जोमसोम ।
यहाँको वारागुङ मुक्तिक्षेत्र—१ मा अवस्थित हिन्दु तथा बौद्ध धर्मालम्वीहरुको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर नजिकै रहेको यहाँको झारकोट गाउँ पर्यटन विकासको प्रचुर संम्भावना हुँदाहुँदै पनि युवा पलायनले गर्दा ओझेलमा परेको छ । मुक्तिनाथ मन्दिर नजिकै एउँटा वडामा रहेको पुराना रानीपौवा बजार पर्यटनले गुल्जार भईरहँदा यहाँको सबैभन्दा पुरानो ऐतिहाँसिक सांस्कृतिक गाउँ ‘झारकोट’ पर्यटन प्रर्वद्धन र विकासमा भने पछि परेको हो ।
वारागुङ मुक्तिक्षेत्र स्थित मुक्तिनाथ मन्दिरको काखैमा चार वटा गाउँ छन् ,जसमध्ये सबै भन्दा धेरै बाक्लो वस्ती र पुरानो गाउँ हो झारकोट गाउँ । यहाँ स्थित मुक्तिनाथको काखमा झारकोट गाउँसहित पुराङ रानीपौवा, खिङ्गा र छेङ्गुर गाउँ पर्दछन् । यी गाउँ मध्ये सबैभन्दा धार्मिक तिर्थालुको आगमनका कारण पुराङ रानीपौवा बजारमा पर्यटकको चहलपहल निकै हुने गर्छ । झारकोट गाउँसहित अरु गाउँ भने पर्यटन गुमनाम जस्तै हुन्छ । कागबेनी—मुक्तिनाथ सडकखण्डसंगै जोडिएको यहाँको झारकोट सबैभन्दा बढी पर्यटनका हिसाबले पछि परेको छ ।
कुनै बेला यहाँको कागबेनी—मुक्तिनाथ जाने सडकमार्ग नहुँदा यहाँको पुरानो झारकोट गाउँमा पर्यटकको चहल÷पहल हुन्थ्यो । सडक नहुँदा मुक्तिनाथ दर्शन गर्ने धार्मिक तिर्थालुहरु र मनाङ हुँदै थोरङ्लापास गर्ने विदेशी पर्यटकहरु यही ‘झारकोट गाउँ भित्रको गोरेटो बाटो हिडेर आउजाउ गथ्र्ये । मुक्तिनाथको दर्शन गर्न आएका तिर्थालुहरु र विदेशी पर्यटकहरु यहाँको झारकोट गाउँको प्राकृतिक तथा सांस्कृतिक सौन्दर्यता नियाल्थे । पैदल हिडेर आएका तिर्थालुहरु यहाको गाउँमा खाजा खाना र बाँस बस्थे । त्यतीखेरको अवस्थामा यहाँको झारकोट गाउँमा स्थानीयको ब्यापार व्यवसाय पनि राम्रै चलेको थियो । तर, अचेल यहाँको झारकोटा गाउँ भित्रको गोरेटो पदमार्ग बिरानो बनेको छ । पछिल्लो एक दशक यता गाउँ भित्रको गल्ली गोरेटो बाटो स्थानीयबासीको आउजाउका लागि मात्रै सीमित बनेको छ ।
यहाँको कागबेनी—मुक्तिनाथ सडक र यहाँ गाउँको आवश्यक प्रचार÷प्रसार हुन नसक्दा झारकोट गाउँ ओझेलमा परेको स्थानीय धेचआङ्मो गुरुङले बताउँनुभयो । स्थानीय गुरुङका अनुसार गाउँको विकासका लागि युवा जनशक्ति विदेश पलायन हुँदा पर्यटन प्रर्वद्धन हुन नसकेको हो । कागबेनी—मुक्तिनाथ सडकमार्गमै पर्ने यहाँको झारकोट मुक्तिनाथ मन्दिरको काखैमा रहेको भएपनि पर्यटन क्षेत्रबाट कुनै फाईदा लिन नसक्ने अवस्था रहेको स्थानीय गुरुङको भनाई छ ।
यहाँको झारकोट गाउँ विगत डेढ दशकदेखि पर्यटनका हिसाबले गुमनाम जस्तै छ । बर्सेनि लाखौं आन्तरिक तथा बाह्य पर्यटकहरु झारकोट गाउँ नजिकैको सडकमार्ग हुँदै मुक्तिनाथ आउजाउ गर्ने भएतापनि झारकोट गाउँमा पर्यटकहरुको उपस्थिती शून्य रहेको स्थानीय गुरुङको दुःखेसो छ । ‘दिनहु सयौं तिर्थालुहरु हाम्रै गाउँको बाटो ओहोर दोहोर गर्छन,कति आए कति गए पत्तै हुन्न,’ स्थानीय गुरुङले भन्नुभयो,‘ तिर्थालु र पर्यटकहरु सिधै आउँछन, सिधै जान्छन्,हामी त हेरेको हे¥यै मात्रै ।’
यहाँको प्राचिन वस्ती झारकोट गाउँमा साठी घरधुरी छन् । पहिला सडक नहुँदा गाउँका अधिकाँश युवाहरु गाउँ थिए । सडकको विकासले यस गाउँको रोजीरोटीमा नराम्रो धक्का पुग्यो । डेढ दशक अघि निकै चहलपहल हुने झारकोट पछिल्लो समय सुनसान बनेको स्थानीय धेचआङ्मो गुरुङको भनाई छ । गाउँमा आम्दानी गर्ने माध्यम गुम्न थालेपछि गाउँका युवायुवतीहरु एकपछि अर्को गर्दै गाउँ छोडेर विदेश पलायन हुन थालेको उहाँको भनाई छ ।
यतिबेला झारकोट गाउँमा युवायुवतीको संख्या एकदमै कम छ । अधिकाँश युवायुवतीहरु वैदेशिक रोजागारका लागि युरोप र अमेरिका भाँसिदा गाउँमा बालबालिका र ज्येष्ठ नागरिकहरुको संख्या बढी रहेको स्थानीय गुरुङले उल्लेख गर्नुभयो । हाम्रो गाउँतिर सडक विकास भयो, केही गर्न सक्नेलाई अवसरको ढोका पनि खुल्ला छ,’ स्थानीय गुरुङले भन्नुभयो,‘ तर, विकासलाई समृद्धिमा बदल्ने युवायुवतीनै बाहिर पुगिसके,अब गाउँको आर्थिक विकास कसले गरिदेला र ?।’ यहाँ गाउँमा युवापंक्ति सबै विदेश गईसकेकाले हरेका घरधुरीमा दुईदेखि चार जना भन्दा बढी मान्छे नरहेको उहाँले उल्लेख गर्नुभयो । गाउँको विकासका लागि युवाहरुको आवश्यकता रहेपनि युवाहरुको विदेशीने क्रमलाई रोक्न नसकिएको गुरुङले सुनाउँनुभयो ।
यहाँको ऐतिहाँसिक झारकोट गाउँका स्थानीय आशिंक खेतीपाती र पशुपालन व्यवसाय गरी जिविकोपार्जन गर्ने गरेको स्थानीय नम्डुल गुरुङले जानकारी दिनुभयो । यहाँ केहीले याक र घोडाको व्यापार व्यवसाय गर्ने गरेको स्थानीय गुरुङको भनाई छ । पछिल्लो समय यहाँको मुक्तिनाथ मन्दिर नजिकैको चार गाउँका मानिसले घोडाबाट मुक्तिनाथ मन्दिरमा दर्शन गर्ने दर्शनार्थीहरुलाई घोडा चढाएर आयआर्जन गर्ने गरेका छन् । जसमध्ये झारकोटमा पनि केही युवाहरुले मुक्तिनाथमा घोडालाई यात्रु ओसार पोसार गरी सशुल्क सेवा दिईरहेको स्थानीय गुरुङको भनाई छ । वर्षभरीको खेतीपाती र पशुपालन व्यवसायले वार्षिक गर्जो टार्न मुश्किल भएकाले बैकल्पिक व्यापार व्यवसायको भर पर्नु परेको स्थानीय गुरुङले सुनाउँनुभयो ।
वारागुङ मुक्तिक्षेत्र—१ स्थित यहाँको झारकोट गाउँमा संदिंयौ वर्ष पुरानो ऐतिहाँसिक राजाको दरबार अवस्थित छ । प्राचिन कालमा निर्माण भएको यहाँ अवस्थित सांढे ३ तले झारकोटा राजाको दरबार यहाँको पुरातात्वि तथा सांस्कृतिक सम्पदा रहेको यहाँका वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिनुभयो । यहाँको दरबारमा तत्कालिन झारकोट राजाका पछिल्ला पुस्ताहरुले बस्ने र दरबारको भोगचलन गर्दैआईरहेको उहाँको उल्लेख गर्नुभयो ।
यहाँ सदिंयौ वर्ष पुरानो झार छोदे गुम्बा अवस्थित छ । यसैगरी झारकोट गाउँमा गाउँमा कुनै व्यक्ति बितेमा उक्त लाशलाई गाउँ भित्र रहेको (केनिल) मुनिबाट लगेर दाहसंस्कार गर्ने प्रचलन रहेको छ । झारकोट गाउँ नजिकै गुरु सेप्ची रहेको छ । जहाँ ढुगामा कुदिएका जस्ता गुरु पद्म संम्भवका पाईलाको डोब देख्न सकिन्छ ।
यहाँ प्राचिन कालमा निर्माण भएका ढुंगा र माटोले निर्मित पुराना घरहरु अझै जिवन्त रहेका छन । गाउँ माथिको केहीपर तोरा ताल अवस्थित छ । त्यहाँको ताल वरपर प्राकृिितक वनस्पती सिवकर्थोन अर्थात स्थानीय भाषामा (तोरा) पाईने भएकाले त्यहाँको ताललाई तोरा ताल भनिएको हो । पछिल्लो समय त्यहाँ स्थानीयले ताल वरपर लुङ्ता झन्डा गाडेर निकै आर्कषक तुल्याएका छन् । मुक्तिनाथ आएका पर्यटकहरु त्यहाँको तोरा ताल अवलोकन गर्न जाने गरेको वडाध्यक्ष गुरुङले बताउँनुभयो ।
पछिल्लो समय झारकोट स्थित गुम्बा सरक्षणका लागि प्रदेश सरकार र पालिका सरकारले बजेट विनियोजन गरेर संरक्षण तथा सम्र्वद्धन गर्दैआईरहेको वडाध्यक्ष गुरुङको भनाई छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली