मुस्ताङका कृषक कर्म गुरुङ परिवारद्वारा बाढी पीडितलाई तीन लाख १० हजार सहयोग

मुस्ताङ, १८ भदौ ।

 रसुवाको भोटेकोशी बाढी प्रभावित परिवारको उद्दार तथा राहतका लागि मुस्ताङको घरपझोङ गाउँपालिका—५ ढुम्बा स्थित चिम्ले अचार्ड कृषि फार्मका संञ्चालक कर्म गुरुङ र उहाँका परिवारबाट तीन लाख १० हजार रुपैया सहयोग भएको छ । दैवी तथा प्राकृतिक विपद्को घडीमा सहयोग गर्नु मानवीय धर्म भएको उल्लेख गर्दै कर्म गुरुङ र उहाँको परिवारले एक मुस्ट उक्त रकम बाढी प्रभावित क्षेत्रको उद्दार र राहतका लागि सहयोग गर्नुभएको हो ।


मुस्ताङका अब्बल कृषक तथा फार्मका सञ्चालक समेत रहेका गुरुङले आफु र परिवारको नाममा बिहिबार नेपाल बैंक जोमसोममा पुगेर प्रधानमन्त्री दैवी प्रकोप, उद्दार तथा राहत कोषमा जम्मा रकम जम्मा गर्नुभएको हो । 

रसुवाको भोटेकोशीमा आएका विनाशकारी बाढीले शिङ्गो राष्ट्रनै शोकमा डुबेको गुरुङले बताउँनुभयो । प्राकृतिक विपत्तिको सामान गर्दै शोकलाई शक्ति बदल्नु पर्ने विकल्प नभएको उल्लेख गर्दै गुरुङले रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएकोप्रति दुःख प्रकट गर्नुभयो ।


प्रतिक्रिया