जोमसोम—धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा पछिल्लो समय मुस्ताङ प्रहरीले अवैंध गाजा फडानी अभियानलाई तीब्रता दिएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङको अभियानमा ईलाका प्रहरी कार्यालय लेते र प्रहरी चौकी कोवाङबाट खटिएको प्रहरी टोलीले बिहिबार थासाङ गाउँपालिका —५ टिटी ताल वरपर अनाधिकृत प्राकृतिक रुपले आफै उम्रिएका अवैंध गाजाको बोट फडानी गरेको हो ।
अवैंध गाजा फडानी गर्न ईलाका प्रहरी कार्यालय लेते र प्रहरी चौकी कोवाङबाट ८ जनाको प्रहरी टोली थासाङको टिटी पुगेको थियो । उनीहरुले त्यहा प्राकृतिक रुपमा उम्रिएका करिव ४ हजार बोट अवैंध गाजा नष्ट गरेको हो । पर्यटक गन्तव्य टिटी ताल घुम्न जाने युवायुवतीहरुले त्यहाँ पुगेर प्राकृतिक रुपमा उम्रिएका अवैंध गाजा गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले गाजा फडानी गरेको मुस्ताङका प्रनाउ भोजराज पाण्डेले जानकारी दिए ।

अभियान अन्तर्गत अघिल्लो पटक सोही स्थानमा प्रहरीले करिव ४ रोपनी सार्वजनिक जग्गामा प्राकृतिक रुपले फैलिएको अवैंघ गाजा फडानी गरी नष्ट गरेको थियो । प्रनाउ पाण्डेले आगामी दिनमा प्राकृतिक रुपले गाजा उम्रिने बेलामा प्रहरी टोली परिचालन गरी अवैध गाजा फडानी गर्ने योजना रहेको बताए ।
लागु औषध मापदण्डमा पर्ने गाँजा मुस्ताङको थासाङ क्षेत्रमा प्राकृतिक रुपमा उम्रिने गरेको पाईन्छ । यसले जिल्लाका स्थानीय युवायुवतीका साथै मुस्ताङ घुम्ने पर्यटकले समेत गाजाको सेवन तथा दुरुपयोग गर्नसक्ने भएकाले प्रहरीले गाजा फडानी अभियान चलाएको प्रनाउ पाण्डेको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले फागुन महिनाको पहिलो सातादेखि जिल्लाका सबै सामुदायिक तथा निजी विद्यालयहरुमा लागु औषध सम्वन्धि सचेतना कार्यक्रम समेत संञ्चालन गर्ने तयारी गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता