अहिले मासु पसलमा एक हजार रुपैया लिएर गए त्यो एक हजार रुपैयाले एक केजी च्याँग्राको मासु किन्न पाईदैन । किनकी यहाँको जोमसोमका मासु पसलमा च्यांग्राको मासुको मुल्य केजीको एक हजार ३०० रुपैया मुल्य पर्छ ।
धेरै लाग्छ एक हजार रुपैया लगानीले कसरी च्यांग्रा पालन व्यवसायी सुरु गर्न सकिन्छ?यो एकदमै अनुत्तरित प्रश्न पनि हो ।तर, यहाँ यही भएको छ, जसले सुरुवाती एक हजार रुपैया लगानीमै च्यांग्रा पालन व्यवसायी सुरु गरेका थिए ।
यहाँको घरपझोङ गाउँपालिका—४ जोमसोमका स्थानीय बासिन्दा पूर्णबहादुर नेपाली , जसले ५ वर्षअघि एक हजार रुपैया लगानी गरेर च्यांग्रा पालन व्यवसाय सुरु गरेका थिए । जोमसोममा सामान्य खेती किसानको कर्म गर्दैआईरहेका पूर्णबहादुर कृषि कर्मसंगै च्यांग्रा पालन व्यवसायमा रमाईरहेका छन् ।
पूर्णबहादुरको च्यांग्रा पालनको कथा हिमाली उपआयोजनाबाट सुरु हुन्छ । करिव ७÷८ वर्ष अघि मुस्ताङमा हिमाली उपआयोजना कार्यान्वयमा आएको थियो । हिमाली तथा उच्चपहाडी क्षेत्रका कृषक,पशुपालक र कृषि उद्यमीहरुका लागि उनीहरुको जीवनस्तर उकास्ने र कृषि , पशुपालन र उद्यमशिल संस्कृतिलाई प्रर्वद्धन गर्ने उद्देश्यले यसप्रकारको हिमाली उपआयोजना मुस्ताङमा भित्रिएका थियो ।
यो यहाँका स्थानीय नागरिकहरुका लागि अवसर र चुनौति पनि थियो । यो परियोजनाले केही उद्यमशिलता गर्न चाहने व्यक्तिहरुलाई अनुदान सहुलियत दिन्छ भन्ने कुरा त्यसबेला पूर्णबहार नेपाली र उहाँका दलित समुदायका व्यक्तिहरुले थाहा पाए । त्यसपछि यहाँको घरपझोङ—४ जोमसोममा बस्ने ३० घरधुरीहरुले सामुहिक रुपमा च्यांग्रा पालन व्यवसाय गर्ने योजना बनाएर अघि बढे । आयोजनाको कार्यविधि अनुसार च्यांग्रा पालन व्यवसाय सुरु गर्न प्रपोजल समेत पेश गरे । नभन्दै च्यांग्रा पालन व्यवसायका लागि अघि बढेका दलित समुदायका ३० घरधुरीलाई च्यांग्रा पालनका लागि अनुदानको सुनिश्चिता भयो र कार्यक्रम अघि बढ्यो ।
https://www.facebook.com/reel/1814732459916409
video link
जोमसोमका पूर्णबहादुरसहित दलित समुदायका ३० घरधुरीले प्रति घरधुरीका लागि ३÷३ गोटा च्यांग्राको माउ (रमा) पाए । एक घरधुरीलाई च्यांग्रा खरिद गर्दा लाभग्राही घरधुरीले एक हजार रुपैया र अरु सबै हिमाली उपआयोजनालेनै व्यवहोरिदियो । दलित समुदायका ३० घरधुरीलाई एकमुष्ट ९० वटा च्यांग्रा उपलब्ध हुँदा ३० घरधुरीले एकमुष्ट ३० हजार रुपैया मात्रै लगानी गर्नुप¥यो । हिमालीबाट सामुहिक रुपमा च्यांग्रा पालन गरेको ३० घरधुरीका दलित समुदायका च्यांग्रा पालन संगोलमा थियो । तर, उनीहरुले च्यांग्रा पालन सुरु गरेपनि व्यवस्थापन र अन्य कारणले केही च्यांग्राहरु हराउने र मर्ने आदी भयो । यसरी एक वर्ष नपुग्दै हिमाली उपआयोजनाको अनुदानमा खरिद गरिएको च्यांग्राको संख्या घट्दै जान थालेपछि उनीहरु अब एक्ला एक्लै बाँडेर च्यांग्रा पाल्ने निर्णय गरे । पूर्णबहादुर अनुदान च्यांग्रा लिँदा ३वटा थियो , संगोलबाट भागबण्डा गरी छुट्टिदा पूर्णबहादुरको भागमा २ वटा मात्रै प¥यो ।
पूर्णबहादुर त्यसैमा रोकिएनन् । प्रविधिको विकाससंगै जोमसोममा कृषिका लागि मानिसहरुले खेत जोत्ने र मल ओसार्ने कामका लागि गोरु÷झोपा पाल्न छोडिसकेका थिए । यहाँ लोपोन्मुख रुपमा सदिंयौदेखि पालन गरिरहेको परम्परागत लुलु गाई पाल्न धेरैले छोडिसकेका थिए । पूर्णबहादुर खेती किसान गथ्र्ये र उहाँसंग मल उत्पादन र अन्य कामकाजका लागि दुई वटा झोपा पनि पालेका थिए । तर, दुई वटा झोपाले पूर्णबहादुरलाई मल समस्या टर्दैनथ्यो । यसैका कारण पूर्णबहादुरले आफुले अनुदानमा पाएको दुई वटा च्यांग्रामा १० वटा थपेर १२ वटा पु¥याउनुभयो । त्यसपछि सुरु भयो पूर्णबहादुरको एकल च्यांग्रा पालनको व्यवसायिक यात्रा ।
हिमाली उपआयोजनाले स्थापित गराएको पूर्णबहादुर च्यांग्रा पालन व्यवसाय अहिले लोभलाग्दो छ । सुरुवाती अनुदान रकममा एक हजार लगानी गरेर च्यांग्रा पालनमा व्यवसायमा होमिएका पूर्णबहादुर नेपालीको च्यांग्रा फार्ममा झन्डै एक सय ३० बढी बढी च्यांग्रा छन् । यसै वर्ष पूर्णबहादुरले २० वटा भन्दा च्यांग्रा ४० हजार रुपैया मुल्यमा बिक्री पनि गरे । अहिले करिव एक सय बढी च्याग्रा रहेको पूर्णबहादुर सुनाउँछन् । ‘एक सय पचास जति च्यांग्रा पालन गर्नुछ, त्यो भन्दा बढी भयो भने सम्हाल्न मुश्किल पर्छ,’ पूर्णबहादुर भन्नुहुन्छ ,पाल्न धेरै थियो, तर हिउँचितुवा र वन्यजन्तुको जोखिमबाट बचाउन गारो पर्छ, गोठालाले पनि हेर्न सक्दैन।’
सुरुवाती चरणमा पूर्णबहादुरले आफुले पालेका च्यांग्रा आफैले हेथ्र्ये,चराउथे र स्याहार सुसार आफै गथ्र्ये । खेतीपाती धेरै भएको र खेतीपातीमा समय दिनुपर्ने भएकाले च्यांग्रा पालन गर्नका लागि एक जना गोठालाईलाई पनि रोजगारी दिएको पूर्णबहादुर बताउँछन् । पूर्णबहादुरसंगै च्याग्रा पालन सुरु गरेका ३० घरधुरी मध्ये उनीसंगै ७ घरधुरीले मात्रै च्यांग्रा पालन व्यवसायलाई निरन्तरता दिईरहेको पूर्णबहादरको भनाई छ । संगै सुरु गरेका २३ घरधुरी च्यांग्रा पालन व्यवसाय त्यागिसकेको पूर्णबहादुरले बताउँनुभयो ।
पूर्णबहादुर जोमसोमका एक सफल च्यांग्रा पालक व्यवसायमा गनिन्छन् । च्यांग्रा पालनको मुख्य उद्देश्य कृषिका लागि मल उत्पादन र पाठीपाठी उत्पादन गर्नु रहेको छ । पूर्णबहादुरले दुई वटा च्यांग्रामा १० वटा च्यांग्रा थपेर पाठापाठी उत्पादन गरी एक सय बढी च्यांग्रा उत्पादन गर्नुभएको हो । च्यांग्रा पालनबाटै बर्सेनि २०० झोपा मल बिक्री गरी दुईलाख रुपैया बढी आम्दानी गर्ने गरेको पूर्णबहादुर बताउँनुहुन्छ । ‘एक वर्षमा २०० झोपा मल बिक्री गर्छु,६०÷६५ झोपा च्यांग्राको मल आफैलाई चाहिन्छ ,’पूर्णबहादुर थप्छन्,‘ बिक्री गरेको र आफुले प्रयोग गरेको हिसाब गर्दा मलबाटै वार्षिक ३ लाख रुपैया आम्दानी हुन्छ , पाठी पाठी उत्पादन गरी बिक्री गर्दा पनि राम्रै आम्दानी हुन्छ ।’ पूर्णबहादरले भने,‘च्यांग्राको मल बिक्री गरेको पैसाले च्यांग्राको लागि दाना किन्न र गोठालालाई दिने सबै खर्च उठ्छ, अरु सबै फाईदानै हुन्छ ।’ समग्रमा च्यांग्रा पालन गरेर बर्सेनि ५ लाख बढी आम्दानी हुने गरेको पूर्णबहादरको भनाई छ ।
च्यांग्रा पालनमा रमेका पूर्णबहादुरले च्यांग्रा पालन गर्दा हुर्काउन र हिउँ चितुवाबाट जोगाउन कठिन हुने बताउँनुभयो । त्यसो त पूर्णबहादुर सामान्यतया भेटेरिनरी अस्पतालका प्राविधिकले गर्ने काम आफैले पनि गर्न सक्ने बताउँनुहुन्छ । च्यांग्राले पाठापाठी पाउँदा हातै हालेर झिकेर निकाल्ने काम गर्ने र च्यांग्रालाई दुख बिरामी हुँदा आफैले सामान्य उपचार गर्ने गरेको बताउँनुहुन्छ ।
च्यांग्रा पालकहरुका लागि भेटेरिनरी, एक्याप र गाउँपालिकाहरुले हिउँ चितुवाबाट जोगाउँन सोलार बत्ती, गोठ सुधार, फार्स लाईट र भेटेरिनरी सम्वन्धिमा सहयोग भईरहेको पूर्णबहादुरले जानकारी दिनुभयो । पूर्णबहादुरले जोमसोम र ठिनी गाउँ माथिको उच्चलेंकमा आफुसहित ३ घरधुरीको च्यांग्रा गोठ रहेको बताउँनुभयो । मुस्ताङमा पशुपालन तर्फ याकचौरी र भेडाच्यांग्रा पालन मुख्य रहेको भएपनि यहाँको पशुपालन व्यवसायमा जलवायु परिवर्तनले असर पु¥याउँदै गईरहेको पूर्णबहादुरको भनाई छन् । उच्चलेंकमा वन्यजन्तुको जोखिम हुने र घाँसको अभाव र खानपानेका मुहान सक्दै जाँदा घुम्ती गोठ चलाउन चुनौतिपूर्ण बनिरहेको पूर्णबहादरको भनाई छ । हिउँ र वन्य जन्तुको आक्रमणका कारण पशुधनमा क्षति हुँदा पशु राहत एकदमै कम र समयमा नपाउने समस्या रहेको उहाँले सुनाउनुभयो ।
सुरुवाती एक हजारको लगानीबाट च्यांग्रा पालन सुरु गरेका पूर्णबहादुरले च्यांग्रा पालन व्यवसायलाई जिवनपर्यन्त अपनाई रहने दावी गर्नुभयो । पछिल्लो समय जलवायु परिवर्तन र वन्यजन्तुको जोखिमका कारण धेरैले च्यांग्रा पालन व्यवसाय छाडेको सम्झदै आफुले कृषि कर्मसंगै पशुपालन व्यवसायलाई सधै निरन्तरता दिईरहने बताउँनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली