जोमसोम— आगामी माघ ११ गते हुँने राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमालेकातर्फ प्रदेश कमिटी सदस्य एवं भौतिक पूर्वाधार तथा यातायात विभागका ईञ्चार्ज क. हेमन्त शेरचनले उम्मेदवारी दिने भएका छन् । नेकपा एमालेद्धारा आईतबार प्रकाशित विज्ञप्तीमा शेरचनको नाममा अपाङ्ग निर्वाचन क्षेत्र अल्पसंख्यक क्लस्टरमा परेको हो ।
यसअघि नेकपा एमालेले उक्त क्लस्टरबाट मेघराज आचार्य (कास्की) ,मिना बराम (गोरखा) र हेमन्त शेरचन (मुस्ताङ) गरी ३ जनाको नाम सिफारिस गरी केन्द्रमा पठाईएको थियो । योसंगै अन्य निर्वाचन क्षेत्र र महिला निर्वाचन क्षेत्र क्लस्टरबाट सिफासिर गरिएका (३—३) जना मध्ये स्याङ्जाका चत्रबहादुर पराजुली र सम्झना देवकोटालाई एमालेले गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्य उम्मदेवार बनाउने तय गरेको हो ।
मुस्ताङबाट एमालेबाट राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि छनौट भएका शेरचन यातायात व्यवसायमा आवद्ध छन् । थासाङ —३ लेते धम्पु घर भएका शेरचन सार्वजनिक यातायात केन्द्रिय महासघ नेपालका वरिष्ठ उपाध्यक्ष हुन् ।
राष्ट्रिय सभा सदस्य अन्तर्गत २० जना सदस्यको आगामी फागुन २० गते पदावधि सकिदैछ । सोही पदका लागि १९ सिटका लागि माघ ११ गते राष्ट्रिय सभा निर्वाचन हुन लागेको हो ।
राष्ट्रिय सभा सदस्यका लागि १ सिट सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित गरिने प्रावधान छ ।