साङ्तेलीलाई स्वास्थ्य शिविरसहित ब्ल्याकेट र जस्ता पाता वितरण

जोमसोम—हिमाली जिल्ला मुस्ताङ र हिमाली जिल्ला डोल्पाको सीमावर्ती गाउँ साङ्तामा स्वास्थ्य शिविरसहित राहत सामग्री वितरण गरिएको छ । नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेशको आयोजना तथा जिल्ला प्रहरी कार्यालय मुस्ताङको समन्वयमा बुधबार मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—५ साङ्ता गाउँका स्थानीय १३ घरधुरीलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन तथा राहत सामग्री  वितरण गरिएको हो

भौगोलिक रुपले अत्यन्तै विकट स्थानमा रहेको मुस्ताङको साङ्ता गाउँकै जिल्लाकै सबैभन्दा पीछडिएको गाउँ हो ।यो गाउँ २०२२ सालमा पत्ता लागेको हो । एक साताअघि  जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी भोजराज पाण्डेयले साङ्ता गाउँमा पुगेर जनचेतनामूलक कार्यक्रम गरेपछि त्यहाँको आधारभुत आवश्यकताको पहिचान गर्दै गण्डकी प्रदेशकी प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गासिंहसहित नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेशको पदाधिकारी टोली स्वास्थ्य शिविरसहित राहत सामग्री लिएर विकटको गाउँ साङ्ता पुगेको हो ।


पूर्वाधार विकास तथा अभावै अभावले झेलिएको विकटको गाउँ साङ्तामा स्वास्थ्य शिविर संंञ्चालन तथा राहत सामग्री वितरणको व्यवस्थापन जिल्ला प्रहरी कार्यालय मुस्ताङले गरेको थियो ।यसका साथै राहत वितरणमा स्थानीय निकायसंगै विभिन्न सरोकारवाला निकायलेहरु समेत सहकार्य गरेका थिए ।

नेपाल प्रहरी श्रीमती संघ गण्डकीद्वारा विकटको साङ्ता गाउँका १३ घरधुरी परिवारलाई १५ थान न्यानो कपडा ब्ल्याङकेट वितरण गरिएको छ ।संघले साङ्ता गाउँको समाजघरको छानो छाउन २४ वटा जस्तापाता समेत वितरण गरेको छ ।

पोखराबाट ढुवानी गरी ल्याएको न्यानो कपडा  ब्ल्याङ्केट र जस्ता पाताहरु गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गासिंह र श्रीमती संघका पदाधिकारी लगायतको टोलीले संयुक्त रुपमा हस्तान्तरण गरेको हो ।

यसअघि स्वास्थ्य शिविर तथा राहत सामग्री हस्तान्तरण कार्यक्रमको प्रदेश प्रहरी प्रमुख दुर्गासिंहले गमलामा राखिएको विरुवामा जलसेचन गरी समुद्घाटन गरेकी थिईन् ।

प्रदेश प्रहरी प्रमुख सिंहले भौगोलिक रुपले अत्यन्तै विक गाउँ मुस्ताङको  साङ्तामा यहाँका तत्कालको आवश्यकता र औचित्यता महशुस गर्दै प्रहरी श्रीमती संघ राहत सामग्री लिएर यहाँ आईपुगेको बताईन् ।‘कहिले काँही स—साना कार्यले सकात्मक प्रतिफल प्राप्त हुन्छ । सामाजिक कार्यका लागि श्रीमती संग विगतदेखिनै कटिबद्ध रहदै आएको संस्था हो,उनले भनीन्,‘ सुगम र पायक पर्ने ठाउँमा मात्र होईन , सरकारको नजर नपुगेको ठाउँमा पनि पुग्नपर्छ भन्ने मान्यता प्रहरीमा हुन्छ, यसैले जिल्लाकै समन्वयमा संघको टोली राहत सामग्री लिएर यहाँ आएको हो ।’


प्रहरी श्रीमती संघकी प्रदेश सचिव रविना अर्यालले मुस्ताङको विकट गाउँ साङ्तामा पुगेर राहत सामग्री वितरण गर्न पाउँदा नेपाल प्रहरी संघको टोली गौरान्वित महशुस भएको बताईन् । संघले विभिन्न मेलामहोत्सव र दैउसी भैलो खेलेर आर्थिक कोष खडा गरेको र सोही कोषको ब्याजबाट साङ्ता गाउँमा राहत सामग्री वितरण गरिएको उल्लेख गरिन् ।

‘संघले विगतदेखिनै अप्ठयारो परिस्थिती,बाढीपहिरो,भुकम्प पीडित,द्धन्द पीडित लगायत सबै क्षेत्रमा सामाजिक सहकार्य गर्दैआईरहेको छ,सचिव अर्यालले भनीन्,‘ यहाँको समस्या र चुनौतीलाई नजिकबाट बुझ्न अवसर मिल्यो, हामीले वितरण गरेको सानो सहयोगले पनि यहाँका बासिन्दालाई सहानुभतीको माध्यम बन्नसक्छ भन्ने हामीले ठानेका छौं ।’  नेपालको बेग्लै संसारको  साङ्ता गाउँमा पुग्दा आफुहरुलाई फरक अनुभुती भएको उनले सुनाईन् ।

यसअघि नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको व्यवस्थापनमा साङ्ता गाउँमा पहिलो पटक स्वास्थ्य शिविर संञ्चालन गरिएको हो शिविरको स्वास्थ्य परीक्षणमा  मुस्ताङ अस्पतालमा कार्यरत स्टाप नर्स सुधा पौडेल खटिएकी थिईन् । स्वास्थ्य शिविरमा साङ्गा गाउँका १३ घरधुरीका  २ जना नाबालकसहित २२ जना लाभान्वित भएको मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए ।

 सो अवसरमा वारागुङ मुक्तिक्षेत्र—५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले बग्रेल्ती समस्यै समस्या र विकासले पछि परेको विकट गाउँ साङ्तामा प्रहरीको श्रीमती संघले राहत सामाग्री तथा स्वास्थ्य शिविर संञ्चालन गरिनु सह्रानीय पक्ष भएको बताए । ‘हामी एकदमै खुसी छौ, प्रदेश प्रहरी प्रमुख र श्रीमती संघको टोली यति टाढा विकट स्थानमा आईपुग्नु भयो,यहाँ जो कोही सहजै आईपुग्न सक्तैनन,वडाध्यक्ष गुरुङले भने,‘ हामी यस कार्यमा एकदमै खुसी छौ, यसबाट सबैले पाठ सिकेर यहाँको विकासमा पहल गरिदेउन् ।’

नेपाल प्रहरी श्रीमती संघ गण्डकीले साङ्ता विकटको साङ्ता गाउँका ८५ वर्षीया ज्येष्ठ नागरिक सेरा गुरुङलाई राहत हस्तान्तरण कार्यक्रममा सम्मान समेत गरेको छ ।


मुस्ताङको साङ्ता गाउँ सदरमुकाम जोमसोमबाट कालिगण्डकीपारि ४० किमी टाढा विकट स्थानमा पर्छ । हिउँदमा ६ महिना र वर्खामा ६ महिना वस्ती फेरिरहने साङ्गा गाउँमा कच्ची सडक विस्तार भएपनि बिजुुली र संञ्चारको पहुँच पुग्न सकेको छैन । सामान्य खेती किसान र पशुपालन व्यवसाय अपनाउँदै आईरहेका साङ्ता गाउँमा नेपाल प्रहरीको श्रीमती संघको टोली पुगेपछि निकै खुसी देखिन्थे । यो गाउँमा संघीयतापछि पनि ३ तहको सरकारको ध्यान राम्ररी पर्न सकेको छैन । चुनावका बेला ठुला ठुला आश्वासन दिने राजनीतिक पार्टीका उम्मेदवार र नेताहरु चुनाव सकिएपछि यो गाउँको विकास गर्नुपर्छ भन्ने हेक्का समेत राखेको पाईदैन । नेपाली राम्ररी बोल्न समेत नजान्ने साङ्ता गाउँका स्थानीयको दैनिकी निकै कष्ठकर छ । मुस्ताङको साङ्ता गाउँलाई निषेधित तथा नियन्त्रित क्षेत्रको सूचिमा राखेको छ ।

यसैगरी प्रदेश प्रहरी प्रमुख दुर्गा सिंहसहित नेपाल प्रहरी श्रीमती संघको टोलीले बुधबारनै ईलाका प्रहरी कार्यालय लेतेमा वृक्षारोपण गरेको थियो । 


प्रतिक्रिया