जोमसोम ।
उत्तरी चिनको स्वशासित क्षेत्र तिब्बतसंग सिमाना जोडिएको मुस्ताङको कोरलानाका पूर्ण संञ्चालनमा आएको छ । आ.व. २०८० साल कार्तिक २७ गते उपल्लो मुस्ताङका नागरिकहरुलाई मात्रै बाह्रै महिना खुल्ला गरिएको यहाँको कोरलानाका आईतबारदेखि पूर्ण रुपमा संञ्चालनमा आएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ ।
यहाँको कोरलानाकालाई ब्यापारिक मार्गको रुपम विस्तार गर्न भन्सार विभागले विभागमा कार्यरत भन्सार अधिकृत रमेश खड्कालाई यहाँका मुस्ताङ भन्सार कार्यालयको प्रमुखको रुपमा सरुवा गरेको छ । यसैगरी यहाँको मुस्ताङ भन्सार कार्यालयलाई गतिशिल तुल्याउन विभागले कार्यालय प्रमुख खड्कालाई स्पेशल रुपमा खटाएको कार्यालय प्रमुख रमेश खड्काले जानकारी दिनुभयो । यसैगरी यहाँ भन्सार कार्यालयका लागि रसुवागढी नाकामा कार्यरत दुई जना नायब सुब्बा र एक जना कम्प्युटर अपरेट गरी तीन जना जनशक्ति खटाएको कार्यालय प्रमुख खड्काले बताउँनुभयो । यसैगरी यहाँ साविक एक जना कम्प्युटर अपरेटर रहेको र कार्यालयको मुख्य काम गर्ने ५ जना जनशक्ति भन्सार चेकजाँचका लागि तैयारी अवस्थामा रहेको भन्सार प्रमुख खड्काको भनाई छ । यहाँ कार्यालयमा विभागले खटाएका सबै कर्मचारी आईतबारदेखि हाजिरी भईसकेको उहाँले जनाउँनुभयो ।
यहाँको कोरलानाकाबाट चिनियाँ सामान आयात गर्न विभागले मुस्ताङ भन्सारलाई सक्रिय बनाउँन थालेको छ । गत असारमा रसुवागढी नाका र साउनको पहिलो साता तातोपानी नाकाको रुढमा बाढीपहिरोले चिनियाँ सामान नेपाल ढुवानीमा अवरोध सृजना भएपछि भन्सार विभागले यहाँको मुस्ताङ स्थित नेपाल—चिन कोरलानाकालाई गतिशिल बनाउने योजना अघि बढाएको हो । रसुवागढी नाका र तातोपानी नाकाको सडक अवरुद्ध छ । दुबै नाका बन्द भएपछि दशै र तिहार जस्ता महत्वपूर्ण चाडपर्वका लागि चाहिने चिनिया सामान आयातमा समस्या परेपछि आयातकर्ता ब्यापारीहरुले अर्थ मन्त्रालय र भन्सार विभागमा सामान ल्याउने वातावरण बनाईदिन अनुरोध गरेका थिए । सोही आयातकर्ता ब्यापारीहरुको अनुरोधलाई मध्यनजर गर्दै विभागले यहाँको मुस्ताङ स्थित नेपाल—चिन कोरलानाकालाई औपचापरिक रुपमा ब्यापारिक मार्गको रुपमा संञ्चालनमा ल्याएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख खड्काको भनाई छ ।
यहाँ रसुवागढी नाका र तातोपानी नाकामा बाढी पहिरोले समस्या आएपछि यहाँको कोरलानाका बैकल्पिक नाकाको रुपमा संञ्चालनमा ल्याउन खोजिएको भएपनि अब यहाँको कोरलानाकामा ब्यापारिक रुपमा नेपाल—चिन आयात निर्यातमा कुनै समस्या नपर्ने भन्सार कार्यालय प्रमुख खड्काले उल्लेख गर्नुभयो । ‘यहाँको कोरलानाका संञ्चालनका लागि भन्सार कार्यालय ठुलो भन्सारका रुपमा अफग्रेड भईसक्यो,आईतबार मात्रै विभागले यहाँ कार्यालयलाई विभागको अनलाईन प्रणालीमा जाडिसकेको अवस्था छ,’ कार्यालय प्रमुख खड्काले भन्नुभयो,‘ यहाँका लागि विभागको सिफारिसमा नेपाल राष्ट्र बैंकबाट प्रभु बैंकलाई राजश्व रकम संकलन गर्ने अख्तियारी प्राप्त भएको छ, अब लोमान्थाङ स्थित प्रभु बैंकको शाखाबाट भन्सार कार्यालयको राजश्व संकलन गतिविधि अघि बढ्ने छ ।’यहाँका लागि भन्सार विभागको अनलाईन प्रणाली ‘आखी बुडा’ सफ्टवेयरमा घोषणा भईसकेकाले अब कोरलानाकाबाट हुने ब्यापारिक कारोबार नरोकिने भन्सार प्रमुख खड्काले दावी गर्नुभयो ।
यसैगरी पहिलो पटक यहाँको नेपाल—चिन कोरलानाका औपचारिक रुपमा संञ्चालनमा आएपछि यहाँको ब्यापारिक भन्सार ट्रान्जिक्सन वृद्धि हुने अपेक्षा गरिएको छ । रसुवागढी नाका र तातोपानी नाका अवरुद्ध भएर बैकल्पिक रुमा संञ्चालन हुँदै गरेको यहाँको कोरलानाका यसैमा मात्रै सिमित नहुँने भन्सार प्रमुख खड्काले जनाउँनुभयो ।
यहाँको कोरलानाकाबाट दशै—तिहार चाडपर्व लक्षित चिनिया सामान भित्र्याउने तयारी भईरहेको छ । रसुवागढी र तातोपानीनाकाबाट नेपालतर्फ ढुवानी गर्ने सामानहरु कोरलानाकाबाट भित्र्याउने तयारी गरिएको हो । यसका लागि सयौ मझौला कन्टेनरहरु कोरलातर्फ प्रस्थान गरिरहेका छन् । आईतबार मात्रै म्याग्दी र मुस्ताङको सिमानाका घाँसाबाट ४३ वटा मझौला खालका कन्टेनर कोरलानाकातर्फ जान प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
यसैगरी यहाँको मुस्ताङ भन्सार कार्यालयले आयातकर्ता ब्यापारीहरुको ठुलो परिमाणको मालसामान ल्हासा स्थित गोदाममा रहेको र कतिपय मालसामान रसुवागढी र तातोपानी नाकामा रहेकाले ति सामानहरु कोरोनानाका स्थित चिनिया भन्सारतर्फ डाईभर्ट गर्ने कार्य भईरहेको भन्सार प्रमुख खड्काले उल्लेख गर्नुभयो । यहाँ सम्पर्कमा आएका ब्यापारीले बताईए अनुसार कति कन्टेनर सामान आउँदै भन्ने एकिन नभएको भएपनि करिव ५ भन्दा बढी ईलेक्ट्रोनिक गाडीहरु कोरलानाकाबाट भित्रिने अनुमान गरिएको छ ।
यहाँ दशै पर्वका लागि लत्ताकपडा,दैनिक उपभोग्य वस्तु र ईलेक्ट्र«ोनिक गाडी भित्रिने जनाईएको छ । कार्यालय प्रमुख खड्काले करिव २÷३ सय ईलेक्ट्रोनिक गाडी ल्याउने ब्यापारी सम्पर्कमा आईसकेको जानकारी दिनुभयो । यहाँ विभाग र ब्यापारीहरुले अनलाईन सहजीकरण गरी एप्रभ गरी सकेपछि कोरलानाकाबाट सामान ल्याउन सकिने र त्यसका लागि यहाँ भन्सार कार्यालयले जाँचपास गर्ने र त्यसका लागि आवश्यक सहजीकरण गर्ने बताउँनुभयो । यहाँको न्हेचुङ स्थित मुस्ताङ भन्सार कार्यालय आसपास करिव एक हजार कन्टेनर गाडी गर्ने सुविधा रहेकाले कुनै समस्या नपर्ने बताउँनुभयो । ल्हासा गोदाममा रहेको र तातोपानी र रसुवागढीमा रोकिएका चिनिया मालसामान कोरला स्थित चिनिया भन्सारमा आउँदै गरेको कार्यालय प्रमुख खड्काले जनाउँनुभयो ।
यहाँको मुस्ताङ स्थित नेपाल—चिन कोरलानाका लगभग संञ्चालनमा आईसक्यो भन्दा कुनै फरक नपर्ने भन्सार प्रमुख खड्काले उल्लेख गर्नुभयो ।‘यहाँ भन्सारलाई चाहिने सबै पूर्वाधार तयारी अवस्थामा छ,’उहाँले भन्नुभयो,‘ अब कोरलानाकाबाट चाईनिज मालसमान ल्याउन कुनै समस्या पर्दैन, हामी यहाँबाट सहजीकरण गर्नेछौं ।’
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली