मुस्ताङमा स्थानीयको खोर भित्र पसेको हिमाली कालो भालुको जिवितै उद्दार

जोमसोम ।

मुस्ताङमा शुक्रबार हिमाली कालो भालुको जिवितै उद्दार गरिएको छ । यहाँ स्थित घरपझोङ—१ चिमाङ गाउँबाट अन्दाजी ९ महिना उमेरको हिमाली कालो भालुको बच्चालाई जिवितै उद्दार गरिएको हो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत वन्यजन्तुको अर्ध संरक्षित प्रजाति पर्ने हिमाली कालो भालुको बच्चा स्थानीय संजोग थकालीको स्याउ स्टोर भएको गोठबाट नियन्त्रणमा लिएर उद्दार गरिएको हो ।

स्थानीय थकालीको अनुसार अघिल्लोदिनको रातिको समय गाउँ नजिकै जंगलबाट गाउँ पसेर स्याउ खानका स्याउ भण्डारण गरिएको गोठमा पसको बताईएको छ।  स्थानीय थकालीले एक्याप कार्यालयलाई जानकारी गराईएपछि शुक्रबार अपरान्ह एक्याप कार्यालय प्रमुख राजेश गुप्तसहितको टोली पुगेर सो स्थानबाट जिवितै उद्दार गरिएको हो ।

 अनुमानित २० केजी वजन रहेको हिमाली कालो भालुको स्वास्थ्य अवस्थामा कुनै समस्या नरहेको कार्यालय प्रमुख गुप्तले बताउँनुभयो ।‘ सायद माउबाट छुट्टिएर गाउँ भित्र पसेको हुनुपर्छ, स्याउ खाने उद्देश्यले स्याउ राखेको गोठमा पसेको रहेछ ,एक्याप प्रमुख गुप्तले भन्नुभयो ,हामीले नियन्त्रणमा लिएको भालु सोही गाउँ माथिको जंगलमा छाड्न सक्थ्यौं, तर केही थप समस्या छकी भनेर कार्यालयमा ल्याएका हौ ।’

यहाँ स्थित एक्याप कार्यालयले उद्दार गरिएको हिमाली कालो भालुको  थप स्वास्थ्य परीक्षण गरिएपछि मात्रै प्रहरीको रोहबरमा पून प्राकृतिक बासस्थानमै लगेर छाडिने बताईएको छ ।

 मुस्ताङको घरपझोङ —१ देखि थासाङ गाउँपालिकाका उच्चलेंक र जंगलहरुमा हिमाली कालो भालुको मुख्य वासस्थान रहेको छ । सो स्थानमा स्थानीय किसानले लगाएको अन्नबालीलाई रातिको समयमा हिमाली कालो भालु  खेतबारीमा पसेर नष्ट गरिदिंदा त्यहाँका किसान भालु आतंकले पीडित बनेका छन् ।

यहाँ स्थित चिमाङ, सौरु, कुञ्जो,ताक्लुङ र भिप्रा देउराली लगायतका किसानलाई भालुको आतंकले किसान आहत बनाईरहेको छ ।


प्रतिक्रिया