निरन्तर परेको अविरल वर्षासंगै राष्ट्रिय गौरवको जोमसोम—कोरला सडकखण्डको आधादर्जन स्थानमा पहिरो क्षति पु¥याएको छ । जोमसोमदेखि कागबेनी र कागबेनीदेखि छुसाङसम्मको आधा दर्जन स्थानको सडकमा निरन्तरको अविरल वर्षाका कारण आएको पहिरोले सडक अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
जोमसोम—कागबेनी सडक अन्तर्गत जोमसोमदेखि कागबेनी जाने पान्डा खोला नजिकको तीन स्थानमा पहिरोले सडक संरचनामा क्षति पुगेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार जोमसोमदेखि २ किलोमिटर माथिको कालोपत्रे सडक भाँसिएर सडक जोखिम बढेको जानकारी दिनुभयो । निरन्तरको वर्षाले जोमसोमदेखि केही माथि करिव २५ मिटर सडक भाँसिन पुगेको प्रमुख जिल्ला अधिकारी भुसालले बताउँनुभयो । यसैगरी पान्डा खोलामा पनि बिहिबार साँझ पान्डा खोलाको बाढीले सडक संरचनामा क्षति पु¥याएको छ । त्यहाँ बिहिबार साँझ सुरक्षा निकायको टोलीले कामचलाउ रुपमा सडक सुचारु गराएको भएपनि वर्षाका कारण पहिरो जाने क्रम नरोकिएको प्रमुख जिल्ला अधिकारी भुसालले उल्लेख गर्नुभयो । जोमसोम—कागबेनी सडकखण्डको चार स्थानमा सडक माथिबाट पहिरो खस्ने क्रम जारी रहेकाले जोमसोमदेखि कागबेनी जाने मुक्तिनाथ दर्शनार्थीहरुलाई जोमसोममै रोकिएको छ ।
‘ मुक्तिनाथ—जोमसोम सडकमा ठाउँ ठाउँमा पहिरो खस्ने क्रम जारी छ, हामीले माथि रोकिएका सवारी तथा यात्रुलाई एकतर्फी सडक खुलाएर भएपनि तल झाने प्रयास गरिरहेका छौं,’प्रमुख जिल्ला अधिकारी भुसालले भन्नुभयो ,जोमसोमबाट मुक्तिनाथ र कोरलातर्फ जाने सवारी साधनलाई माथि जान रोक लगाएका छौं ।’ प्रमुख जिल्ला अधिकारी भुसालले वर्षा राकिएमा सडकको अवस्था हेरेर मात्रै सडक माथि जाने दिईने बताउँनुभयो ।
यसैगरी जोमसोम—कागबेनी सडकमा पहिरो खस्दा एक सार्वजिक भाडाको ट्याक्सीमा क्षति पुगेको छ भने पहिरो गएको स्थानमा एक भारतीय कार फसेर बसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिनुभयो । पहिरोका कारण फसेको भारतीय गाडीलाई निकाल्ने प्रयास भईरहेको उल्लेख गर्नुभयो ।
यसैगरी अविरल वर्षासंगै आएको बाढी पहिरोले कागबेनी—छुसाङ सडकखण्डको आधा दर्जन स्थानको सडक अवरुद्ध हुन पुगेको छ । ताङ्वे —छुसाङ बिचको खोलाको बाढीले कोरला सडक पुरै सडक संरचना ध्यंस्त हुन पुगेको वडाध्यक्ष बिनोद गुरुङले जानकारी दिनुभयो । यहाँको सडकमा पहिरो खस्ने क्रम नरोकिएको वडाध्यक्ष गुरुङको भनाई छ । कागबेनी—कोरला सडक बिहिबार साँझदेखि पूर्ण रुपमा अवरुद्ध रहेकाले तत्काल उपल्लो मुस्ताङ यात्रा नगर्न अनुरोध गर्नुभएको छ ।
यसैबिच वर्षाका कारण सडक अवरुद्ध भए अलपत्र १७ जना यात्रीहरुलाई वारागुङ—३ स्थित ग्रीन ताङ्वे घरमा लगेर राखिएको वडाध्यक्ष गुरुङले बताउँनुभयो । वर्षा रोकिएमा उनीहरुलाई गाउँले बस्ती नजिक ल्याउने योजना रहेको बताउँनुभयो ।
यसैबिच अवरुद्ध जोमसोम—कागबेनी सडकको शुक्रबार बिहान प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल,सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरी र प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामा लगायतका सुरक्षाकर्मीले अवलोकन गर्नुभएको छ । जोमसोम—कागबेनी भाँसिएको सडक मर्मत गरी संञ्चालनमा ल्याउन २÷३ दिन लाग्न सक्ने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली