‘ विकासको पहुँच पू¥याएको छु ’ अध्यक्ष : बिष्ट

         पहिलो कार्यकालमा म अध्यक्ष हुँदा हाम्रो गाउँपालिकामा नत सडकको पहुँच थियो नत विद्युतको नै पहुँच थियो । अहिलेको जस्तो ईमेल ,ईन्टरनेट र संञ्चार  थिएन । एक वडाबाट अर्को वडा जानु पर्दा घण्टौं पैदल  वा घोडा चढेर पुग्न पर्ने थियो । स्वास्थ्य उपचारका लागि सुगमको अस्पताल वा स्वास्थ्यकेन्द्रमा लैजान समेत कठिन पथ्र्यो ।

 तर,अहिले ५ वटै वडाहरुमा मोटर बाटो पुगेको छ ।  ईन्टरेनट र संञ्चारको सुविधा पुगिसकेको छ । हिजोको अवस्थामा संञ्चार र ईन्टरनेटको सुविधा नहुँदा हाम्रो पालिकाबासी नागरिकले देश विदेशको सूचना थाहा पाउन,प्रशासनिक कार्य र कुनै व्यक्तिगत कार्य गर्न समेत बञ्चित थिए । तर, अहिले त्यो अवस्था छैन ।

 गार्उँ गाउँमा मोटर बाटो पुगेको छ ।  शिक्षा र स्वास्थ्य क्षेत्रको अधिकारलाई सुनिश्चित गर्ने प्रयास गरेका छौं । पालिकामा ७ वटा आधारभुुत विद्यालय छन् । पालिका भित्रका सबै सामुदायिक सरकारी स्कुलमा पढ्ने  करिव २५० बढी बालबालिकाहरुलाई उच्च शिक्षा हासिल गर्न टेवा पुगोस भनेर गाउँपालिका र अभिभावकको लागत साझेदारीमा विद्यालय बैङिक खाता संञ्चालन गर्दैआईरहेका छौं ।

 ५ वटै वडामा स्वास्थ्य  चौकी स्थापना भएको छ  । हिउँदको समयमा जाडो हुने भएकाले विद्यार्थीलाई बेसीको पारिलो स्थानमा पठन पाठन गराउने गरी घुम्ती कक्षा संञ्चालन गर्ने गरेका छौं ।  धार्मिक तथा ऐतिहाँसिक पर्यटकीय स्थलको संरक्षण संवद्धन गर्नमा जोड दिईरहेका छौं । हिमाली क्षेत्रको मौलिकता,जैविक विविधता प्राचिन सम्यता र संस्कृति जोगाउँन हाम्रो  निरन्तर प्रयास जारी छ । 

सामुहिक स्याउ खेती विस्तारदेखि कृषकहरुका हरेक समस्या समाधान गर्न लागेका छौ. । कोरलानाकासम्म ३३ केभीको प्रशारण लाईनको विस्तार कार्य भईरहेको  छ । अब  चराङ र चैलेमा ३३ केमी सबस्टेशन निर्माण तयारीमा छ  ।

  दामोदरकुण्डको महत्व र व्यवस्थापनमा ध्यान दिएका छौं । त्यहाँ सम्म मोटर बाटो पू¥याउने हाम्रो लक्ष्य हो । ४ वर्षदेखि बन्द कोरला नाका खोल्न सफल भएका छौं । यसले स्थानीयलाई आशिंक  रोजगारी प्रदान गरेको छ । ।  निर्माणधिन कोरला सडकले  उपल्लो मुस्ताङको समृद्धि र विकासमा नयाँ आयाम थपिने छ ।


प्रतिक्रिया