मुस्ताङमा विश्व आत्महत्या रोकथाम दिवस मनाईयो



जोमसोम—मुस्ताङमा विश्व आत्महत्या रोकथाम दिवस एक कार्यक्रम गरी मनाईएको छ ।‘आत्महत्या रोकथामबारे संम्वाद सुरु गरौं, दृष्ट्रिकोण बदलौ’ भन्ने नारासहित जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले दिवसको आयोजना गरेको हो ।

दिवसमा आत्महत्या रोकथामका लागि जिम्मेवार निकायका साथै सबै नागरिक सचेत रहुनु पर्नेमा जोड दिईएको छ । आत्महत्या रोकथाम दिवसका अवसरमा आयोजित अन्तरक्रियामा  आत्महत्या रोकथामका लागि नागरिक सचेतना अपरिहार्य रहेको बताईएको छ । समाजमा विभिन्न कारणले मानिसहरु आत्महत्याको बाटो अवलम्वन गर्ने भएकाले त्यस्ता प्रकृति र मनोविज्ञानलाई आत्मसाथ गरी नागरिकलाई आत्महत्या होईन आत्मबल प्रदान गर्न समाजको महत्वपूर्ण भूमिका रहने औल्याईएको छ । 


 स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख विद्या तामाङले  सन् २००८ को तथ्यांकमा  १५ देखि ४५ वर्ष उमेर समुहका महिलाहरुको मृत्युको पहिलो कारण आत्महत्या भएको उल्लेख गरिन् । प्रहरीको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०÷०८१ मा नेपालमा ७ हजार २२३ जनाको आत्महत्याको कारण ज्यान गएको उनले जनाईन ् । मुस्ताङमा पनि आत्महत्या गर्नेको संख्या बढेको छ । गतवर्ष मुस्ताङमा ७ जनाको आत्महत्याका कारण ज्यान गएको प्रहरीको रेकर्डमा उल्लेख छ । नेपालमा दैनिक औसत २० जनाले आत्महत्या गर्ने गरेका छन् ।

आत्महत्या जैविक,मनोविज्ञान, सामाजिक,आर्थिक र सांस्कृतिक तथा वातावरणीय पक्षहरुको जटिल अन्तरक्रियाको उपज भएको स्वास्थ्य प्रमुख तामाङको भनाई छ ।

कार्यक्रममा जिसस प्रमुख माया गुरुङले आत्महत्या दुरुत्साहन गर्ने व्यक्तिलाई राज्यले कडा कानुनको दायरामा ल्याउने व्यवस्था गर्नुपर्ने बताईन । घरपझोङका अध्यक्ष मोहनसिंह लालचनले आत्महत्या रोकथाम तथा न्यूनिकरणका लागि स्थानीय सरकार सचेत रहेको बताए । उनले आत्महत्या घटना कम गर्न समाजलाई सचेत र संम्वेदनशील तुल्याउन आवश्यक रहेको औल्याए । आर्थिक ,सामाजिक,राजनीतिक,धार्मिक, पारिवारिक र साईबर अपराधका कारण आत्महत्याका घटनाहरुले प्रश्रय पाउने गरेको अध्यक्ष लालचनको कथन छ । उनले समाजमा स्वतन्त्र र तनाबमुक्त जिवन जिउँने अधिकारलाई कसैले पनि बञ्चित गर्न नहुने जनाए ।

कार्यक्रममा स्वास्थ्य प्रमुख तामाङले विश्व आत्महत्या दिवसको अवसरमा आत्म हत्या रोकथाम तथा न्यूनिकरण संम्वन्धि प्रस्तुतीकरण गरेकी थिईन् ।



प्रतिक्रिया