नेकपा मुस्ताङले बुझायो प्रधानमन्त्रीका नाममा ज्ञापन पत्र

जोमसोम—नागरिकता, परिचय पत्र र जग्गा किनबेच लगायतका कामहरु संम्वन्धित स्थानीय तहलाई दिनुपर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङमा शुक्रबार ज्ञापन पत्र पेश गरिएको छ । सम्मानीय प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०लाई सम्वोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति मुस्ताङले प्रमुख जिल्ला अधिकारी जनकराज पन्त्र मार्फत प्रधानमन्त्रीको कार्यालयका नाममा ज्ञापन पत्र बुझाईएको हो ।

नेकपा जिल्ला समिति मुस्ताङका ईञ्चार्ज सुशिला सी र सचिव प्रकाश सीद्धारा हस्ताक्षरित ज्ञापन जिल्ला प्रशासन कार्यालय मुस्ताङमा बुझाईएको हो । १० वर्षीय जनयुद्ध र जनआन्दोलनले नेपालको राज्य संरचनामा परिवर्तन ल्याई संघीय राज्य प्रणाली स्थापना भईसकेको र यसले एक हदसम्म जनताको आकांक्षा र मागलाई गर्न खोजेको अनुभूती गर्न सकिन्छ । तर ,अझै पनि वास्तविक संघीयताको निर्माण र अभ्यास नगरिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

संघीयता निर्माण र अभ्यास गर्न खोजिएको भएपनि दुर्गम हिमाली तथा पहाडी क्षेत्रका जनताले सहज रुपमा पालिका स्तरबाट पाउनुपर्ने सामान्य कामहरुको सुविधाहरु नागरिकता, परिचय पत्र र जग्गा किनबेच लगायतका लागि अझै सदरमुकाम धाउनु पर्ने बाध्यता रहेको ज्ञापन पत्रमा भनीएको छ ।

सामान्य जनताका अतिआवश्यकीय कामहरु गर्न समय र खर्चका हिसावले जनताका लागि निकै कष्टकर र समस्यामूलक बनिरहेको यतार्थत जगजाहेर रहेको उल्लेख छ । ‘ जनताका आधारभुत समस्या नागरिकता, परिचय पत्र र जग्गा किनबेचको अधिकार संम्वन्धित स्थानीय पालिकालाई उपलब्ध गराउन प्रधानमन्त्री दाहालका नाममा विशेष ध्यानाकर्षण गराउन चाहन्छौ,’— ज्ञापन पत्रमा जनाइएको छ ।

 हिमाली तथा उच्चपहाडी क्षेत्रका जनताका समस्यालाई आगामी आर्थिक वर्षदेखि पालिका स्तरबाट उपलब्ध गराईयोस भन्दै नेकपा जिल्ला समिति मुस्ताङले प्रधानमन्त्री दाहाल समक्ष जोडदार माग गरेको हो ।

 नेकपा जिल्ला समिति मुस्ताङका सचिव प्रकाश विश्वकर्माले नागरिकता, परिचय पत्र र जग्गा किनबेच गर्ने कामहरु स्थानीय तहलाई उपलब्ध गराउनु पर्ने माग राख्दै प्रधानमन्त्रीका नाममा ज्ञापन पत्र बुझाईएको जानकारी दिए ।


प्रतिक्रिया