जोमसोम— मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—४ कागबेनीमा लागु औषध दुर्व्यसनी बिरुद्ध सचेतनामूलक कार्यक्रम गरिएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङले समुदाय—प्रहरी साझेदारी अवधारण अन्तर्गत मंगलबार कागबेनी स्थित जनशान्ति माध्यमिक विद्यालय हातामा लागु औषध दुर्व्यसनी बिरुद्ध सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो ।
गाउँपालिका अध्यक्ष रिनजिन नाम्गेल गुरुङको प्रमुख आतिथ्यतामा वारागुङ मुक्तिक्षेत्र—४ कागबेनी स्थित जनशान्ति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षक शिक्षिकाहरुलाई लागु औषध दुर्व्यसनी बिरुद्ध सचेतना गरेको हो । त्यहाँ प्रहरी चौकी कागबेनीको समन्वयमा कार्यक्रम गरिएको हो ।
विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षक र शिक्षिकाहरुलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले लागु औषध दुव्र्यसनी बिरुद्ध प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थी तथा शिक्षिक शिक्षिकाहरुलाई लागु औषध भनेको केहो ? व्यक्ति ,परिवार,समाज र राष्ट्रलाई यसले कस्तो नकारात्मक प्रभाव पार्छ ? र लागु औषध व्यक्तिहरुले के कति कारणले सेवन गर्न पुग्छन् ? लगायतका बारेमा सचेत गराईएको थियो ।
प्रहरीको लागु औषध बिरुद्धको सचेतनामा त्यहाँका विद्यार्थी र शिक्षक शिक्षिकाहरुले जिज्ञासा राखेका थिए । कार्यक्रममा प्रहरीले विद्यार्थी र शिक्षिक शिक्षिकाहरुलाई लागु औषध विरुद्धको विभिन्न पर्चा वितरण गरेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली