हिमालपारि मुस्ताङमा एक महिलाहरुलाई लक्षित क्षमता अभिवृद्धि अभिमुखिकरण कार्यक्रम गरिएको छ । सामाजिक विकास कार्यालय मुस्ताङको आयोजना तथा घरपझोङ गाउँपालिकाको समन्वयमा घरपझोङ गाउँपालिका अन्तर्गतका एकल महिलाहरुलाई सोमबार क्षमता अभिवृद्धि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको हो ।
श्रीमानको मृत्यु भएको, सम्वन्ध विच्छेद भएको, सम्वन्ध बिच्छेद गरी एक्लै बसेको, ३५ वर्षसम्म बिवाह नगरी बसेको र ५ वर्षसम्म श्रीमान बेपत्ता वा हराएको लगायतका समस्याका कारण पीडित बनेका एकल महिलाहरुलाई सामाजिक रुपमा उनीको क्षमता अभिवृद्धि गरी सक्षत नागरिकका रुपमा जीवनयापन गर्न पाउने अधिकारको सुनिश्चित गर्ने उद्देश्यले मुस्ताङमा कार्यक्रम सञ्चालन गरिएको सामाजिक विकास कार्यालय मुस्ताङका प्रमुख रेवतीरमण सापकोटाले जानकारी दिनुभयो ।
सामाजिक रुपमा जीवन यापन गर्दैआईरहेका एकल महिलाहरुलाई केही अवस्थामा विशेष समस्या र चुनौतीहरु भोग्नुपर्ने हुन्छ । पारिवारिक समर्थनको अभाव र सामाजिक अपहेलना, तिरस्कारका कारण विभिन्न समस्या निम्तिन सक्छन् । एकल महिलाहरुको मनोविज्ञान र मानसिक स्वास्थ्यमा असर पर्ने समस्याहरु उत्पन्न हुन्छन् । यीनै सामाजिक रुपमा घट्ने एकल महिलाहरुमा समस्या न्यूनिकरण गर्ने उद्देश्यले मुस्ताङका एकल महिलाहरुलाई क्षमता विकास कार्यक्रम आयोजना भएको सामाजिक विकास कार्यालय प्रमुख सापकोटाको भनाई छ ।
कार्यक्रममा सामाजिक रुपमा एकल जीवन व्यतित गरेका र समग्र महिलाहरु राज्यको विभिन्न निकायमा पुगिसकेकाले एकल महिलाहरुले श्रीमानको अभाव एक्लै भएको महशुस नगर्न र आफैलाई अग्रगामी दिशातर्फ उन्मुख भई कार्यसम्पादन गर्न सुझाईएको थियो ।
एकल महिलाहरुको सामाजिक रुपमा स्वतन्त्र जीवनयापन गर्न पाउने अधिकार सुनिश्चित भएको र महिला सशक्तिकरण भए मात्रै एकल महिलाहरुको अधिकारहरु सुनिश्चित हुने कार्यालय प्रमुख सापकोटाले अभिमुखिकरणमा उल्लेख गर्नुभयो ।
मुस्ताङको घरपझोङ गाउँपालिका अन्तर्गतका एकल महिला, आमासमुहका प्रतिनिधि र विभिन्न संघसंस्थामा आवद्ध महिलाहरुको उपस्थितमा भएको क्षमता अभिवृद्धि कार्यक्रममा मुस्ताङका एकल महिलाहरुले सामाजिक रुपमा व्यवहोर्नु परेका समस्या र चुनौती उजागर गरेका थिए ।
एकल महिला क्षमता अभिवृद्धि तथा अभिमुखिकरण कार्यक्रममा घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले महिला अधिकार,समस्या र चुनौती त्यसको सामाधान लगायतका विषयमा प्रस्तुतीकरण गरे । घरपझोङ गाउँपालिकाकी मशिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सरिता थकाली र शिक्षा शाखा प्रमुख हिमलाल शर्माले एकल महिलाहरुको पक्षमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता