मुस्ताङमा सरकारी कार्यालयलाई २ अर्ब ३६ करोड निकासा

जोमसोम—मुस्ताङमा  जिल्ला स्थित सरकारी कार्यालयहरुलाई चालु आर्थिक वर्ष २०८०÷०८१ को १० महिना अवधिमा २ अर्ब ३६ करोड ३८ लाख बजेट निकासा दिईएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय मुस्ताङले प्रकाशित गरेको खर्च विवरणको बुकलेटमा संघ तथा प्रदेश कार्यालय र जिल्लाका ५ वटै स्थानीय तहलाई चालु वर्ष ३ अर्ब ८६ करोड ६० लाख विनियोजन भएकोमा उल्लेखित बजेट सम्वन्धित निकायका कार्यालयमा निकासा भईसकेको जनाईएको छ ।यो समग्र विनियोजित बजेटको ६१ दशमलव १४ प्रतिशत खर्च हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्ला स्थित संघ तथा प्रदेश कार्यालयहरुको चालु वर्षको १० महिनाको खर्च चालुतर्फ १ अर्ब ४९ करोड ५४ लाख विनियोजन भएकोमा १ अर्ब ३ करोड ९७ लाख अर्थात ६९ दशमलव ५३ प्रतिशत  खर्च भएको हो ।

यस्तै ,पुँजिगततर्फ १ अर्ब ३४ करोड ५५ लाख विनियोजित बजेट मध्ये  ७० करोड ४९ लाख बजेट अर्थात ५२ दशमलव ३९ प्रतिशत खर्च भएको कोष नियन्त्रक जब्बरबहादुर भण्डारीले जानकारी दिए ।

कोष नियन्त्रक भण्डारीका अनुसार मुस्ताङका ५ स्थानीय तहलाई बैशाख मशान्तसम्ममा कुल विनियोजित बजेट १ अर्ब २ करोड ५० लाख बजेट मध्ये ६१ करोड ९१ लाख बजेट अर्थात ६० दशमलव ०४ प्रतिशत निकासा भईसकेको छ ।

मुस्ताङमा संघीय कार्यालय तथा संघीय सरकारबाट स्थानीय तहलाई विनियोजन भएको विभिन्न शिर्षकको अनुदान ३ अर्ब २ करोड ३३ लाख मध्ये चालु वर्षको १० महिनामा २ अर्ब ७ करोड ९५ लाख अर्थात ६८ दशमलव ६८ प्रतिशत वित्तिय भुक्तानी भएको कोष नियन्त्रक भण्डारीले बताए ।

उनका अनसार जसमध्येको बजेटमा  संघीय कार्यालयहरुलाई चालु खर्चतर्फ विनियोजन भएको १ अर्ब २२ करोड ७७ लाखमा ९३ करोड ४२ लाख अर्थात ७६ दशमलव ०९ प्रतिशत खर्च भएको छ । संघीय कार्यालयको पुँजिगततर्फ छुट्याईएको ८४ करोड ७६ लाख बजेट मध्ये ५६ लाख २३ हजार अर्थात ६६ दशमलव ३४ प्रतिशत खर्च भएको हो ।संघीय सरकारबाट स्थानीय तहलाई ९४ करोड ७९ लाख बजेटमा ५८ करोड ३० लाख बजेट निकास भएको हो ।

यसैगरी गण्डकी प्रदेश सरकारबाट प्रादेशिक कार्यालय तथा स्थानीय तहलाई विनियोजन भएको चालु आर्थिक वर्षको कुल बजेट ८४ करोड २७ लाख मध्ये चालु वर्षको १० महिना अवधिमा २८ करोड ४२ लाख रुपैया वित्तिय हस्तान्तरण भएको हो । यो प्रदेशबाट उपलब्ध प्रादेशिक कार्यालय र स्थानीय तहलाई हस्तान्तरण भएको कुल बजेटको ३३ दशमलव ७३ प्रतिशत मात्र हो ।

प्रादेशिक कार्यालयका लागि चालु वर्ष विनियोजित चालुतर्फको कुल बजेट २६ करोड ७६ लाख बजेटमा १० करोड ५५ लाख अर्थात ३९ दशमलव ४३ प्रतिशत खर्च भएको छ ।प्रादेशिक पुँजिगततर्फ कुल बजेट  ४९ करोड ७८ लाख बजेट मध्ये १० महिनामा १४ करोड २५ लाख अर्थात २८ दशमलव ६४ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक जब्बरबहादुर भण्डारीले जानकारी दिए ।

