मुस्ताङमा पोखरीमा डुबेर एक युवाको मृत्यु

जोमसोम—मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ तिरी गाउँ नजिक पौडी खेल्ने क्रममा पोखरीमा डुबेर एक युवाको मृत्यु भएको छ ।  वारागुङ मुक्तिक्षेत्र—४ को तिरी गाउँ नजिकको पोखरीमा बुधबार दिउँसो अन्दाजी ४ बजे  वारागुङ मुक्तिक्षेत्र—१ खिङ्गाका ३५ वर्षिय विकल गुरुङको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

 गुरुङ वारागुङ—१ खिङ्गाबाट पौडी खेल्नका लागि आफ्ना केही साथीहरुसंग त्यहाँ पुगेका थिए । साथीहरुसंगै पौडी खेल्ने क्रममा अचानक पोखरीमा डुुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रनाउ भोजराज पाण्डेयले जानकारी दिए ।

पौडी खेल्ने क्रममा युवाको मृत्यु भएको सूचनापछि नजिकैको कागबेनी प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक यमबहादुर दरैको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।प्रहरीले  घटनास्थलको मुचुल्का लगायतका कार्यसम्पन्न गरेको छ भने घटना सम्वन्धमा आवश्यक अनुसन्धान भईरहेको जनाईएको छ ।


प्रतिक्रिया