उत्कृष्ट करदाता बिष्णुराज हिराचनलाई घरपझोङको सम्मान

जोमसोम—   मुस्ताङको घरपझोङ गाउँपालिकाले उत्कृष्ट एक जना करदातालाई १६ औं गाउँसभा अधिवेशनमा मंगलबार सम्मान गरेको छ । राज्यप्रतिको उत्तरदायित्व एवं असल नागरिकको भूमिका निभाएको उल्लेख गर्दै गाउँपालिका भित्र मध्येबाट समयमै सबै भन्दा बढी कर बुझाउँने घरपझोङ—२ मार्फाका बिष्णुराज हिराचनलाई उत्कृष्ट करदाताको रुपमा घरपझोङ गाउँपालिकाले सम्मान अर्पण गरिएको हो ।

उत्कृष्ट करदाता हिराचनले आ.व. २०८०÷०८१ मा सबै भन्दा बढी कर २ लाख ५५ हजार ५ सय रुपैया गाउँपालिकालाई कर बुझाएका थिए । हिराचन मुस्ताङको मार्फा गाउँका पर्यटन,कृषि र उद्योग व्यवसायी हुनुहुन्छ । उत्कृष्ट करदाता हिराचनको अनुउपस्थितीका कारण उक्त सम्मान पत्र सुचन लालचनलाई हस्तान्तरण गरिएको छ ।

हिराचनको मार्फामा स्याउ खेतीका साथै एप्पल डिस्टिलरी उद्योग सञ्चालनमा छ ।


प्रतिक्रिया