जोमसोम—उत्तरी चीनको स्वशासित क्षत्रे तिब्बतसंग सीमाना जोडिएको उपल्लो मुस्ताङको कोरलानाका भौतिक संरचना निर्माण हुँने भएको । गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले बजेट सुनिश्चित गरेसंगै कोरलानाकाको दजगजा क्षेत्रमा भौतिक संरचना तथा उद्दार केन्द्र निर्माण हुँने पक्का भएको हो ।
‘गण्डकी प्रदेशको अन्तराष्ट्रिय सीमानाका कोरला क्षेत्र (मुस्ताङ)मा सुरक्षा निकायका लागि भौतिक संरचना तथा उद्दार केन्द्र निर्माण’ शिर्षकमा ५० लाख बजेट विनियोजन भईसकेको पूर्वाधार विकास कार्यालय मुस्ताङका कार्यालय प्रमुख अजयकुमार श्रेष्ठले जानकारी दिए । कार्यालय प्रमुख श्रेष्ठ कोरलानाकामा अस्थायी पूर्वाधार निर्माणका लागि बजेट सुनिश्चित भईसकेर ४ दिनअघि बोलपत्र ठेक्का आह्वान भईसकेको उल्लेख गरे ।
चीनले लगातार ४ वर्षदेखि बन्द रहेको कोरलानाका गत कार्तिक २७ गते उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका नागरिकलाई बाह्रै महिना खुल्ला गरेसंगै गण्डकी प्रदेश सरकारले सीमाक्षेत्रमा कार्यरत सुरक्षाकर्मीका लागि पूर्वाधार निर्माण गर्न बजेट सुनिश्चित गरेको हो । अहिले कोरलानाकाको सीमाक्षेत्र लोमान्थाङ—२ छोसेर नेचुङको मुस्ताङ भन्सार कार्यालयको क्वारेन्टाईन भवनमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) बस्दै आईरहेको छ । सोही स्थानको भन्सार कार्यालयकै अर्को भवनमा छोसेर प्रहरी चौकीका सुरक्षाकर्मी बस्दैआईरहेका छन् । त्यसो त लोमान्थाङ—२ छोसेरको नेचुङमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टमा बस्ने सीमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी आवास भवन समेत बनिसकेको छ ।
प्रदेश सरकारद्वारा निर्माण हुने सुरक्षाकर्मी बस्ने भौतिक संरचना तथा उद्दार केन्द्र भवन वातावरणमैत्री एसवाई प्यानलबाट निर्माण गरिने भएको छ । यसै आर्थिक वर्षको असारसम्म सक्ने गरी प्रदेश सरकारले सालबसाली योजना अघि बढाएको हो ।
कोरलानाकामा बन्ने ६ कोठे हुने पूर्वाधार विकास कार्यालय प्रमुख श्रेष्ठको भनाई छ । उनका अनुसार कोरला क्षेत्रमा बन्ने ६ कोठे भवनमा ४ वटा कार्यालय, किचन र बैठक हल हुनेछन् । यसका अतिरिक्त भवनसंगै सुरक्षाकर्मीका लागि ट्वाईलेट र बाथरुम समेत निर्माण हुने कार्यालय प्रमुख श्रेष्ठले जनाए ।
यसअघि कोरलानाका औपचारिक रुपले बाह्रै महिना खुल्ला हुनअघि कार्तिक २५ गते चीनले नेपाल पक्षलाई ५ थान प्रि—फाईप अस्थायी कन्टेनर दिएको थियो । यी कन्टेनरहरु कोभिड माहामारी अघि चीनले प्रयोग गर्दैआईरहेका कन्टेनरहरु हुन् । चीनले उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको समन्वयमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी)लाई कन्टेनर हस्तान्तरण गरिएको थियो । चीनले दिएको उक्त कन्टेनरहरुको लम्बाई २० फुट र चौडाई १० फिट साईजको थियो । जहाँ १० जनासम्म मानिस अट्न सक्ने क्षमताको थियो ।
चीनले उपलब्ध गराएको प्रि—फाईप कन्टेनर हुँदा प्रतिकुल मौसममा बीओपीका सुरक्षाकर्मी टोलीलाई कोरला क्षेत्रको सीमा सुरक्षा गस्तीमा जाँदा बस्न र कोरलानाका अवलोकन गर्न जाने पर्यटकका लागि पानी पर्दा ओत लाग्न निकै ठुलो सहयोग पुगेको छ ।
त्यसो त कोरलानाकामा आवश्यक पूर्वाधार निर्माण गर्न लोमान्थाङ गाउँपालिकाले चालु आर्थिक वर्षको बजेटमा २० लाख बजेट विनियोजन गरिसकेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए । तत्काल कोरलानाकामा के कस्ता पूर्वाधारको खाँचो छ, त्यसको अध्ययन गरेर बजेट खर्च गरिने गाउँपालिका अध्यक्ष गुरुङले उल्लेख गरे ।
चीनले उत्तरी कोरलानाकाको आफ्नो क्षेत्र तिब्बती भूमी लिजीमा भन्सार, सुख्खा बन्दरगाह, अध्यागमन र सुरक्षा पोस्ट २ वर्षअघिनै निर्माण गरिसकेको छ ।चीनले कोरलानाकालाई ब्यापारिक हवको रुपमा विकास गर्न दर्जनौ लोभलाग्दा भौतिक संरचना निर्माण गरिसकेको छ । चीनले तिब्बतको सिकात्सेदेखि ढुङ्वासेन बजार हुँदै कोरलानाकाको लिजीसम्म ४ लेनको सडक कालोपत्र सडक विस्तार गरिसकेको छ । चीनले सीमानाका गस्तीलाई सहज बनाउन सीमाक्षेत्रको एरियामा समेत पक्की सडकमार्ग बनाईसकेको छ ।
नेपाल—चीन कोरलानाकामा भन्सार,सुख्खा बन्दरगाह, क्वारेन्टाईन भवन,अध्यागमन र सुरक्षा पोस्ट लगायतका दिर्घकालिन भौतिक पूर्वाधार निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को प्रक्रिया अघि बढाईएको भएपनि उक्त डीपीआर फाईनल हुन सकेको छ । सरकारले कोरला पूर्वाधारका लागि डीपीआर निर्माणको अध्ययन गर्न सितार कन्ट्रक्सन प्रा.लि.लाई जिम्मा दिएको थियो । त्यहाँ प्राविधिकहरुले डीपीआरका लागि कोरलाक्षेत्रको अध्ययन र त्यसक्षेत्रमा पुगेर डेढ वर्षअघिनै माटो परीक्षण गर्ने काम समेत सम्पन्न गरिसकेका छन् ।
तस्विर ः कोरलानाका ः सुन्दरकुमार थकाली
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता