मुस्ताङमा अदालतका कर्मचारी पुरस्कृत


 आज ७३ औं कानुन दिवसको अवसर पारेर मुस्ताङ जिल्ला अदालतले एकजना कर्मचारीलाई पुरस्कृत गरेको छ । अदालतमा कार्यरत तामेल डिठ्ठा रोमलाल नेपालीलाई नगद दश हजार पुरस्कारसहित सम्मान गरेको हो ।

मुस्ताङ जिल्ला अदालतमा कार्यरत नेपालीलाई  अदालतको कार्यसम्पादन नियमित र व्यवस्थित रुपमा सम्पन्न गर्न आफ्नो कर्तव्य तथा जिम्मेवारीलाई ईमान्दारीका साथ निर्वाह गर्नु भएको उल्लेख गर्दै मुस्ताङ जिल्लाका माननीय न्यायधिस  विद्याराज पौडेलले खाता,प्रमाणपत्र र नगद पुरस्कारसहित सम्मान गरेको अदालतका स्रेस्तेदार घिमिरेले जानकारी दिनुभयो ।


प्रतिक्रिया