मुक्तिनाथ सडक माथि जमेको हिउँ सशस्त्र प्रहरीले पन्छ्यायो


जोमसोम—मुस्ताङमा सशस्त्र प्रहरीका सुरक्षाकर्मी टोलीले सडक माथि बरफ बनेर जमेको हिउँ आईतबार बिहान पन्छ्याएका छन् । सशस्त्र प्रहरी बल ३३ नं. गुल्म जोमसोमबाट खटिएको डेढ दर्जन सुरक्षाकर्मीले सवारी आवागमन सहज तुल्याउन सडक माथि जमेको हिउँ पन्छ्याएका हुन् ।

मुस्ताङमा शनिबार राति मुक्तिनाथ क्षेत्रमा आशिंक हिमपात भएको थियो । हिमपातका कारण मुक्तिनाथ जाने वारागुङ मुक्तिक्षेत्र—१ खिङ्गादेखि झारकोट हुँदै रानीपौवा बसपार्कसम्म सडकमा जमेको हिउँ सशस्त्र प्रहरीका सुरक्षाकर्मीले पन्छ्याएका हुन् । गुल्मका सशस्त्र प्रहरी निरीक्षक बिष्णु पौडेलको नेतृत्वमा गएको करिव डेढ दर्जन सुरक्षाकर्मीले कुटो ,सावेल र गैची लगायतका घरेलु उपकरणको सहायताबाट मुक्तिनाथ जाने कालोपत्रे सडक माथिको हिउँ पन्छ्याईएको हो । वारागुङ मुक्तिक्षेत्रका वडाध्यक्ष प्रमेश गुरुङले मुक्तिनाथ सडकमा आर्शिक हिउँ परेको  बताए । हिउँ परेका कारण मुक्तिनाथ सडकमा सवारी आउजाउमा समस्या परेकोमा सडक माथिको हिउँ सशस्त्र प्रहरीले पन्छ्याएपछि सडधक आवागमन सहज भएको जानकारी दिन ।  मुक्तिनाथ सडकमा  हिउँ परेको हिउँ घाम नलाग्ने ओसिलो स्थानमा हिउँ बरम जमेर बसेकाले सवारी दुर्घटनाको जोखिम बढेको थियो ।

 मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा शनिबार साँझ आशिंक हिउँ परेको थियो । हिउँ परेपनि तापक्रम वृद्धि भईसकेकाले हिउँ जम्न भने नसकेको वारागुङ मुक्तिक्षेत्रका अर्का वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए । यसैगरी उपल्लो मुस्ताङ का साथै घरपझोङ र थासाङ गाउँपालिकामा भने हिउँ नपरेको स्थानीय बताउँछन् ।

 अनुकुल मौसममा समेत मुस्ताङमा उल्लेख्य मात्रामा हिउँ पर्न सकेको छैन । बर्सेनि पुस र माघ महिनामा मुस्ताङका उच्चलेंकसंगै बस्तीमा समेत २ फिट बढी हिउँ पर्ने गथ्र्यो । हिउँ पर्न छाडेपछि मुस्ताङका किसान चिन्तित छन् । अनुकुल मौसममा हिउँ पर्दा कृषकले लगाएको अन्नबाली सप्रिने,उत्पादन वढ्ने, गुणस्तरीय फल लाग्ने र शीतोष्ण फलफूल तथा तरकारी आदीमा रोगकिरा नलाग्ने  र खेतीयोग्य जमिनको उर्वराशक्ति समेत वृद्धि हुन्थ्यो ।

 यसवर्ष हिउँ नपर्दा उत्पादन घट्ने चिन्ता रहेको जोमसोमका किसान अजित थकालीले बताए । हिउँदयामको हिउँ कृषकका लागि बरदान सावित हुन्छ । यद्यपी बेमौसममा परेको हिउँले फलफूल तथा तरकारी बालीलाई क्षति पुग्नसक्ने भएकाले बेमौसमे हिमपातको जोखिम बढेको किसान थकालीको भनाई छ ।


प्रतिक्रिया