मुस्ताङ,२०, असार ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्साल सहितको टोलीले उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको ९बेनी—जोमसोम—कोरला० सडक आयोजनाको अनुगमन तथा निरीक्षण सुरु गर्नुभएको छ । शुक्रबार बेनी—जोमसोम सडकमार्ग हुँदै मुस्ताङको थासाङ गाउँपालिका—३ लेते बाँस बस्नु भएका मन्त्री लम्सालसहितको टोलीले मुस्ताङ स्थित उत्तर÷दक्षिण जोड्ने कालिगण्डकी करिडोर सडकको निरीक्षण थाल्नुभएको हो ।
कोरला सडकका आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार कोरला सडकको निरीक्षण तथा पर्यटन लगायतका बिषयमा जानकारी लिने उद्देश्यले संघीय पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री खड्कराज पौडेल ९गनेश० लगायत मन्त्रालय र विभागीय टोली मुस्ताङ आउनुभएको हो ।
यसअघि मन्त्री लम्सालसहितको टोलीले कोरला सडक अन्तर्गत म्याग्दी सडकखण्डको स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको थियो भने शनिबार जोमसोम—कोरला सडकको स्थलगत अवलोकन तथा निरीक्षण गर्ने कार्यक्रम रहेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो ।
कोरलासडकको निरीक्षणका लागि मुस्ताङ आउनुभएका मन्त्री लम्साल समक्ष आयोजना प्रमुख तेजस्वी शर्माले आयोजनाको हालसम्मको भौतिक प्रगती र सडक निर्माणमा देखिएका समस्या र चुनौति लगायतका बिषयमा जानकारी दिनुभएको छ ।
यसैगरी पूर्वाधार विकास मन्त्री लम्सालसहितको टोलीले कालिगण्डकी करिडोर ९बेनी—जोमसोम—कोरला० सडक आयोजनाको अवलोकन गर्नुभएको छ । पूर्व प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनको उपस्थितीमा जोमसोम—कोरला सडकमा आवश्यक पर्ने पुर्वाधार निर्माण लगायतका बिषयमा छलफल भएको छ ।
छलफलमा कोरला सडकका लागि आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको पाँच वटा सडक पुलको तुरुन्तै ठेक्का प्रक्रियामा लैजान निर्देशन दिएको र बाँकी आवश्यक स्थानमा पुल निर्माण गर्नुपर्ने ठाउँहरुको डिपीआर गरी प्रक्रिया अघि बढाउन आयोजना कार्यालयललाई निर्देशन दिनुभएको पूर्व प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचनले जानकारी दिनुभयो । करिव पन्ध्र मिनेट चलेको छलफलमा पूर्वाधार विकास मन्त्री लम्साल कोरला सडकप्रति एकदमै सकारात्मक रहेको र कोरला निर्माणमा बजेटको कुनै चिन्ता गर्न नपर्ने बताउँनु भएको पूर्व प्रतिनिधि सभा सदस्य तुलाचनको भनाई छ ।
यसैगरी मन्त्रीसहितको छलफलमा कोवाङ —जोमसोम सडक ८० प्रतिशत भौतिक प्रगति सम्पन्न हुँदा निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अलपत्र परेर ठेक्का रद्द भएको जानकारी गरिएको छ ।
यसैगरी जोमसोम—कोरला सडक अन्तर्गत जोमसोम—कागबेनी सडकको थप स्तरोन्नतिका साथै कागबेनी—छुसाङ सडकको कालोपत्र सडक निर्माण लगायतका बिषयमा आयोजना प्रमुख तेजश्वी शर्माले मन्त्री लम्साललाई जानकारी गर्नुभएको छ ।
अर्थ मन्त्रीले उत्तर÷दक्षिण जोड्ने कोरला सडक अन्तर्गत मुस्ताङको छुसाङदेखि घमीसम्मको ५०किलोमटर सडकको स्तरोन्नति तथा कालोपत्र गर्न तीन अर्ब १५ करोड बजेट विनियोजन भएकाले उक्त सडकको ठेक्का प्रक्रिया अघि बढाउने तयारीमा रहेको आयोजना प्रमुख शर्माले मन्त्री लम्साललाई जानकारी दिनुभएको छ । कोरला सडकसम्मको सडकमा प्रारम्भिक वातावरण प्रभाव मूल्यांकन ९आईई० भईसकेकाले नाकासम्मको सडक कालोपत्र गर्न तथा सडक स्तरोन्नति गरिनु पर्ने मन्त्री लम्सालको ध्यानाकर्षण गराईएको छ ।
मन्त्री लम्सालसहितको टोलीले कोरला सडक आयोजना क्षेत्रमा पर्ने विभिन्न स्थानमा सडक तथा पुलपुलेसा लगायतका बिषयमा स्थानीयसंग जानकारी लिनुभएको छ । कालिगण्डकी नदीको कटान, बाढी पहिरो र नदी कटानले कोरला सडकको पुल पुलेसा र सडकलाई बर्सेनि क्षति हुनसक्ने अवस्था लगायतका बिषयमा मन्त्री लम्साललाई जानकारी गराइएको छ ।
उत्तर÷दक्षिण जोड्ने कोरला सडकको अनुगमन तथा निरीक्षणमा निस्किएको मन्त्री लम्सालसहितको टोली अहिले जोमसामबाट कोरला नाका प्रस्थान गरेको र आजै बेलुका जोमसोम फर्किने कार्यक्रम रहेको आयोजना प्रमुुख तेजस्वी शर्माले जानकारी दिनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता