अमेरिकी एएफसीपी परियोजना अवलोकनमा मुस्ताङ आईपुगे राजदुत थम्पसन

अमेरिकी एएफसीपी परियोजना अवलोकनमा मुस्ताङ आईपुगे राजदुत थम्पसन

जोमसोम— नेपालका लागि अमेरिकी महामहिम राजदुत डिन आर. थम्पसन अमेरिकी परियोजना (एएफसीपी) अवलोकनका लागि मुस्ताङ आउनु भएको छ । राजदुत थम्पसनसहित दुतावासको  १४ सदस्यीय टोली बिहिबार यति एअरलाईन्सनको चार्टर विमान मार्फत मुस्ताङ आउनु भएको दुतावासले जनाएको छ ।

 नेपालका लागि अमेरिकी महामहिम राजदुत थम्पसनसहितको टोलीले अमेरिकी दुतावास अन्तर्गत सांस्कृतिक संरक्षण सम्वन्धि कोष (एएफसीपी) को आर्थिक सहयोगमा पुर्न निर्माण भएको झोङ गुम्बाको स्थलगत अवलोकन गर्नुभएको वारागुङ—२ का वडाध्यक्ष  न्होरु गुरुङले जानकारी दिनुभयो । २०७२ सालको भुकम्पबाट क्षतिग्रस्त ऐतिहाँसिक झोङ गुम्बाको जीर्णोद्वार तथा भूकम्पीय सबलीकरणको लागि दुताबासको आर्थिक सहयोगमा गुम्बाको जिर्णोद्वार गरिएको थियो ।  महामहिम राजदुत थम्पसनसहितको टोलीलाई जनप्रतिनिधि र स्थानीय नागरिकहरुले स्वागत गरेका थिए ।

यसैगरी अमेरिकी महामहिम राजदुत थम्पसनसहितको टोली बिहिबार वारागुङ मुक्तिक्षेत्र—२ को झोङ गुम्बा अवलोकन सकेर उपल्लो मुस्ताङ प्रस्थान गर्नुभएको छ । राजदुत थम्पसनले वारागुङ मुक्तिक्षेत्र—३ छुसाङमा अवस्थित घुम्बा घाङ गुम्बाको अवलोकन गर्नु भएको वारागुङ—३ का वडाध्यक्ष बिनोद गुरुङले जानकारी दिनुभयो । अमेरिकी दुतावासको सांस्कृतिक संरक्षण कोष मार्फत आर्थिक सहयोगबाट मर्मत सुधार कार्य भएको धार्मिक तथा ऐतिहाँसिक घुम्वा घाङको महामहिम राजदुतबाट अवलोकन भएको वडाध्यक्ष गुरुङको भनाई छ । उपल्लो मुस्ताङ प्रस्थान गर्नुभएका महामहिम राजदुत थप्पसनले छुसाङका स्थानीय जनप्रतिनिधि र स्थानीय नागरिकहरुसंग अन्तरक्रिया गर्नुभएको वडाध्यक्ष गुरुङले उल्लेख गर्नुभयो । 

यस्तै नेपालका लागि अमेरिकी राजदुत डिन आर. थम्पसनले शुक्रबार उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका—१ मराङमा अवस्थित लोघेकर (घर) गुम्बाको अवलोकन गर्ने कार्यतालिका रहेको छ । मराङमा अवस्थित लोघेकर (घर) गुम्बा २०७२)सालको महाभुकम्पले क्षति तुल्याएको थियो । त्यसलाई अमेरिकी राजदुताबासको सांस्कृतिक सहायता कोषकोे सहयोगबाट पूननिर्माण गरिएको थियो । महामहिम राजदुत मराङमा अवस्थित लोघेकर गुम्बा अवलोकन गरेर लोमान्थाङमा जाने कार्यक्रम छ  ।

 उपल्लो मुस्ताङमा ऐतिहाँसिक ,धार्मिक तथा सांस्कृतिक पर्व तिजी शनिबारदेखि सुरु हुँदैछ । त्यही तिजी पर्वको छेको पारेर अमेरिकी महामहिम राजदुुत थम्पसनसहितको टोली मुस्ताङ आईपुगेको हो । उपल्लो मुस्ताङको सबैभन्दा ठुलो र महत्वपूर्ण पर्व तिजीलाई लिने गरिन्छ । तिजी पर्व अवलोकनका लागि झन्डै ५ सय बढी विदेशी पर्यटक उपल्लो मुस्ताङमा भेला हुने अनुमान गरिएको छ ।

 राजदुत थम्पसनले अमेरिकी दुतावास कोषबाट लगानी भएको भौतिक संरचनाहरुको अवलोकन गर्ने कार्यक्रम रहेको छ । राजुत थम्पसन उपल्लो मुस्ताङको भ्रमण सकेर आईतबार जोमसोममा बस्ने र आईतबार काठमान्डौं फर्किने कार्यतालिका रहेको जनाईएको छ । 


प्रतिक्रिया