मुस्ताङको (मार्फा —छैरो) जोड्ने बेलिब्रिज निर्माण

तस्विर दुरेन गौचन

जोमसोम ।  मुस्ताङको घरपझोङ गाउँपालिका वडा नं. २ र १ जोड्ने कालिगण्डकी नदीमा बेलिब्रिज निर्माण सम्पन्न भएको छ । यहाँ दुई वर्ष लगाएर कालिगण्डकी नदीमा बेलिब्रिज निर्माण गरिएको हो ।

यहाँको मार्फा—छैरो जोड्ने कालिगण्डकी नदीमा बेलिब्रिज निर्माणका लागि संघीय विशेष अनुदान दुई करोड २० लाख विनियोजन भएको थियो । यसमा घरपझोङ गाउँपालिकाले नब्बे लाख रुपैया लागत साझेदारी गरेको थियो । जसमा यहाँ संघीय अनुदान र गाउँपालिकाको लागत साझेदारीमा  दुई करोड ८७ लाख २६ हजार बित्तिय खर्चमा मार्फा—छैरो जोड्ने बेलिब्रिज निर्माण भएको गाउँपालिकाका सवईन्जिनीयर राजन कडेलले जानकारी दिनुभयो ।

मुस्ताङको मार्फा—छैरो जोड्ने कालिगण्डकीमा निर्माण गरिएको बेलिब्रिजको लम्बाई ४२ मिटर र चाडाई ४.२० मिटरको रहेको सवईन्जिनीयर कडेलले बताउँनुभयो । यहाँको बेलिब्रिज निर्माणका लागि रविचक्र निर्माण सेवाले ठेक्का सम्झौता गरेको थियो ।

बेलिब्रिज निर्माणका लागि आ.व. २०८०÷०८१ मा संघीय विशेष अनुदान ५७ लाख २६ हजार बजेटले ग्याविन फाउन्डेसन र स्टक्चर निर्माण गरिएको थियो । चालु आर्थिक वर्षमा संघीय विशेष अनुदान एक करोड ४० लाख र गाउँपालिकाको आन्तरिक श्रोत ९० लाख गरी दुई करोड ३० लाख बजेटबाट बेलिब्रिज निर्माण सम्पन्न भएको सवईन्जिनीयर कडेलको भनाई छ ।

राष्ट्रिय गौरवको बेनी—जोमसोम सडक राजमार्ग नजिकै भएर पनि कालिगण्डकी पारी ओझेरमा परेका घरपझोङ—१ छैरो र चिमाङ गाउँका स्थानीय किसानलाई ठुलो राहत पुगेको त्यहाँका वडाध्यक्ष आशबहादुर थकालीले उल्लेख गर्नुभयो ।  कालिगण्डकी नदीमा पुल नहुँदा यहाँ उत्पादन हुने स्याउ लगायतका कृषि उपजहरुको सहज बजारीकरणमा समस्या पर्दैआईरहेकोमा बेलिब्रिज निर्माणले यहाँको कृषि उपज ढुवानीमा सहयोग पुग्ने बताउँनुभयो ।

 कालिगण्डकी नदीमा पुल नहुँदा त्यहाँको कृषि उपज ढुवानी महंगो पर्ने गथ्र्यो । मुख्य राजमार्गसम्म ढुवानी लागत घटाएर त्यहाँका किसानले आफ्नो कृषि उत्पादन बिक्री वितरण गर्दैआईरहेका थिए । पुल बनेपनि कृषि उत्पादनको ढुवानी व्यवहोर्न नपर्ने र बगैचा र खेतबारीमा कृषि उत्पादन बोकेर राजमार्ग सडकसम्म ल्याई पु¥याउनु पर्ने बाध्यता हटेको वडाध्यक्ष थकालीले बताउँनुभयो ।


प्रतिक्रिया