कोष नियन्त्रक भण्डारीका अनुसार चालु वर्ष  प्रादेशिकतर्फको स्थानीय तह वित्तिय हस्तान्तरणका लागि ७ करोड ७१ लाख विनियोजन भएकोमा  ३ करोड ६१ लाख अर्थात ४६ दशमलव ८२ प्रतिशत बजेट निकासा भएको हो ।

मुस्ताङको घरपझोङ गाउँपालिकालाई संघ तथा प्रदेशबाट वित्तिय समानिकरणसहित विभिन्न अनुदान शिर्षकमा विनियोजन भएको कुल बजेट २२ करोड ६६ लाखमा १४ करोड ७१ लाख अर्थात ६४ दशमलव ९२ प्रतिशत खर्च गरेको छ । घरपझोङलाई संघतर्फ २० करोड ९० लाखमा १३ करोड ८९ लाख र प्रदेशतर्फ १ करोड ७६ लाखमा ८१ लाख बजेट निकासा भएको छ ।

थासाङ गाउँपालिकालाई संघ तथा प्रदेशबाट कुल बजेट २३ करोड ५२ लाख बजेट विनियोजन भएकोमा १६ करोड ४२ लाख बजेट वित्तिय हस्तान्तरण भएको हो । संघतर्फ २१ करोड ९४ लाख मध्ये १५ करोड ५७ लाख र प्रदेशतर्फ १ करोड ५८ लाखमा ८५ लाख निकासा भएको जनाईएको छ ।

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकालाई संघ तथा प्रदेश सरकारबाट विनियोजित कुल बजेट  १७ करोड ४० लाखमा  १० करोड ३१ लाख बजेट वित्तिय हस्तान्तरण भएको हो । जसअन्तर्गत संघतर्फको अनुदान १६ करोड ३ लाखमा ९ करोड ७९ लाख बजेट निकासा भएको छ । प्रादेशिकतर्फ विनियोजित कुल बजेट १ करोड ४६ लाख मध्ये ७३ लाख बजेट कोष तथा लेखा नियन्त्रक कार्यालय मुस्ताङले निकासा दिएको छ ।

यसैगरी लोमान्थाङ गाउँपालिकालाई संघ तथा प्रदेश सरकारको अनुदान कुल १९ करोड ४१ लाख मध्ये ११ करोड ३६ लाख भुक्तानी दिएको छ । जसमध्ये संघतर्फको अनुदान १७ करोड ९५ लाख मध्ये १० करोड ९५ लाख र प्रदेशतर्फको अनुदान १ करोड ४६ लाख रहेकोमा ७३ लाख रुपैया वित्तिय हस्तान्तरण भएको हो ।

यस्तै, जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका लागि संघ तथा प्रदेश सरकारको विभिन्न शिर्षकको अनुदान रकम १९ करोड ४८ लाखमा ९ करोड ८ लाख बजेट लगेको छ ।  संघीय तर्फको अनुदान १७ करोड ९६ लाख मध्ये ८ करोड ३९ लाख बजेट वित्तिय हस्तान्तरण भएको हो भने प्रदेशतर्फको अनुदान १ करोड ५२ लाख मध्ये ६९ लाख बजेट भुक्तानी दिईएको हो ।

योसंगै  थासाङ गापाले सबै भन्दा धेरै बजेट संघ तथा प्रदेशतर्फ (६९.८३ं)  खर्च गरेको छ । संघ तथा प्रदेशको अनुदान सबैभन्दा कम वारागुङ मुक्तिक्षेत्रले गरेको छ । वारागुङ मुक्तिक्षेत्रले कुल संघ तथा प््रदेशको कुल अनुदान रकमको (४६.७४ प्रतिशत खर्च गरेको हो ।

हिमाली जिल्ला मुस्ताङमा कोष तथा लेखा नियन्त्रक कार्यालयले चालु वर्षको १० महिनामा ७ करोड ६४ लाख २७ हजार राजश्व संकलन गरेको छ । जसमध्ये संघीय राजश्व ६ करोड ४३ लाख ५२ हजार र प्रादेशिक राजश्व १ करोड २० लाख ७४ हजार संकलन गरेको कोष नियन्त्रक जब्बरबहादुर भण्डारीले जानकारी दिए ।


प्रतिक्रिया