मुस्ताङ, १८, असोज ।
यहाँ स्थित सशस्त्र प्रहरी बल ३३ नं. गुल्म हेडक्वाटर जोमसोमले संम्भावित मनसुनजन्य विपदलाई ध्यानमा राख्दै मुस्ताङको पर्यटकीय स्थान जोमसोम र नदी छेउमा रहेको स्याङ गाउँमा शनिबार बिहानैदेखि पट्रोलिङ र माईकिङ गर्न सुरु गरेको छ ।
यहाँ स्थित सशस्त्र प्रहरी बल यूनिटले जल तथा मौसम बिज्ञान विभागले असोज २० गतेसम्म प्रक्षेपण गरेको भारी वर्षा र हिमपातको जोखिमलाई मध्यनजर गर्दै संम्भावित विपद्को घटना हुनसक्ने भन्दै आवश्यकता सावधानी अपनाउन पट्रोलिङ र माईकिङ गर्ने कार्य सुरु गरेको सशस्त्र प्रहरी बल ३३ नं. गुल्म हेडक्वाटर जोमसोमका ईञ्चार्ज सशस्त्र प्रहरी नायव उपरीक्षक भेषराज गिरीले जानकारी दिनुभयो । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङको भ्रमणमा निस्किएका स्वदेशी तथा विदेशी पर्यटकहरुलाई लक्षित गरी मुस्ताङको पर्यटकीय व्यस्त बजार पुथाङ एयरपोर्ट र जोमसोम क्षेत्रमा पट्रोलिङ र माईकिङ गस्ती गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक गिरीले उल्लेख गर्नुभयो ।

यहाँ दसै बिदा अवसरमा मुस्ताङ घुम्न आएका स्वदेशी पर्यटक तथा विदेशी पर्यटकहरुलाई होटल होटलमै पुगेर भारी वर्षा र हिमपातको जोखिम रहेको सूचना सहित उक्त अवधिभर पदयात्रा नगरी सुरक्षित रहन आग्रह गरिएको सशस्त्र प्रहरी बल ३३ नं. गुल्म हेडक्वाटरले उल्लेख गरेको छ ।
यसैगरी यहाँको घरपझोङ—३ स्याउ स्थित कालिगण्डकी नदी किनारामा रहेका वस्तीहरुलाई असोज २० गतेसम्म संम्भावित विपद जोखिमको समय रहेकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ । सम्भावित वर्षाका कारण कालिगण्डकी नदी र शाखा नदीको बाहव उच्च हुनसक्ने भएकाले नदी किनारामा रहेका वस्तीलाई उच्चसर्तकता अपनाउन अनुरोध गर्दै सशस्त्र प्रहरीले पट्रोलिङ र माईकिङ गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक गिरीको भनाई छ । मनसुनजन्य घटना भएको अवस्था रहेमा यहाँको सशस्त्र प्रहरी बललाई तुरुन्तै खबर गरिदिन समेत सशस्त्र प्रहरी बल नेपालले पर्यटक तथा सर्वसाधारण नागरिकहरुले अनुरोध गरेको छ ।
यसैगरी नेपाल—चीन उत्तरी कोरलानाका स्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी)का सुरक्षाकर्मीहरुले समेत मनसुनजन्य घटनालाई मध्यनजर गर्दै उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटक तथा स्थानीय नागरिकहरुलाई सचेत गराईएको बीओपी ईञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक बिष्णुहरी थापाले जानकारी दिनुभयो । यहाँको कोरलानाका स्थित समून्द्री सतहको ४६१० मिटर उचाईमा रहेको कोरलानाका अवलोकन गर्न आउने पर्यटक तथा नदी किनारामा रहेका वस्तीहरुलाई वर्षा र हिमपातले क्षति पु¥याउन सक्ने उल्लेख गर्दै सावधानी अपनाउन अनुरोध गरिएको बीओपीका सशस्त्र प्रहरी निरीक्षक थापाले बताउँनुभयो ।
यस्तै, यहाँ जिल्ला प्रशासन कार्यालय मुस्ताङले संम्भावित वर्षा र हिमपातको जोखिम रहेकाले असोज २० गतेसम्म उपल्लो मुस्ताङ, दामोदरकुण्ड, तिलिचो पदमार्ग, थोरङ्पास र धौलागिरी पदमार्गमा यात्रा नगर्न आग्रह गरेको जनाएको छ । शुक्रबार जिल्ला सुरक्षा समितिको बैठकले मनसुन प्रक्षेपण गरिएको अवधिभर पदयात्रीहरुलाई पदयात्रामा ननिस्किन अनुरोध गरेको हो ।
यसैगरी उक्त अवधिभर मुस्ताङको कागबेनीदेखि लोमान्थाङसम्म र मुस्ताङको घाँसादेखि म्याग्दीको बेनीसम्मको सडकमा साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म सवारी साधन नचलाउन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
मनिता थकाली