आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले) जिल्ला कमिटी मुस्ताङले पनि तीन जनाको नाम सिफारिस गरेको छ । शनिबार र आईतबार मुस्ताङको जोमसोममा बसेको जिल्ला कमिटीको बैठकले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि सर्वसम्वत तीन जनाको नाम सिफारिस गरी केन्द्रमा पठाउने निर्णय गरेको हो ।
एमाले जिल्ला कमिटी मुस्ताङका अध्यक्ष दीपक लालचनको अध्यक्षतामा बसेको बैठकले पूर्व प्रदेश सभा सदस्य ईन्द्रधारा बिष्ट, सविधान सभा सदस्य टसी साङ्वो गुरुङसेनी र नेकपा (एमाले) जिल्ला कमिटी मुस्ताङका पूर्व सचिव विनोद विसीलाई प्र्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि नाम सिफासिर गरेको एमाले जिल्ला कमिटी मुस्ताङका उपाध्यक्ष छेवाङ रिन्जिङ गुरुङले जानकारी दिनुभयो ।
सिफारिस गरिएका ईन्द्रधारा बिष्ट २०७४ सालको प्रदेश सभा निर्वाचनमा उम्मेदवार भई निर्वाचन जितेका थिए भने २०७९ को प्रदेश सभा निर्वाचनमा पराजित भएका थिए । बिष्टलाई यसपालि एमाले मुस्ताङले भूगोलको हिसावले नाम सिफारिस गरेको जनाईएको छ ।
संविधान सभा सदस्य टसी साङ्वो गुरुङसेनीलाई [महिला] र अर्को सिफारिस गरिएका विसी [उत्पिडित] प्रतिनिधित्व हुने गरी प्रतिनिधि सभा प्रत्यक्षतर्फको उम्मेदवारका लागि नाम सिफारिस गरिएको उपाध्यक्ष गुरुङले बताउँनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता