जोमसोम— मुस्ताङका चार वटा पालिकामा एकैसाथ पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना (एनएएफएचए) परियोजना कार्यान्वयमा आउने भएको छ । फलफूल तथा तरकारी बालीको प्रर्वद्धन तथा क्षेत्र विकास गर्ने र स्थानीय स्तरमा कृषकहरुको आर्थिक विकासमा टेवा पु¥याउने लक्ष्य लिएर यसप्रकारको आयोजना मुस्ताङ पनि कार्यान्वयनमा ल्याउन लागिएको हो ।
यो आयोजना (एनएएफएचए)को संक्षिप्त नेपालीमा नाफा आयोजना भन्ने गरिएको छ । नेपालका५ प्रदेशमा कार्यान्वयनमा ल्याउने गरी सन् २०२२ को डिसेम्बर २ बाट सन् २०२९ को अगष्ट ३१ सम्म ७ वर्षका लागि आयोजना अवधि तोकिएको छ । नाफा आयोजना कार्यान्वयनमा ल्याउनका लागि कुल लागत ९३ दशमलव ४५ मिलियन अमेरिक डलर खर्च हुने प्रक्षेपण गरिएको छ । नेपाल सरकार, एशियाली विकास बैंक,विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रम लगायतको लागत साझेदारीमा नाफा आयोजना कार्यान्वयनको चरणमा रहेको छ ।
पहाडी काष्ठफल तथा फलफूल विकास आयोजना नेपालका ५ प्रदेशमा कार्यान्वयनमा छ ।कोशी,बाग्मती,गण्डकी,कर्णाली र सुदुरपञ्चिम प्रदेशका ३४ जिल्लाका एक सय स्थानीय तहमा नाफा परियोजना कार्यान्वनमा आएको हो । आयोजना कार्यान्वयनका लागि ७ वटा कार्यालय स्थापना भईसकेको छ । गण्डकी प्रदेशमा ब्याच एक,दुई र तीन गरी १० वटा जिल्लाका ३४ वटा स्थानीय तहमा आयोजना कार्यान्वयमा ल्याईने जनाईएको छ ।
गण्डकी प्रदेशमा पहाडी काष्ठफल तथा फलफूल विकास आयोजना (नाफा) को ब्याच तीन कार्यक्रम कार्यान्वयमा ल्याउन लागिएको आयोजना कार्यान्वयन ईकाई गण्डकी प्रमुख एवं कृषि विकास निर्देशनालय गण्डकीका महानिर्देशक बालकृष्ण अधिकारीले जानकारी दिनुभयो । आयोजनाको ब्याच तीनको कार्यक्रम आ.व. २०८२÷०८३ देखि गण्डकीका म्याग्दी,बाग्लुङ,मनाङ र मुस्ताङका १९ वटा स्थानीय तहमा कायान्वयनमा ल्याईने महानिर्देशक अधिकारीले बताउँनुभयो । मुस्ताङमा लोमान्थाङ बाहेक चार पालिकामा नाफा आयोजना कार्यान्वयनमा ल्याउन लागिएको उहाँको भनाई थियो ।
मुस्ताङको घरपझोङ,वारागुङ, थासाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा आयोजना कार्यान्वयनका लागि स्थानीय सरोकारवालाहरुलाई यससम्वन्धि जानकारी दिईएको महानिर्देशक अधिकारीले जनाउनुभयो । आयोजनाको निश्चित मापदण्डमा रहेर फलफूल तथा तरकारी बालीको क्षेत्र विस्तार तथा सुदृढीकरणका लागि हालसम्म १७ जनाले निवदेशन पेश गरिसकेको जानकारी दिनुभयो ।
फलफूल तथा तरकारी बालीको क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत आयोजनामा आवद्ध हुन कम्तीमा २० रोपनी क्षेत्रफल जग्गा आवश्यक पर्ने महानिर्देशक अधिकारीले जानकारी दिए । यसका लागि व्यत्ति,सहकारी,समुह र मार्फहरुले मिलेर संयुक्त रुपमा २० रोपनी क्षेत्रफल पु¥याउन पर्ने हुन्छ । साविकमा गरिएको फलफूल तथा तरकारी खेतीलाई आयोजनाले मान्यता नदिने बताईएको छ । आयोजनामा आवद्ध हुन स्थानीय तहमा गठित समन्वय समिति (एलएलसीसी) र त्यसलाई सहयोग गर्ने प्राविधिक समितिले छनौट गरेपछि मात्रै आयोजनाले भेरीफाई गरी समट्ने जनाइएको छ । आयोजनामा आवद्ध समुह,सहकारी ,फार्म र व्यक्तिले फलफूल तथा तरकारी खेती बिस्तार गरेवापत ५० प्रतिशत अनुदान सहुलियत पाउँने छन् । आयोजनाले खेतीयोग्य क्षेत्रफल,बिषादी,जनशक्ति,उपकरण,मल लगायतमा अनुदान दिने जनाएको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिकामा आयोजित कार्यक्रममा निर्दशानालयका महानिर्देशक अधिकारीले बृहत प्रकारको फलफूल तथा तरकारी खेती गर्ने समुह र सहकारी र व्यक्तिहरुलाई लक्षित बाली विकासको प्रर्वद्धन तथा क्षेत्र विकासमा आर्थिक साझेदारी गर्ने बताउँनुभयो । आयोजनामा आवद्ध हुन असमर्थ हुनेले स्थानीय तह,कृषि ज्ञानकेन्द्र र परियोजना कार्यान्वयन ईकाईमा पनि सुविधा प्राप्त गर्ने सक्ने बताउँनुभयो ।
घरपझोङ गाउँपालिका उपाध्यक्ष जमुना थकालीले नाफा आयोजना मुस्ताङमा कार्यान्वयनमा आउनु सुखद सन्देश भएको बताउँनुभयो । उहाँले अनुदानको नाममा विगतमा विभिन्न प्रकारका बेथितीहरु सृजना भएको उल्लेख गर्दै यसको सफल कार्यान्वयन र पादरर्शीतामा जोड दिनुपर्ने बताउँनुभयो ।
मुस्ताङका सरकारवालाहरले आयोजना हुने खाने र समृद्ध बर्गहरुका लागि मात्रै रहेको भनी आपत्ती जनाएका थिए । उनीहरुले मुस्ताङमा लालपुर्जा वाला जग्गामा स्याउ खेती भईरहेको र यहाँ नयाँ जग्गामा खेती विस्तार गर्ने योजना चुनौती भएको सुनाए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली