थासाङमा पुलबाट खसेका युवाको जिवितै उद्दार

मुस्ताङ, ६, असार ।

रासस

मुस्ताङ थासाङ गाउँपालिका —२ स्थित (खन्ती—सौरु) जोड्ने निर्माणधिन संस्पेन्सन झोलुङे पुलबाट खसेका एक युवाको जिवितै उद्दार गरिएको छ । थासाङ गाउँपालिका—१ टुकुचे बस्ने २० वर्षीय युवक पेम्मा शेर्पाको कोवाङ प्रहरी चौकीका सुरक्षाकर्मी र थासाङ गाउँपालिकाको स्वास्थ्य शाखाले उद्दार गरेको हो ।

 त्यहाँको कालिगण्डकी नदी माथि संस्पेन्सन ब्रिज डिभिजन कार्यालयले ५७० मिटर लामो झोलुङे पुल निर्माण गरिरहेको छ । निर्माण सम्पन्न हुने चरणमा रहेको उक्त पुलबाट सामान पु¥याउने क्रममा अचानक शेर्पा कालिगण्डकी नदीमा खस्न पुगेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विकास खत्रीले जानकारी दिनुभयो । घाईतेको प्रहरी र थासाङ गाउँपालिकाको स्वास्थ्य  शाखा टोलीले पुगेर जिवितै उद्दार गरिएको प्रहरी निरीक्षक खत्रीले जानकारी दिनुभयो ।

 कालिगण्डकी नदीमा खस्न पुगेका शेर्पाको जिवितै सकुशल उद्दार गरिएको भएपनि अनुहार र शरिरका विभिन्न भागमा चोटपटक लाग्न पुगेको थासाङ गाउँपालिकाका स्वास्थ्य संयोजक नन्दलाल ढकालले जानकारी दिनुभयो । घटना घटेको सूचना चाँडो प्राप्त भएकाले सकुशल उद्दार गर्न सफल भएको स्वास्थ्य संयोजक ढकालको भनाई छ ।

कालिगण्डकी नदीमा खसेर जिवितै उद्दार गरिएको भएपनि घाईते शेर्पालाई थासाङ—३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा पठाईएको स्वास्थ्य शाखा संयोजक ढकालले बताउँनुभयो ।

 यता, जिल्ला प्रहरी कार्यालय मुस्ताङले थासाङ स्थित कालिगण्डकी नदीमा खसेर घाईते भएका युवालाई लेते प्राथमिक स्वास्थ्य केन्द्रबाट थप उपचारका लागि हेलिकोप्टर मार्फत पोखराको मनिपाल अस्पताल पठाउने तयारी भईरहेको जनाएको छ ।

प्रतिक्रिया