यहाँ स्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौ पटक भारी हिमपात भएको छ । शुक्रबार दिउँसो ४.०० बजेदेखि मुक्तिनाथ क्षेत्रमा निरन्तर भारी हिमपात भएको हो ।
मुस्ताङमा कार्तिक १० गते यता हालसम्म छैटौ पटक हिमपात भएको हो । वारागुङ मुक्तिक्षेत्र—१ मुक्तिनाथ क्षेत्रका दिउँसो चार बजेपछि निरन्तर रुपमा भारी मात्रामा हिमपात भईरहेको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिनुभयो । हिमपातसंगै मुक्तिनाथ मन्दिर क्षेत्र आसपासका डाँडाकाँढाहरु हिउँले सेताम्मे भईसकेको व्यवस्थापक भुसालले बताउँनुभयो । मुक्तिनाथ मन्दिरमा बिहानपख बढी मात्रामा दर्शनार्थी हुने गरेको र हिमपात केहीबेर अघि मात्रै सुरु भएकाले दर्शनार्थीहरुलाई खासै समस्या नपरेको व्यवस्थापक भुसालको भनाई छ । हिमपातका कारण चिसो अत्यधिक बढेकाले स्थानीय जनजिवन प्रभावित भएको व्यवस्थापक भुसालको भनाई छ ।
यसैगरी मुक्तिनाथ क्षेत्रको मुक्तिनाथ, रानीपौवा,झारकोट, खिङ्गा, छेङ्गुर,पुडाक र झोङ लगायतका स्थानमा बाँक्लो हिमपात भईरहेको जनप्रिय युवाक्लवका अध्यक्ष कैसाङ ठोक्या ठकुरीले जानकारी दिनुभयो । ‘मुक्तिक्षेत्रमा दिउँसो देखि हिउँ पर्न थालेको छ, हिउँले मुक्तिक्षेत्र पुरै सेताम्मे भईसकेको छ, अध्यक्ष ठकुरीले भन्नुभयो, रातभरी हिउँ परेमा दुई फिट बढी हिउँ जम्ने देखिन्छ, हिउँले सडक समेत अवरुद्ध हुनसक्ने सम्भावना छ ।’
यसैगरी माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा पनि दिउँसोदेखि हिमपात भईरहेको एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो । हिमपात नरोकिएमा माथिल्लो मुस्ताङका सबै भाग हिउँले ढाकिने बताउँनुभयो । हिमपात संगै माथिल्लो मुस्ताङमा चिसो बढेका कारण स्थानीयको दैनिकीमा प्रतिकूल असर पु¥याएको एक्याप प्रमुख पौडेलको भनाई छ ।
यसैगरी मुस्ताङका तल्लो क्षेत्र थासाङ गाउँपालिका र घरपझोङ गाउँपालिका क्षेत्रका उच्चलेंकमा आशिंक हिमपात भईरहेको र बस्ती क्षेत्रमा दिउँसोदेखि निरन्तर वर्षा भईरहेको जनाईएको छ ।
मुस्ताङमा अनुकुल समयमा वर्षा र हिमपात भएकोमा स्थानीय किसानहरुमा खुसीयाली छाएको छ । स्याउको फूल फूल्ने समयमा वर्षा र हिमपात भएकाले यहाँका किसानमा उत्साह थपिएको हो । विशेष गरी वर्षा र हिउँले खेतीयोग्य जमिनको उर्वराशक्ति वृद्धि गराउने भएकाले बर्खेबालीहरुलाई समेत फाईदा पुग्ने जोमसोमका किसान पूर्णबहादुर नेपालीले जानकारी दिनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली