सन् २०२५ को चार महिनामा ५१ हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
जोमसोम— सन् २०२५ को चार महिना ५१ हजार ८९६ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । अन्नपूर्ण सरक्षणक्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार सन् २०२५ को जनवरी एकदेखि अप्रिल अन्तिमसम्मको ४ महिना अवधिमा उक्त संख्यामा विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् ।
एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले मुस्ताङमा विदेशी पर्यटकको आगमन अप्रत्याशित रुपले द्धि भईरहेको बताउँनुभयो । सन् २०२५ को चार महिनामा सार्क राष्ट्रका ४३ हजार १५१ जना र अन्य राष्ट्रका ८ हजार ७४५ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेको कार्यालय प्रमुख गुप्तको भनाई छ । सन् २०२५ को जनवरीदेखि अप्रिलसम्म कुल विदेशी पर्यटक संख्याको ८३ प्रतिशत सार्क राष्ट्रको र १७ प्रतिशत अन्य राष्ट्रको विदेशी पर्यटक मुस्ताङ भित्रिएको एक्याप जोमसोमका कार्यालय प्रमुख गुप्तले उल्लेख गर्नुभयो ।
सन् २०२५ को जनवरीमा ४ हजार ३४६, फ्रेब्रअरीमा ५ हजार ३३०, मार्चमा १९ हजार ९५ र अप्रिलमा २३ हजार १५२ जना विदेशी पर्यटक मुस्ताङमा भित्रिएको एक्याप जोमसोम कार्यालयको तथ्यांकमा उल्लेख छ । एक्याप जोमसोम कार्यालयका अनुसार सन् २०२४ को जनवरीदेखि अप्रिलसम्मको विदेशी पर्यटकको तथ्यांक हेर्दा सन् २०२५ को जनवरीदेखि अप्रिलसम्म (३६.६६) प्रतिशतले विदेशी पर्यटकको सख्या वृद्धि भएको हो । सन् २०२४ को सुरुआती चार महिनामा ३७ हजार ९७४ जना विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेकोमा सन् २०२५ को सुरुआती चार महिनामा ५१ हजार ८९६ जनाले मुस्ताङको भ्रमण गरेका छन् । योसंख्या सन् २०२४ को सुरुआती चार महिनाको तुलनामा सन् २०२५ को सुरुआती चार महिनामा १३ हजार ९२२ जना विदेशी पर्यटक सख्या बढी रहेको एक्याप जोमसोमका कार्यालय प्रमुख गुप्तले उल्लेख गर्नुभयो ।
हिमाली जिल्ला मुस्ताङको ऐतिहाँसिक,धार्मिक ,सस्कृति, सामाजिक सभ्यता अवलोकनका लागि उल्लेख मात्रामा विदेशी पर्यटक मुस्ताङ आउने गरेको मुक्तिनाथ स्थित होटल ग्राण्ड साम्वलाका प्रोपाईटर सुरज गुरुङले उल्लेख गर्नुभयो । यहाँको पृथक भूगोल रहनसहन र जैविक विविधता लगायतको अध्ययन गर्न विदेशी पर्यटक मुस्ताङ आउने गरेको प्रोपाईटर गुरुङले जानकारी दिनुभयो ।
मुस्ताङमा बढी मात्रामा भारतीय पर्यटकको उपस्थिती रहेको पाईएको छ । हिन्दु तथा बौद्धमार्गीहरुको साँझा धार्मिक तिर्थस्थल मुक्तिनाथको दर्शनका लागि छिमेकी देश भारतका विभिन्न स्थानबाट पर्यटक मुक्तिनाथ दर्शनका लागि आउने गरेको मुक्तिनाथ स्थित होटर रोयल मुस्ताङका प्रोपाईटर विजय थकालीले जानकारी दिनुभयो । मुस्ताङमा आन्तरिक पर्यटक छोडेर विदेशी पर्यटकको उपस्थिती ८० प्रतिशतले बढी रहेको प्रोपाईटर थकालीले दाबी गर्नुभयो ।
मुस्ताङमा मुक्तिनाथ मन्दिरको दर्शनसंगै उपल्लो मुस्ताङको कोरलानाका, छोसेर गुफा, लोमान्थाङ दरबार, निफुक गुम्बा, लोघेकर (घर) गुम्बा, चराङ गुम्बा, लुरी गुम्बा,दामोदरकुण्ड, चिउसी गुफा, मुस्ताङ गेट, नुन खानी, कागबेनीधाम, ढुम्बाताल, जोमसोम बजार,मार्फा गाउँ, सेकुङ ताल र टिटी ताल लगायतको पर्यटकीय गन्तब्य रहेकाले पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको घुमफिरको केन्द्र बनेको हो । अनुकुल यामसंगै मुस्ताङमा पर्यटक संख्या विगत वर्षको तुलनामा क्रमशः वृद्धि भईरहेको छ ।
यसैगरी राउण्ड अन्नपूर्ण चक्रिय पदमार्ग अन्तर्गत लमजुङको बेसी सहरबाट मनाङ हुँदै मुस्ताङमा ४ हजार ८६९ विदेशी पर्यटक भित्रिएको एक्याप जोमसोमले जनाएको छ । सन् २०२५ को जनवरी एकदेखि अप्रिल चार महिनाको अवधिमा सार्क राष्ट्रका एक सय ८८ जना र अन्य राष्ट्रका ४ हजार ६८१ जना विदेशी पर्यटक थोरङ्लापास क्रस गर्दै मुस्ताङ भित्रिएको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिनुभयो । अन्नपूर्ण चक्रिय पदमार्ग हुँदै मुस्ताङ भित्रिनेमा सार्क राष्ट्रका (३.८६) प्रतिशत र अन्य राष्ट्रका (९६.१४) प्रतिशत विदेशी पर्यटक रहेको कार्यालय प्रमुख गुप्तले उल्लेख गर्नुभयो।
राउण्ड अन्नपूर्ण चक्रिय पदमार्ग हुँदै मुस्ताङ प्रवेश गरेका विदेशी पर्यटकको तथ्यांक हेर्दा सन् २०२४ को सुरुआती चार महिनालाई तुलना गर्दा सन् २०२५ को अप्रिलसम्म ४ सय ७९ जना अर्थात (१०.९१) प्रतिशले विदेशी पर्यटक वृद्धि भएको हो । सन् २०२४ को जनवरीदेखि अप्रिलसम्म ४ हजार ३९० जना विदेशी पर्यटक मनाङ हुँदै मुस्ताङ भित्रिएका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली