मुस्ताङको जनहित स्कुलमा २५ जिल्लाका विद्यार्थी

जोमसोम—एउटै विद्यालयमा २५ जिल्लाका विद्यार्थीहरु पढ्छन भन्ने धेरै जनालाई अपत्यारिलो लाग्न सक्छ । तर यो सत्य हो, जहाँ देशका ७७ जिल्ला मध्ये २५ जिल्लाका विद्यार्थीहरुले शैक्षिक पठन÷पाठन गरेको पाईएको छ ।

मुस्ताङको घरपझोङ गाउँपालिका—४ जोमसोममा अवस्थित जनहित माध्यमिक विद्यालय जोमसोममा अहिले २५ जिल्लाका विद्यार्थीहरुले शैक्षिक पठन÷पाठन गरिरहेको विद्यायलका प्रधानाध्यापक रामचन्द्र अधिकारीले जानकारी दिए ।  २०७६ सालमा नमूना विद्यालयमा सुचिकृत भएको मुस्ताङको जनहित माध्यमिक विद्यालयमा  मुस्ताङसहित २५ जिल्लाका ४६२ जना विद्यार्थीले शैक्षिक पठन÷पाठन गरिहेको प्राधानाध्यापक अधिकारीले उल्लेख गरे ।

 मुस्ताङको जनहित माध्यमिक विद्यालय जोमसोमका अनुसार देशका ७७ जिल्ला मध्ये एक तिहाई अर्थात ३३ प्रतिशत वालवालिकाले आवासिय सेवासहितको शैक्षिक सुविधा प्राप्त गरेको दावी गरेको छ । कक्षा १२ सम्मको अध्ययन अध्यापन गराउदै आईरहेको जनहित माध्यमिक विद्यालयमा मुस्ताङसहित म्याग्दी,बाग्लुङ,पर्वत,कास्की,लमजुङ,गोरखा,रामेछाप,रोल्पा,धनुषा,डोल्पा,सर्लाही,नवलपरासी,सिन्धुली,जनकपुर,रुकुम,बर्दिया,खोटाङ,दोलखा, ललितपुर,सिन्धुपाल्चोक,सोलुखुम्बु,ओखलढुंगा,धादिङ ,र बारा जिल्लाका विद्यार्थीहरुले शैक्षिक पठन÷पाठन गरिहेका छन् ।

 मुस्ताङमा एउँटै सरकारी विद्यालयमा सबैभन्दा धेरै जिल्लाका विद्यार्थी सहभागी रहेको विद्यालय योनै पहिलो रहेको दावी छ । नमूना विद्यालयका रुपमा शैक्षिक पठन÷पाठन गर्दैआईरहेको मुस्ताङको जनहित माध्यमिक विद्यालयमा शैक्षिक गुणस्तरका साथै सुविधा सम्पन्न आवासीय पूर्वाधार तथा व्यवस्थापन भएकै कारण बर्सेनि विद्यार्थी संख्या वृद्धि भईरहेको जनहित माध्यमिक विद्यालयका प्रधानाध्यापक अधिकारीले बताए । विद्यालयमा कठिन परिस्थितीका गरिब,विपन्न।असाहाय र सिमान्तकृत परिवारका वालवालिकाले अध्ययन गरिहेको प्रधानाध्याक अधिकारीले उल्लेख गरे । निःशुल्क आवासीय सुविधा र शैक्षिक पठन÷पाठनको व्यवस्था रहेको र विद्यालयको शैीक्षक गुणस्तर सवल भएकै कारण जिल्लाका बाहिरबाट विद्यालयमा भर्ना हुन आउने गरेको प्राधानाध्यापक अधिकारीको भनाई छ ।

 मुस्ताङको सरकारी सामुदायिक विद्यालय जनहित २०११ सालमा स्थापना भएको हो । विद्यालयले हालै ७० औं वार्षिकोत्सव समेत भव्यताका साथ सम्पन्न गरिसकेको छ ।  विद्यालयले २०७६ सालदेखि निरन्तर कक्षा ८ देखि कक्षा १२ सम्म प्राविधिक धारतर्फ सिभिल ईन्जिनीयरिङको शैक्षिक पठन÷पाठन समेत गराउँदै आईरहेको छ । विद्यालयमा हाल शिक्षक तथा शिक्षिका समेत गरी कुल ४० जना कर्मचारी कार्यरत रहेको विद्यालयले जनाएको छ ।जनहित विद्यालयले कक्षा १० सम्मको पढाईलाई थप गरी २०६१ सालदेखि कक्षा ११ र १२ को पढाई संञ्चालन गरेको थियो ।

जनहित विद्यालय त्यतीमा मात्रै सीमित रहेन । विद्यालयले २०७० सालमा समिति गठन गरी महायज्ञ चलाएर जनहित बहुमुखि क्याम्पस समेच चलाउन सफल भएको छ ।

मुस्ताङको जनहित विद्यालय सूचिकृत भएसंगै विद्यालयमा फिजिक्स ल्याव, क्यामेस्ट्री ल्याव, बायोलोजी ल्याव, कम्प्युटर लिनिङ ईन्भाईरोमेन्ट सेन्टर, कम्प्युटर ल्याव र सिभिल ईन्जिनीयरिङ वर्कसप लगायतका शैक्षिक प्रयोगशाला संञ्चालनमा छन् । विद्यालयको ४ वटा सुविधा सम्पन्न प्रशासनिक भवन छ । छात्रा ÷छात्रा बस्ने अलग अलग भवन निर्माण भएको छ भने चौकीदार गेटपाले भवन, फराकिलो खेलमैदान, विद्यालय प्राङ्गणमा छप्पनी ढुंगा बिच्छ्याइएको छ । विद्यालयमा विभिन्न छात्रवृद्धि  तथा शैक्षिक सहायत कोष स्थापना गरिएको छ ।

 मुस्ताङको २५ जिल्लाका विद्यार्थी पढ्ने जनहित स्कुलमा शैक्षिक पठन÷पाठन तथा शैक्षिक पूर्वाधारका अलावा विद्यालयको भौतिक पूर्वाधारमा समेत धेरै राम्रो प्रगती हासिल गरिसकेको विद्यालयका अभिभावन छेवाङ रिन्जिङ गुरुङले उल्लेख गरे । उनले विद्यालयमा शैक्षिक गुणस्तरका साथै आवासीय सुविधा उपलब्ध भएकाले विद्यार्थी संख्या वृद्धि भएको बताए ।

जनहित माध्यमिक विद्यालय जोमसोमका लागि हिमाली आवासीय छात्रावास सुविधाका लागि संघीय सरकारबाट बर्सेनि आर्थिक अनुदान उपलब्ध हुदैआईरहेको छ । सरकारले चालु वर्षदेखि यसअघिको प्रतिविद्यार्थी मासिक ४ हजार अनुदानलाई वृद्धि गरी ५ हजार पू¥याएको छ । जनहित माध्यमिक विद्यालयमा हिमाली आवासीय छात्राबास खर्चका लागि सरकारले १३० जनाको कोटा सुनिश्चित गरेको छ ।हिउँदयाममा पुस र माघ महिना   हिमपात र चिसोको कारण विद्यालय बन्द हुने भएकाले उक्त महिनामा हिमाली छात्राबास खर्च नआउने विद्यालयको भनाई छ । यस्तै,  विद्यालयमा दिवा खाजाका लागि सरकारले प्रति विद्यार्थी १५ रुपैया अनुदान दिएको छ । विद्यार्थीको खाजामा रकम अपुग भएकाले  घरपझोङ गाउँपालिका प्रति विद्यार्थी दिवाखाजामा ५ रुप थप गरेको विद्यालयले जनाएको छ । 

 मुस्ताङका ५ स्थानीय तहमा ३५ वटा सरकारी सामुदायिक विद्यालय र १२ वटा परम्परागत धार्मिक विद्यालय र संस्थागत विद्यालय छन् । जसमध्ये सबै भन्दा धेरै जिल्ला बाहिरका विद्यार्थी रहेको जनहित माध्यमिक विद्यालयनै हो । जनहित विद्यालयमा जिल्लाका धेरै विद्यार्थी पढ्ने स्कुल मध्ये पहिलो नम्बरमा पर्छ ।

 त्यसो त मुस्ताङको जनहित माध्यमिक विद्यालय जस्तै जिल्लाका अधिकाँश सरकारी तथा धार्मिक परम्परागत गुम्बा विद्यालयमा जिल्ला बाहिरबाट आएका विद्यार्थीनै पढ्ने गरेका छन् । मुस्ताङमा स्थानीयका विद्यार्थी सरकारी विद्यालयमा पढ्ने क्रममा ज्यादै नगण्य रहेको छ । जिल्ला बाहिरबाट ज्याला मजदुर,वैकल्पिक रोगगारी,व्यापार व्यसाय ,जागिर ,अस्थायी बसोबास र व्यापार व्यवसाय चलाएका अभिभावकहरुको संख्या बढ्दै गईरहेकाले पनि यहाँका सरकारी स्कुलमा जिल्ला बाहिरका विद्यार्थीको संख्या थपिदै जान थालेको हो ।


प्रतिक्रिया