जोमसोम—थासाङका पर्यटन तथा कृषि उद्यमी सरोज तुलाचन सम्मानित भएका छन् । थकाली सेवा समिति नेपाल थाक सातसय क्षेत्रद्वारा आयोजित फालो मेला २०८१ को अवसरमा थासाङ—१ टुकुचेका सरोजलाई कृषि र पर्यटन क्षेत्रमा योगदान पू¥याएको भन्दै सम्मानित गरिएको हो ।
बैदेशिक रोजगारका क्रममा लामो समय जापान पलायन भएका सरोज त्यसपछि काठमान्डौंमा व्यवसाय चलाएका थिए । उनी ५ वर्षअघि आफ्नो पूख्यौली थलो मुस्ताङ फर्किएर होटल संञ्चालन गरेका थिए । उनी कृषि पेशामा समेत जमेर लागेका छन् ।
थासाङ—१ टुकुचे स्थित म्हन्छिन्मा मुस्ताङ ईको हिल रिसोर्ट खोलेका छन् । जापान बसाईमा सिकेका ज्ञानसीप र उद्यमलाई व्यवसायिक रुपमा उपयोग गर्दै सरोजले बेनी—जोमसोम सडकमार्ग नजिकै पृथक प्रकारको ईको रिसोर्ट खोलेका हुन् । उनको रिसोर्टमा बसेका पाहुनाले स्याउ बगैचाको अवलोकन गर्न पाईने छ भने पर्यटक काठै काठले बनेको कटेज र ट्रेन भित्र बाँस बस्ने व्यवस्था मिलाएका छन् । उनले आफ्नो बाँझो रहेको जग्गामा लोभलाग्दो स्याउ खेती समेत गरेका छन् । फालो मेलामा उनै सरोजलाई थाक सातसय क्षेत्रले विदेश र सहरबजार छोडेर पूख्यौली थलोमा पर्यटन र कृषि क्षेत्रको विकासमा समर्पित भई थकाली समुदायको गरिमा बढाएको भन्दै सम्मान गरिएको हो ।
कृषि र पर्यटनकर्मी सरोजलाई संघीय सांसद योगेश गौचन थकाली,प्रदेश सभा सदस्य विकल शेरचन र मिर मुखिया जुहार भट्टचनले खाँदा र प्रमाणपत्रले सम्मान गरेका हुन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली