फोटो क्याप्सन ः गृहमन्त्री लेखकले उद्घाटन गरेको वेवारिसे बनेको अध्यागन कार्यालय । तस्विर ःसुन्दरकुमार थकाली ।
जोमसोम—कोरलानाकामा स्थापित अध्यागमन कार्यालय उद्घाटनमै सीमित रहेका छ। गृहमन्त्री रमेश लेखकले उद्घाटन गरेको कार्यालय कर्मचारी नपठाउदा बेवारिसे बनेको हो ।
गत कार्तिक १४ गते काठमान्डौंबाट नेपाली सेनाको हेलिकोप्टर चढेर नाका पुगेका गृहमन्त्री लेखकले त्यहाँ स्थापना गरिएको अध्यागमन कार्यालय उद्घाटन गरी फर्किएका थिए । त्यसपछि भने अध्यागमन कार्यालय बन्द छ ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेय समेतलाई साथै लिएर कोरलानाका पुगेका गृहमन्त्री लेखकले निकै तामझामका साथ कोरलानाकामा अध्यागन कार्यालयको विधिवत उद्घाटन गरेका थिए । नाकाको २४ नं. सिमास्तम्भको नेपाली भुगोलमा स्थापनाका गरिएको अध्यागमन कार्यालयको उद्घाटनका अवसरमा गृहमन्त्री रमेश लेखकले एमालेसहितको बर्तमान संयुक्त सरकारले १०८ दिनमा अध्यागमन कार्यालय स्थापना गर्न सफल भएको भन्दै यसलाई सरकारको महत्वपूर्ण उपलब्धीको रुपमा परिभाषित गरेका थिए । नाकाको उत्तरतर्फ चाईनिजहरुले निर्माण गरेको ठुला ठुला भौतिक संरचना हेर्दे सरकारका गृहमन्त्री रमेश लेखकले अध्यागन कार्यालय स्थापनासंगै गण्डकी प्रदेशका लागि समृद्धिको यात्रा सुरु भएको उद्घोष गरेका थिए ।
उक्त अवसरमा अध्यागन कार्यालय संञ्चालनसंगै मुस्ताङको उत्तरी कोरलानाका अन्तराष्ट्रिय नाकाको रुपमा विधिवत प्रारम्भ भएको उल्लेख गरेका थिए । नेपाल—चीन २ देशका नागरिकमा मात्रै सीमापार प्रस्थान अनुमति पत्रका आधारमा सीमित कोरलानाका अब नेपाल—चीन आवतजावत गर्न भिसा भएर सेवा प्रारम्भ भएको दावी गरेका थिए । त्यसबेला गृहममन्त्री लेखकले मुस्ताङी जनप्रतिनिधि एवं स्थानीय नागरिकहरुलाई सम्वोधन गर्दै कोरलानाकामा अध्यागमन कार्यालय स्थापना हुनु सरकारको ऐतिहाँसिक उपलब्धी भएको र क्रमशः नाकामा भौतिक संरचना निर्माणका साथै सडक पूर्वाधार निर्माणमा सरकारले काम गर्ने उद्घोष गरेका थिए ।
नाकामा अध्यागन कार्यालय स्थापना गर्न गृहमन्त्री लेखकसंगै पुगेका गण्डकीका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेयले पनि गण्डकी प्रदेशको लाईभ लाईन कोरलानाका भएको र यसले धार्मिक पर्यटनका साथै ब्यापारिक मार्गको रुपमा समेत अध्यागमन कार्यालयको स्थापनाले समृद्धीको ढोका खुल्ला भएको दावी गरेका थिए ।
चीनसंग सीमाना जोडिएको उपल्लो मुस्ताङको कोरलानाकामा अध्यागमन कार्यालय स्थापना भएको झन्डै ३ हप्ता पुगेसकेको छ । नाकामा अध्यागमन कार्यालय स्थापना गरी उद्घाटन गरिएको भएपनि कार्यालयबाट अहिलेसम्म कुनै पनि नागरिकले सेवा प्राप्त गर्न सकेका छैनन् । सरकारले नाकाको अध्यागमन कार्यालयका लागि ८ जनाको दरबन्दी सृजना गरेको छ । तर, सरकारले कर्मचारी दरबन्दी सृजना गरेपनि अहिलेसम्म ३ जना कर्मचारीको मात्रै व्यवस्थापन गरेको छ । अध्यागन विभागका निर्देशक टिकाराम ढकालका अनुसार कोरला अध्यागनका लागि कार्यालय प्रमुखसहित १ नासु र १ जना कम्प्युटर अपरेटर नियुक्त गरेको छ । कोष तथा लेखा नियन्त्रिक कार्यालय मुस्ताङलाई लेखापालको जिम्मेवारी दिईने योजना रहेको विभागका निर्देशक ढकालको भनाई छ ।
अध्यागन विभागले नियुक्ती दिलाईएका ३ जना कर्मचारीलाई अहिले विभागमै काजमा खटाएको छ ।अन्य कर्मचारी पदपूर्ती गरिएको छैन । महालेखा नियन्त्रकको कार्यालयबाट कार्यालयको कोड नं. खोल्नुपर्ने भएका पनि कर्मचारीलाई कार्यस्थलमा खटाउन बिलम्व भएको विभागका निर्देशक दाहालको भनाई छ ।‘ चाईनिज पक्षसंग एक चरणको बैठक बस्नुपर्नेछ,अहिले मौसम समेत चिसो छ,विभागका निर्देशक दाहालले भने,‘ खर्च गर्ने अख्तियारी दिएर पठाउने कुरा छ, यस बारेमा विभागमा थप गृहकार्य भईरहेको छ ।’
कोरलानाका स्थित अध्यागमन कार्यालयमा खटिने कर्मचारीका लागि बैकल्पिक व्यवस्था मिलाउने तयारी भएको निर्देशक दाहालले उल्लेख गरे ,‘कर्मचारी त्यहाँ २४ घण्टा बस्न सक्ने अवस्था छैन, कार्यालय प्रयोजनका लागि लोमान्थाङमा एक कोठा भाडा लिने कुरा छ, निर्देशक दकालले थपे,‘ मोटर साईकल वा सवारी साधनको व्यवस्था मिलाउनु पर्नेछ,त्यसपछि नाका चाँडै संञ्चालन गर्नुपर्छ भन्नेतर्फ हामी जुटिरहेका छौं ।’
कोरलानाकाबाट चीनको भूमी लिजीमा किनमेला गर्नका लागि अहिलेसम्म २५ सय जना मुस्ताङीले सीमापार पास पाईसकेका छन् । उनीहरुको पनि अध्यागन कार्यालय आउजाउको अभिलेख राख्ने जनाईएको थियो । तर, नाकामा अध्यागनबाट हुने कुनै पनि सेवा सुरु नभएको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । केहीदिन अघि चाईनिज पक्षले नाका खुलेको वार्षिकोत्सव समारोह र बैठकमा नेपाल पक्षले कोरलानाकामा स्थापना गरेको अध्यागमन कार्यालयको प्रगती र के हुदैछ भन्ने बिषयमा चिन पक्षका सुरक्षा अधिकारीले निकै चाँसो लिएको अध्यक्ष बिष्टले बताए । ‘नाकामा स्वदेशी तथा विदेशी नागरिकका लागि सहज आउजाउ गर्ने उद्देश्यले स्थापना गरिएको अध्यागन कार्यालयको काम कारवाही के छ, कहिले संञ्चालन हुन्छ, छिटोे गर्नु प¥यो भनेर चीन पक्षले ध्यानकर्षण गराएको अध्यक्ष बिष्टले सुनाए ।
अध्यागन कार्यालयको स्थापना र उद्घाटनपछि विभागले नेचुङ स्थित बीओपी अफिसरलाई रेखदेखको जिम्मा लगाएको छ । गण्डकी प्रदेश सरकारले गत वर्षको बजेटमा ५० लाख बजेट बिनियोजन गरी ६ कोठाको एसवाई प्यानलको अस्थायी भवन निर्माण गरेको थियो । कोभिडपछि चीन पनि केही थान प्रिफाईप कन्टेनर नेपाल पक्षलाई दिएको थियो । त्रिदेशीय नाकाको रुपमा हेरिएको कोरलानाकालाई सरकारले अनावश्यक प्रचार बाजी गरेको तर, नाकाका लागि चाहिने आवश्यक पूर्वाधार निर्माणमा चाँसो नदिएको मुस्ताङका नागरिकहरुको गुनासो छ । नाकाको नेपाल भूगोलमा खानेपानी ,शौचालय र ब्यापारिक कारोबारका लागि भौतिक संरचना नहुँदा कोरलानाका पुग्ने पर्यटकले विभिन्न समस्या झेल्नु परेको छ , नाकामा अस्थायी रुपमा व्यापार गरी बसेका स्थानीयलाई समेत ब्यापार गर्न निकै समस्या चुनौती देखिएको छ ।
३ मङ्सिर २०८१, सोमबार १०:४५ मा प्रकाशित
210