जोमसोम— संघीय प्रतिनिधि सभा सदस्य देवीप्रकाश भट्टचनको पहलमा मुस्ताङको लोघेकर दामोदरकुण्ड पदमार्गको भर्सा खोला र मुस्ताङको थासाङ गाउँपालिका—२ को (नाउरिकोट—गुरुसाङ्वो) गुफा जोड्ने २ वटा झोलुङे पुल निर्र्माण हुने पक्का भएको छ ।
नेपाल सरकार अर्थ मन्त्रालयले मुस्ताङ जिल्लाको महत्वपूर्ण प्रसिद्ध धार्मिक स्थल दामोदरकुण्ड तिर्थस्थल जाने पदमार्गको भर्सा खोला र थासाङ गाउँपालिक—२ को नाउरिकोट —गुरुसाङ्वो गुफा जोड्ने झोलुङे पुल निर्माण गर्न आर्थिक वर्ष २०८२÷०८३ का लागि ६ करोड बजेट विनियोजन भएको हो ।
सहरी विकास मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विकास विभाग, संस्पेन्सन ब्रिज डिभिजन कार्यालयले मुस्ताङको लोघेकर दामोदरकुण्ड पदमार्गको भर्सा खोला र थासाङ गाउँपालिका—२ को प्रसिद्ध धार्मिक स्थल गुरुसाङ्वो गुफा जाने (नाउरिकोट—गुरुसाङ्वो ) झोलुङे पुल निर्माणका लागि अर्थ मन्त्रालयले बजेट विनियोजन गरेको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका ईन्जिनीयर प्रवेश रेग्मीले जानकारी दिनुभयो ।
यसकार्यका लागि लोघेकर दामोदरकुण्ड जाने पदमार्गको भर्सा खोलामा ४७० मिटर लामो झोलुङ पुल निर्माण गर्न ३ करोड र थासाङ गाउँपालिका—२ को नाउरिकोट —गुरुसाङ्वो गुफा जोड्ने ४६० मिटर लामो झोलुङे पुल निर्माणका लागि ३ करोड बजेट विनियोजन भएको संस्पेन्सन ब्रिज डिभिजन कार्यालयका ईन्जिनीयर रेग्मीले बताउँनुभयो ।
मुस्ताङको दामोदरकुण्ड स्थल र गुरुसाङ्वो गुफा जाने पदमार्गमा झोलुङे पुल निर्माणका लागि बहुवर्षीय ठेक्का स्वीकृतीका लागि अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चिता र सहमति लिनुपर्ने कार्यालयका ईन्जिनीयर रेग्मीले उल्लेख गर्नुभयो । लोघेकर दामोदरकुण्डको दामोदरकुण्ड पदमार्गको भर्सा खोलामा झोलुङे पुल निर्माणको लागत स्टेमट ११ करोड ४६ लाख र थासाङ गाउँपालिकाको (नारिकोट—गुरुसाङ्वो गुफा जाने झोलुङे पुलका लागि ६ करोड लागत अनुमान रहेको ईन्जिनीयर प्रवेश रेग्मीले उल्लेख गर्नुभयो ।
‘हामो मन्त्रालय मार्फत झोलुङे पुल निर्मार्णको बहुवर्षीय ठेक्का स्वीकृतीका लागि फाईल पठाउँछौं’, ईन्जिनीयर रेग्मीले भने,‘ अर्थ मन्त्रालयले बहुवर्षीय ठेक्काका लागि स्वीकृति दिने वित्तिकै दामोदरकुण्ड र गुरुसाङ्वो गुफाको पुल ठेक्का प्रक्रिया सुरु हुन्छ ।’ ईन्जिनीयर रेग्मीले यसकार्यका लागि अर्थ मन्त्रालयले भदौ वा असोज महिना भित्र स्रोत सुनिश्चिता गरिसक्ने बताउँनुभयो ।
यसअघि चालु वर्षको कार्तिकमा माननीय देवी प्रकाश भट्टचनसहित संस्पेन्सन ब्रिज डिभिजन कार्यालयका ईन्जिनीयर तथा प्राविधिक टोली झोलुङे पुल निर्माणका लागि डीपीआर सर्वे गर्न हेलिकोप्टर मार्फत उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड—२ को भर्सा खोला र थासाङ गाउँपालिकाको नारिकोट—गुरुसाङ्वो गुफा क्षेत्रमा पुगेका थिए ।
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले संघीय सांसद देवी प्रकाश भट्टचनको पहलमा प्रसिद्ध धार्मिक स्थल दामोदरकुण्ड पदमार्गको भर्सा खोला र गुरुङ साङ्वो गुफा जाने स्थानमा २ वटा झोलुङे पुल निर्माणको योजना परेको जानकारी दिनुभयो । ‘ उहाँ संघीय माननीय ज्युले दामोदरकुण्ड जाने तिर्थ यात्रीको सहजताका लागि र गुरुसाङ्वो गुफा जाने धार्मिक तिर्थालुको सुविधाका लागि झोलुङ्े पुलको सर्वे गर्न ईन्जिनीयर लिएर आफै आउनु भएको थियो’, अध्यक्ष बिष्टले थप्नुभयो,‘ पुलका डीपीआर सम्पन्न भई बजेट पनि परेको छ, पुल निर्माण भएमा दुबै स्थानका धार्मिक स्थलको दुरीलाई घटाउन योगदान दिनेछ ।’
लोघेकर दामोदरकुण्ड धार्मिक स्थल जाने पलमार्गको भर्सा खोला समुन्द्री सतहदेखि ५१०७ मिटर अग्लो उचाईमा अवस्थित छ । यहाँ झोलुङे पुल निर्माण भएमा दामोदरकुण्ड जाने तिर्थ यात्रीहरुलाई करिव ४ घण्टाको पैदल दुरी छोटिने बताईएको छ ।
भगवान बिष्णुको बासस्थानको रुपमा रहेको प्रसिद्ध धार्मिक स्थल मुस्ताङको जोमसोम —कोरला राजमार्ग हुँदै चराङ पुगेर तल झर्नुपर्छ । त्यसपछि यारा हुँदै पैदलमार्गबाट उकालो उक्लिदै दामोदरकुण्ड ९ घण्टामा पुग्न सकिन्छ । उकालो र ओरालो कठिनपूर्ण यात्रा गर्दै ९ घण्टाको पैदल दुरी लाग्ने दामोदरकुण्ड जाने पदमार्गको भर्सा खोलामा पुल बनेमा ५ घण्टामै सहजै पुग्न सकिने छ । संघीय सांसद देवीप्रकाश भट्टचनले धार्मिक महत्वको दामोदरकुण्ड जाने तिर्थ यात्रीको सहजताका लागि पुल निर्माणमा जोड दिएको बताउँनुभयो । भर्सा खोलामा पुल निर्माण भएमा विश्वभरका धार्मिक तिर्थालुहरुलाई दामोदरकुण्डको दर्शनकार्यमा निकै सजिलो हुने बताउँनुभयो ।
यसैगरी मुस्ताङको थासाङ—२ मा पर्ने गुरुसाङ्वो गुफा जाने सडकको पैदल दुरी घटाउन पुल निर्माणका लागि जोड दिएको सांसद भट्टचनले बताउँनुभयो । गुरु पद्यसम्भवले ध्यान गरेको स्थान गुरुसाङ्वो गुफा धार्मिक दृष्टिकोणले महत्वपूर्ण रहेको थासाङ—२ का वडाध्यक्ष गौतम शेरचनले जानकारी दिनुभयो ।
हालको बोक्सी खोलाबाट गुरुसाङ्वो गुफा जान मुख्य राजमार्ग सडकबाट पैदलै उकालो एक घण्टाको दुरी लाग्ने भएको र नाउरिकोट—गुरुसाङ्वो जोड्ने झोलुङे पुल निर्माण भएमा आधा घण्टा बढीको दुरी छोटिने र तिर्थ यात्रीहरुको यात्रा समेत सहज हुने वडाध्यक्ष शेरचनको भनाई छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता