहाँका पोखरा—जोमसोम हवाई सेवा भदौ २२ गतेदेखि पूर्ण रुपमा स्थागित भईसकेको कार्यालय प्रमुख पोखरेलले बताउँनुभयो ।यद्यपी निजी वायु सेवा कम्पनीले उडान स्थागित गरेपनि आशिंक रुपमा हेलि उडान भने संञ्चालनमा रहेको उहाँको भनाई छ ।

 ‘निजी वायु सेवा कम्पनीले के कतिकारणले उडान स्थगित गर्नुभएको हो ,त्यो हामीलाई थाहा हुँदैन,’कार्यालय प्रमुख पोखरेलले भन्नुभयो,‘ हामीलाई यहाँ केही समस्या छैन, हामी सेवा दिन तयार छौं ।’ यहाँ पोखरा—जोमसोम हवाई उडान सेवा संञ्चालन गर्न निजी वायु सेवा कम्पनीले तयार भएमा हामीले दिने सेवा रोकिदैन । यहाँ नियमित हवाई सेवा संञ्चालन रहेको अवस्थामा सुरुवाती एक हप्ता मौसम प्रतिकुलले उडान हुन नसकेको र त्यसपछि जेनजी आन्दालेनले उत्पन्न परिस्थितीका कारण यहाँका हवाई सेवा प्रभावित भएको कार्यालय प्रमुख पोखरेलको भनाई छ ।

यता, जोमसोम स्थित तारा एअरलाईन्सका स्टेसन ईञ्चार्ज सुजन लालचनका कारण स्थगित गरिएको पोखरा —जोमसोम हवाई सेवा अक्टोबर एक देखि संञ्चालन हुने जानकारी दिनुभयो । यहाँ पोखरा—जोमसोम हवाई सेवाका लागि तारा र समिटको टुईनेटर साना जहाजले हवाई यात्रुको बुकिङ नभएको अवस्थामा पनि सामन्य रुपमा भएपनि आफ्नो सेवालाई नियमित गर्ने निर्णय भएको स्टेसन ईञ्चार्ज लालचनको भनाई छ ।

मनसुनपछि संञ्चालनमा आएको केही समयपछि सुरुको एक हप्ता प्रतिकुल मौसमका कारण तारा र समिटको जहाज पोखरामा थन्किन पुगेको र त्यसपछि देशको उत्पन्न परिस्थितीका कारण हवाई यात्रुहरुले बुकिङ रद्द गर्न थालेपछि  हवाई सेवा स्थगित गर्नुपरेको स्टेसन ईञ्चार्ज लालचनले स्पष्ट पार्नुभयो ।

 गत भदौ २३ गते देसमा भएको जेनजी आन्दालन र त्यसपछि उत्पन्न भएको विषम परिस्थितीका कारण भारतले दक्षिणको सुनौली नाका, रुपडिया नाका र रक्सौल नाका सुरक्षा संम्वेदनशीलता देखाउँदै बन्द गरेका कारण भारतीय पर्यटकहरुले धमाधम अंग्रिम टिकट बुकिङ रद्द गरिसकेको स्टेसन ईञ्चार्ज लालचनको भनाई छ । उहाँले पोखरा—जोमसोम अनुकुल उडान समय भएको भएपनि भारतीय पर्यटकले उडान रद्द गरेका कारण यहाँको हवाई सेवा स्थगित गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

 मुस्ताङमा पछिल्लो दुई सातामा सार्क राष्ट्रका दुई हजार ३२८ जना विदेशी पर्यटक भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । यहाँ पछिल्लो दुई सातामा कुनैपनि तेस्रो मुलुकका पर्यटक नभित्रिएको प्रहरी निरीक्षक विशाल खत्रीले जानकारी दिनुभयो ।

 बशन्त ऋतुको आगमनसंगै अनुकुल मौसममा पर्यटकीय गुल्जार हुने मुस्ताङमा धमाधम विदेशी पर्यटकले हवाई उडान रद्द गरेपछि मुस्ताङ जिल्लाको पर्यटन व्यवसाय नराम्ररी प्रभावित भएको छ । यो समयमा यहाँ निजी वायु सेवा कम्पनीका साना जहाजहरुले योसमयमा दैनिक ५÷६ उडान भर्ने  गथ्र्ये । यहाँ सडकमार्गाबाट पनि विदेशी पर्यटक भित्रिने क्रममा एकदमै न्यून रहेको जनाईएको छ ।



प्रतिक्रिया