मुस्ताङमा स्याउ उत्पादन घट्ने प्रक्षेपण

जोमसोम— ।

मुस्ताङमा यसवर्ष स्याउ उत्पादन घट्ने प्रक्षेपण गरिएको छ । जिल्लामा स्थानीय जातका स्याउ बोटमा फूल निकैनै कम फुलेको तथा फूल फूल्दै गरेको अवस्थामा निरन्तरको वर्षा भईरहँदा फुल्दै गरेका स्याउ बोटमा असर पु¥याएकाले यसवर्ष मुस्ताङमा स्याउ उत्पादन कम हुने प्रक्षेपण गरिएको हो ।

 स्याउ बगैचा बोटमा धेरै फूल फुलेर स्याउ उत्पादन बढी हुदा अर्को वर्ष स्याउ बोटमा  सन्चित ईनर्जी कम निकैनै कम हुने शीतोष्ण बागवानी विकास केन्द्र मार्फा फार्मका कार्यालय प्रमुख पद्मनाथ आत्रेयले उल्लेख गर्नुभयो । यसैका कारण मुस्ताङमा एक वर्ष स्याउ उत्पादन राम्रो हुने गरेपनि अर्को वर्ष स्याउ उत्पादन कम हुने गरेको केन्द्र प्रमुख आत्रेयको भनाई छ ।

‘स्याउ बोटमा फूल धेरै फूल्न स्याउ बोटको ईनर्जी आवश्यकता पर्छ, बोटमा स्याउको फूल धेरै भएपनि अर्को वर्ष फूल फुलाउन स्याउ बोटले आवश्यक सन्चित ईनर्जी प्राप्त गर्न सक्तैन’, केन्द्र प्रमुख आत्रेयले भन्नुभयो,‘ यसकारण स्याउ बोटलाई ईनर्जी प्राप्त गर्न नसकेपछि पुस÷माघमा मल हाल्ने र बगैचाको उचित व्यवस्थापन गरेपनि स्याउ बोटको ईनर्जी लेबल पुरा हुँदैन, यसैका कारण पनि  एक वर्ष बिराएर स्याउ उत्पादन घटीबढी हुने गर्छ ।’

मुस्ताङमा पोहोरको तुलनामा गतवर्ष स्याउ उत्पादन राम्रो भएको केन्द्र प्रमुख आत्रेयले बताउँनुभयो । पोहोर साल मुस्ताङमा  ६ हजार ५९६ मेट्रिक टन स्याउ उत्पादन भएकोमा गतवर्ष ७ सय ३४ मेट्रिक टन वृद्धि भई ७ हजार ३३० मेट्रिक टन स्याउ उत्पादन भएको केन्द्र प्रमुख आत्रेयको भनाई छ । गत वर्ष स्याउ बोटमा उल्लेख्य मात्रामा स्याउको फूल फुलेर उत्पादन वृद्धि भएको भएपनि यसवर्ष मुस्ताङका स्थानीय जातका स्याउ बगैचामा स्याउको फूल निकै पातलो देखिएकाले उत्पादन घट्ने प्रक्षेपण गरिएको केन्द्र प्रमुख आत्रेयले जनाउँनुभयो ।

मुस्ताङका स्थानीय जातका स्याउ बगैचा बोटमा फूल कम देखिएपनि उच्चघनत्व प्रविधिमा आधारित (हाईब्रिट) स्याउको बोटमा भने खासै असर नपुगेको केन्द्र प्रमुख आत्रेयले सुनाउँनुभयो ।‘हामीले कोवाङ,टुकुचे,मार्फा,स्याङ,ठिनी, जोमसोम र मुक्तिनाथका स्याउ बगैचाको सरसर्ती अवलोकन गरेका थियौं, जहाँ स्थानीय जातका बोटहरुमा फूल निकै कम देखिएको छ, हाईब्रिट स्याउमा भने त्यस्तो खासै असर परेको देखिएन ।’ यसवर्ष स्थानीय जातका स्याउ कम फल्ने लक्षण देखिएपनि उच्चघनत्वको (हाईब्रिड) स्याउ उत्पादनमा कुनै असर नपर्ने केन्द्र प्रमुख आत्रेयको भनाई छ ।

त्यसो त मुस्ताङमा स्याउ उत्पादनका लागि मौसम समेत प्रतिकुल बनेको छ । स्याउको फूल फूल्दै गरेको अवस्थामा निरन्तरको वर्षा र हुस्सुको कारण स्याउ बोटको फूलमा फल लाग्न बाधक बनेको हो । मुस्ताङमा अगौटे जातका फलफूलहरु यतिबेला फूल फुलेर फल लागिसकेका छन् । यसैका कारण यसप्रकारका अगौटे जातलाई वर्षाले असर नपु¥याएपनि  ढिलो फूल फुल्ने मध्यम जातका फलफूल खेतीलाई निरन्तरको वर्षा र हुस्सुले असर पु¥याउने केन्द्र प्रमुख आत्रेयले उल्लेख गर्नुभयो । असारको पहिलो सातासम्म मिट भेराईटीका फलफूलहरु फुल्ने समय भएकाले त्यस अवधिको वर्षाले स्याउ बोटलाई नोक्सान पु¥याउन सक्ने उहाँको भनाई छ ।

लगातारको वर्षाले स्याउ बोटको फूललाई कोलेनवास गरिदिने र त्यसको असरले स्याउ बोटमा फल लाग्न समस्या हुने केन्द्र प्रमुख आत्रेयको जनाउँनुभयो । स्याउ बोटको फूलको पराकण पानीले पखालिदिने भएकाले उत्पादन घट्ने गरेको केन्द्रको भनाई छ । यसैगरी स्याउको फूल फूल्ने समयमा वर्षा र बादलले मौरीहरुको गतिविधि निकै कम हुन्छ ।

 मुस्ताङमा फरक फरक स्थानमा लगाएको स्याउ बगैचामा तापक्रम घटीबढी हुँदा कुनै स्थानमा ढिलो फूल फुल्ने र कुनै स्थानमा फूल फुलेर फल लागिसकेको केन्द्र प्रमुख आत्रेयको भनाई छ । फूल लागेको स्याउ बोटमा  वर्षाले असर नपुग्ने केन्द्र प्रमुख आत्रेयको भनाई छ ।

यसवर्ष मुस्ताङका स्याउ बगैचामा फूल एकदमै कम फुलेकाले उत्पादन घट्ने लक्षण देखिएको थासाङ—१ टुकुचेका किसान सरोज तुलाचनले जानकारी दिनुभयो । उहाँले स्थानीय जातका स्याउ बोटमा असर पर्ने देखिएपनि उच्चघनत्वमा प्रविधिमा आधारित हाईब्रिड स्याउ खेतीमा भने कुनै असर नपर्ने बताउँनुभयो ।


प्रतिक्रिया