एसइइ नतिजामा श्रीजा भईन् मुस्ताङ प्रथम


जोमसोम— माध्यमिक शिक्षा परीक्षा २०८० को नतिजामा मुस्ताङबाट श्रीजा सगन थकाली मुस्ताङ प्रथम भएकी छिन् । मुस्ताङको धौलागिरि बोर्डिङ स्कुलबाट एसइइ परीक्षा दिएकी उनले (३.८६) जिपिएसहित जिल्ला प्रथम भएकी हुन् । उनी घरपझोङ गाउँपालिका—३ स्याङ निवासी हुन् ।

यसवर्षको एसइइ नतिजामा धौलागिरि बोर्डिङ स्कुल जोमसोमले जिल्ला प्रथम,दोस्रो,तेस्रो र चौथो स्थान हासिल गरेको हो । धौलागिरि बोर्डिङ स्कुलबाट सोनाम गुरुङ दोस्रो, केसाङ धोर्जे गुरुङ तेस्रो र पुजा गुरुङ चौथो स्थान हासिल गरे । यसै गरी जनहित माध्यामिक विद्यालयकी छात्रा स्मृति तिवारीले पाचौ स्थान हासिल गरेकी छिन् । 

जिल्लाका ७ सामुदायिक,एक निजी र एक गुम्बा विद्यालय गरी ९ वटा विद्यालयका विद्यार्थीहरुले एसइइ परीक्षा दिएकोमा अधिकाँश विद्यालयको एसइइ नतिजा यसवर्ष निरासाजनक रहेको शिक्षा विकास तथा समन्वय ईकाईको तथ्यांकले देखाएको छ । सामुदायिकतर्फ जनहित माध्यमिक विद्यालयकी छात्रा स्मृति तिवारी प्रथम भएकी हुन् ।

शिक्षा विकास तथा समन्वय ईकाई मुस्ताङले एसइई २०८० को नतिजामा मुस्ताङबाट ५८ दशमलव ३८ प्रतिशत विद्यार्थी उर्तिर्ण भएको जनाएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रसिंह विकका अनुसार कुल परीक्षार्थी १५५ जना मध्ये १०८ जनाले एसइई उर्तिण गरेका हुन् । ७७ जना विद्यार्थी ननग्रेडमा परेका हुन् ।

मुस्ताङमा १०८ जना विद्यार्थी एसइइ उर्तिर्ण हुदा ३.६ जिपिए भन्दा ४.० जिपिए भन्दा कम ११ जना ,३.२ जिपिए भन्दा माथि ३.६ जिपिए भन्दा कम ४५ जना, २.८ जिपिए भन्दा माथि ३.२  जिपिए भन्दा कम ३८ जना, २.४ जिपिए भन्दा माथि २.८ जिपिए भन्दा कम १० जना र २.० जिपिए भन्दा माथि  २.४ जिपिए भन्दा कम ४ जना विद्यार्थी रहेको शिक्षा विकास तथा समन्वय ईकाई मुस्ताङले प्रकाशित गरेको तथ्यांकमा उल्लेख छ ।






प्रतिक्रिया