जोमसोम—देशभरका ७५३ स्थानीय तहमा सातौं र गण्डकी प्रदेशमा मुस्ताङको लोमान्थाङ गाउँपालिका सबैभन्दा बेरुजु कम सुचिमा परेको छ ।
महालेखापरीक्षकको ६१ औं वार्षिक प्रतिवेदन २०८१ अनुसार आईतबार सार्वजनिक भएको लेखा परीक्षण प्रतिवेदनमा उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका देशभरका स्थानीय तहमा ७ औ र गण्डकी प्रदेशमा पहिलो कम बेरुजु नम्बरको सुचिमा परेको हो ।
नेपालको संविधानको धारा १४१ बमोजिम महालेखापरीक्षकले आर्थिक वर्ष २०७९÷०८० को लेखा परीक्षण गरी वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो ।
महालेखापरीक्षक(मलेप)ले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९÷०८० को वार्षिक प्रतिवेदनमा मुस्ताङको लोमान्थाङ गाउँपालिकाको कुल बजेटको (०.०१) प्रतिशत अर्थात ५६ हजार बेरुजु कायम भएको हो ।
यसअघि आर्थिक वर्ष २०७८÷०७९ को लेखा परीक्षणमा लोमान्थाङ गाउँपालिकाको बेरुजु गण्डकी प्रदेशमै कम बेरुजु थियो भने देशभरका स्थानीय तहमा चौथो कम बेरुजु सुचिमा परेको थियो । यसपटक लोमान्थाङ गाउँपालिका प्रदेशकै कम बेरुजु सुचिमा पर्ने निरन्तरतालाई कायम राखेको छ भने देशभरका स्थानीय तहको सुचिमा चौथोबाट बढेर सातौ कम बेरुजु सुचिमा परेको हो । अघिल्लो वर्ष लोमान्थाङको बेरुजु २७ लाख ११ हजार थियो । लोमान्थाङले अघिल्लो वर्षको तुलनामा बेरुजु रकम कम गरेको हो ।
यसपटक सार्वजनिक भएको मलेपको बेरुजु तथ्यांकमा लोमान्थाङले बेरुजु फर्छोट रकम र प्रतिशतलाई ह्वात्तै घटाएपनि कार्यतालिकामा भने खासै प्रभाव परेको देखिदैन ।
लोमान्थाङ गाउँपालिकाको बेरुजु प्रदेशमा पहिलो र देशभरमा सातौ स्थानको सुचिमा रहँदा मुस्ताङ सदरमुकाम घरपझोङ गाउँपालिका बेरुजु जिल्लाका ५ वटै स्थानीय तह भन्दा बढी रहेको देखिन्छ । मलेपले २०८१ मा सार्वजनिक गरेको बेरुजु सुचिमा घरपझोङको लेखा परीक्षण गर्दा कुल बजेटको (४.२३) प्रतिशत अर्थात २ करोड ७८ लाख २३ हजार बेरुजु रहेको छ ।
यस्तै थासाङ गाउँपालिकाको बेरुजु १ करोड १ लाख ४ हजार अर्थात (१.४८) प्रतिशत ,लोघेकर दामोदरकुण्ड गाउँपालिकाको बेरुजु ५८ लाख ९५ हजार अर्थात (१.१६) प्रतिशत र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको बेरुजु १ करोड ६१ लाख २६ हजार अर्थात (२.६७) प्रतिशत रहेको मलेपको सार्वजनिक तथ्यांकमा उल्लेख छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता