कास्कीमा पत्रकार नेपाललाई चलचित्र पत्रकारिता पुरस्कार

पोखरालाई कार्यक्षेत्र बनाई निरन्तर पत्रकारिता गर्दैआईरहेका क्रियाशील पत्रकार विजय नेपाललाई शनिबार पोखरामा पुरस्कृत गरिएको छ । चलचित्र पत्रकार संघ कास्कीको छैटौ वार्षिक साधारणको अवसरमा पत्रकार नेपाललाई ‘जीतप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार’२०८१ले पुरस्कृत गरिएको हो ।

पुरस्कृत नेपालाई नगद ३५ हजारसहित दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गरिएको छ । सो अवसरमा  चलचित्रकर्मी विनोद शेरचनलाई पनि चलचित्र पत्रकार महासंघ कास्कीले सम्मान गरेको छ ।  पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नेपाललाई पुरस्कार र शेरचनलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

पुरस्कृत पत्रकार नेपाल आदर्श समाज दैनिक र राजधानी दैनिकमा आवद्ध छन् ।


प्रतिक्रिया