जोमसोम—केही हप्ता अघि नेपाली महिला भलिबलकी चर्चित स्पाईकर प्रतिभा माली भलिबल खेल्न मुस्ताङ आईन् । मुस्ताङमा सम्पन्न ५१ औ संस्करण मुस्ताङ थाक खेलकुद कार्यक्रम अन्र्तगत उनीसंगै न्यूडाईमण्ड टिमका ३ जना राष्ट्रिय महिला भलिबल खेलाडी भलिबल खेल खेल्न मुस्ताङ आएका थिए ।
त्यससमय राष्ट्रिय महिला भलिबल खेलाडी मालीसहित सलिना श्रेष्ठ र प्रगतीनाथ थाक भलिबल खेल्न मुस्ताङ आईपुगेका थिए ।राष्ट्रिय महिला भलिबल टिममा पहिलो रोजाईका यि खेलाडीलाई यहाँसम्म मिलाउने चाँजापाँजो निलगिरी युवाक्लव टुकुचेले गरेको हो । उनीहरुलाई मुस्ताङमा आएर भलिबल प्रतियोगितामा सहभागी गराउने र त्यसका अलावा उचित पारिश्रमिकसहित मुस्ताङ घुमाईदिन सर्तसहित उनीहरुलाई मुस्ताङ ल्याईएको थियो । त्यसो त माली यस्तै प्रतियोगितामा सहभागी हुन ५ वर्षअघि पनि मुस्ताङ आईपुगेकी थिईन् । सधै न्यू डाईमण्ड र राष्ट्रको लागि भलिबल खेल्ने गरेकी प्रतिभा माली मुस्ताङको एक क्लवले मुस्ताङ ल्याएको थियो ।
अग्लो कद र केही मोटी प्रतिभा नेपाली महिला भलिबलको उत्कृष्ट खेलाडीको रुपमा लिने गरिन्छ । ७ वर्षको उमेरदेखिनै न्यू डाईमण्ड एकेडेमीमा रहेर भलिबल खेलको प्रारम्भिक अभ्यास गर्दै गरेकी प्रतिभाको खेलयात्रा कक्षा ६ मा पढ्दादेखि सुरु भएको हो । २०६५ देखि भलिबल खेल खेल्न थालेकी प्रतिभाको बाल्यकाल भलिबलकै संगतमा बित्यो । एकेडेमी रहँदा ठुला दिदीहरु भलिबल खेल्ने र आफुले बल छोपेर दिने गरेकी प्रतिभाले आजको १६ वर्षअघि भलिबल खेलमा डेभ्यु गरेकी हुन् । सुरुवाती चरणमा भलिबल खेल्दा उनीसंग एपिएफकी चर्चित स्टाईकर सरस्वती चौधरीमा पनि न्यु डाईमण्डबाटै खेल्ने गर्थिन् । पछिल्लो समय भलिबल खेल्ने क्रममा खुट्टामा चोट लागेपछिउनी रेसमा थिईन् । यद्यपी खुट्टाको चोट केही कम भएपछि खेलमा फर्किएकी प्रतिभा पूनः सोही खुट्टामा चोट लागेपछि लामो समयसम्म आराम गरेर बसेकी थिईन । चोटकै कारण हालै काठमान्डौंमा सम्पन्न महिला अन्तराष्ट्रिय काभा भलिबल खेल्न समेत बञ्चित भएकी थिईन । उनी अब चिकित्सकको परामर्श अनुसार केही महिनामा पून राष्ट्रिय टिममा फर्किने भएकी छिन् ।
खुट्टो ईन्जोर केही बिसेक भएको अवस्थामा प्रतिभा भलिबल खेल्न भनेर मुस्ताङ आईन । उनलाई मुस्ताङमा भलिबल खेल्न निकै मनपर्ने उनले बताएकी छिन् । समून्द्री सतहको २७ मिटर अग्लो उचाईमा भलिबल खेल्नुको मज्जा बेग्लै हुने र यसको अनुभव पनि अन्य स्थानमा गेम खेलेको भन्दा पृथक हुने उनको भनाई थियो । ‘पहाडै पहाड र हिमालको बिचमा गेम खेल्दा बेग्लै अनुभुती हुदोरैछ,हिमालपारिको यो स्थान मेरो मनपर्ने स्थान पनि हो, राष्ट्रिय महिला भलिबल खेलाडी प्रतिभा भन्छिन्,‘ यहाँ भलिबल त खेल्न पाईयो,प्रतिस्पर्धा राम्रो हुन सकेन,प्रतिस्पर्धा कडा हन्थ्यो भने यहाँको खेल अनुभव पनि राम्ररी गर्न पाईन्थ्यो की ।’
सधैं बेसीको स्थानमा भलिबल खेल्दै आएका हामीहरु उच्च भुगोलमा खेल खेल्नु निश्चित रुपमा सहज नहुने प्रतिभाले सुनाईन् । ‘प्रतिस्पर्धात्मक खेल भईदिएका भए हामीलाई थकान महशुस हुन्थ्यो,अल्टिच्युडको अनुभव हुन्थ्यो ।,’प्रतिभाले भनीन। मुस्ताङमा भलिबल खेल्दा हावाले बलको कनेक्सन बिगार्ने गरेको प्रतिभा बताईन् । ‘मुस्ताङमा १२ बजे हावा सरर भन्ने गितनै छ,उनले थपिन् ,‘साँच्चै यहाँ १२ बजे आउट डोर भलिबल खेल्न गाह्रो हुँदोरैछ ।’
भलिबल खेल्दा लागेको चोट निको पार्न उनको घुडाको शल्यक्रिया गरिएको थियो ।उनी यसैका कारण उनी ईन्जोर हुँदा नेपाली महिला भलिबल प्रतियोगिताहरुमा उनी देखा परेकी थिईनन ् । प्रतिभा साविक जस्तै भलिबल खेलमा फर्किन नियमित जिम गर्ने गरेको बताईन् ।‘पहिलो खुट्टालाई बलियो बनाउन भनेर आराम गरेर बसेकी थिए,उनले भनीन्,ि अब भलिबल खेल्न समस्या नपर्ने चिकित्सकले बताएकाले अब चाँडै राष्ट्रिय टिममा फर्किने तयारी गरेकी छु ।’
भलिबल खेल्न मुस्ताङ आएकी प्रतिभाले खेलकुदको माध्यमबाट खेल पर्यटनको विकास गर्न सकिने बताईन । खेल र पर्यटन एक अर्कोका परिपुरक हुन र हामी पनि यही खेलकुदका माध्यमबाट यहाँ आउन पाएको प्र्रतिभाको भनाई छ । उनले मुस्ताङका दाजुभाईहरुले आफुहरुलाई माया गरेर यहाँसम्म खेल खेल्न ल्याई पू¥याएको उल्लेख गरिन् । ‘हामी यहाँ खेल खेल्न आयो, तर खेल खेलेर फर्किहाल्ने भन्ने हुदैन,उनले थपिन्,‘ मुक्तिनाथ दर्शनसंगै कोरलानाका र यहाँका अन्य रमणीय स्थानहरुको अवलोकन गरेर फर्किने छौं ।’ मुस्ताङ जिल्ला अथाह प्राकृतिक,धार्मिक,सांस्कृतिक तथा जैविक विविधताले प्रख्यात रहेकाले यहाँ आउने पर्यटकले यहाँ घुमेपछि मन्त्रमुग्ध हुने सुनाईन् ।
चर्चित महिला राष्ट्रिय टिमकी भलिबल खेलाडीले प्रतिभाले मुस्ताङ घुम्ने पर्ने पर्यटकीय गन्तब्य रहेको बताईन् । मुस्ताङ जिल्ला राष्ट्रिय रुपमा मात्रै नभई अन्तराष्ट्रिय स्तरमा चर्चामा रहेकाले यहाँको सौन्दर्यता नजिकबाट नियाल्न एकपटक यहाँ आउनैपर्ने प्रतिभाको भनाई छ । उनले पछिल्लो समय राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) विस्तारित सडक संञ्जालका कारण मुस्ताङ आउन कुनै कठिनाई नहुने जनाईन् ।
एक अर्को प्रश्नमा भलिबल खेलकी चर्चित स्पाईकर प्रतिभाले नेपालमा भलिबल खेलको भबिष्य राम्रो भएको दावी गरिन । हामीलाई भलिबल संघले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागी गराईरहेको छ, अलिकति मेहनत र साधना गर्नुपर्ने हुन्छ,प्रतिभाले भनीन,‘ खेल खेलेर राम्रो गर्न सकिदैन भन्ने छैन,भलिबलका सुनौला दिनहरु फर्किदैछन् ।’ बाल्यकालदेखि भलिबलमा लगाव राख्दै आईरहेकी प्रतिभाले भलिबल खेलमा आफुले व्यक्तिगत रुपमा आत्मसन्तुष्टि प्राप्त गरेको बताईन् ।
भलिबलमा कुनै पनि खेलाडी स्थायी नहुने र हुन नहुने प्रतिभाको तर्क छ । उनी भन्छिन्,‘ सधै वषौवर्ष एउँटै खेलाडी टिकिरहने हो भने नयाँ खेलाडीले मौका पाउदैनन्, यसैले पनि केही वर्ष खेलेर विश्राम लिन्छु, नयाँलाई मौका दिन्छु ।’