जोमसोम ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोग) मुस्ताङको अध्यक्षमा विनोद थकाली चयन भएका छन् । समितिको बिहिबार समिति पुनर्गठन हुँदा थकालीलाई अध्यक्षमा सर्वसम्वत चयन गरिएको हो ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोग)को गत मंसिर ५ गतेको परिपत्र अनुसार यहाँ समिति पुनर्गठन गरिएको हो । नियोगले आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पर्यवेक्षण समिति गठन गर्न पत्रचार गरेको थियो । सोही पत्र अनुसार यहाँ हुने निर्वाचन कार्यक्रमको पर्यवेक्षण गर्न थकालीको अध्यक्षतामा ७ सदस्यीय निर्वाचन पर्यवेक्षण समिति पुनगर्ठन गरिएको हो ।
उपाध्क्षमा शान्ता थकाली, महासचिवमा पेमा छेतेन विक,सहसचिवमा हिक्मत नेपाली र कोषाध्यक्ष चन्द्रा नेपाली रहेका छन् ।
सदस्यहरुमा विवश थकाली र राहुल थकाली रहेका छन् ।
३ पुस २०८२, शुक्रबार ०८:१७ मा प्रकाशित
1202
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता