जोमसोम— धार्मिक तथा पर्यटकीय हिमालपारिको जिल्ला मुस्ताङ भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी ‘सुरक्षित यात्रा,जिवनको रक्षा’अभियान सुरु गरिएको छ ।
हाईअल्टिच्युड तथा सडक सुरक्षा संम्वन्धि सचेतनामूलक अभियान आईतबारदेखि प्रारम्भ गरिएको हो । मुस्ताङमा चिसो ह्वात्तै बढेको र बेसीबाट उच्चस्थानमा उक्लिदा पर्यटकलाई हाईअल्टिच्युडको जोखिम हुने र मुस्ताङ सडकमा यात्रा गर्दा चालकको लापारबाहीले हुनसक्ने संम्भावित सडक दुर्घटना न्यूनिकरण गर्न जिल्ला सुरक्षा समिति मुस्ताङको अगुवाईमा सुरक्षा निकाय ,स्वास्थ्य कार्यालय,एक्याप र स्थानीय तहको सहकार्यमा ‘सुरक्षित यात्रा,जिवनको रक्षा अभियान शुभारम्भ गरिएको हो ।
बेनी—जोमसोम सडकमार्ग अन्तर्गत म्याग्दी र मुस्ताङको सीमावर्ती क्षेत्र प्रहरी चौकी घाँसाको चेक पोष्टमा पर्यटक लक्षित हाईअल्टिच्युड तथा सडक सुरक्षा सम्वन्धि अभियान सुरु गरिएको हो । मुस्ताङका प्रमुख जिल्ल अधिकारी बिष्णुप्रसाद भुसालले एक समाराहका बिच पर्यटक सुरक्षा सम्वन्धि सूचनामूलक बोर्ड प्रतिस्थापन गरी अभियानको उद्घाटन गरे । मुस्ताङ जिल्ला धार्मिक ,सांस्कृतिक र भौगोलिक रुपले निकै महत्वपूर्ण पर्यटक गन्तब्य रहेको उल्लेख गर्दै मुस्ताङका प्रजिअ भुसालले मुस्ताङमा खुसी हुदै आउने र दुखी हुँदै फर्किनु पर्ने अवस्थालाई न्यूनिकरण गर्न पर्यटक लक्षित हाईअल्टिच्युड तथा सडक सुरक्षा सम्वन्धि सचेतना अभियान प्रारम्भ गरिएको बताए ।
मुस्ताङ आउने पर्यटकलाई पर्याप्त यहाँको वस्तुगत अवस्था जानकारी नहुने र यसबारेमा पर्याप्त सचेनताको कमीकै कारण कतिपय पर्यटकले धार्मिक क्षेत्रमा मृत्युवरण गर्नुपर्ने अवस्था रहेको औल्याए । प्रजिअ भुसालले हाईअल्टिच्युडको समस्या र सडक सुरक्षाका लागि पर्यटक माँझ यथेष्ठ सन्देश पू¥याउन र पर्यटकको स्वास्थ्य रक्षाका लागि जिल्ला सुरक्षा समिति लगायत विभिन्न सरोकारवाला निकाय सचेत रहनुपर्ने बताए ।
यसअघि मुस्ताङ स्थित पर्वतीय क्षेत्रमा उक्लिदा पर्यटकले आवश्यक स्वास्थ्य सावधानी अपनाउन अनुरोध गरिएको पर्यटक लक्षित सूचना बोर्ड प्रहरी चौकी घाँसा चेक पोस्ट नजिक प्रतिस्थापन गरिएको थियो । त्यसक्रममा बेनी हुँदै मुस्ताङ प्रवेश गर्ने सवारी साधनका यात्रीलाई रोकेर हाईअटिच्युड तथा सडक सुरक्षा सम्वन्धि जानकारी दिईएको छ । बेसीको समथरिलो स्थानबाट बिचको स्थानमा होल्डिङ नगरी हतार हतार मुस्ताङ आउने पर्यटकलाई अक्सर हाईअल्टिच्युडको समस्या देखिने गरिएको अभियान शुभारम्भ कार्यक्रममा बताईएको छ ।
मुक्तिनाथ दर्शन तथा मुस्ताङ भ्रमण गर्ने स्वास्थ्य समस्या भएका दीर्घरोगी,उमेर कटेका ज्येष्ठ नागरिक, नियमित औषधि सेवन गरेका आदी पर्यटकलाई हाईअल्टिच्युडको समस्या देखिने गरेको स्वास्थ्य कार्यालय मुस्ताङकी प्रमुख बिद्या तामाङले जानकारी दिईन । उनले मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको स्वास्थ्य सुरक्षा अन्तर्गत हाईअल्टिच्युडको जोखिमबाट बचाउँन ५ वटै स्थानीय तहले मिलेर जनशक्ति व्यवस्थापन गरेमा स्वास्थ्य कार्यालय त्यसका लागि आवश्यक सबै प्रकारको सहयोग र सहजीकरण गर्न तयार रहेको उल्लेख गरिन् । उनले मुस्ताङ प्रवेशद्वार घाँसामा हेल्थ डेस्क स्थापना गरी पर्यटकको स्क्रीन,काउन्सिलिङ र स्वास्थ्य मरामर्श दिने व्यवस्था भएमा पर्यटकको स्वास्थ्य रक्षाका लागि महत्वपूर्ण योगदान पुग्ने जनाईन् ।
जिल्ला प्रशासन कार्यालय तथा जिल्ला स्थित सुरक्षा निकायले स्वास्थ्य कार्यालयको सहयोगमा जिल्लाका सबै सुरक्षा युनिटहरुमा पर्यटकलाई हाईअल्टिच्युड तथा सडक सुरक्षा सम्वन्धि पर्चा पम्प्लेट वितरण गर्ने जनाईएको छ । अभियानका क्रममा मुस्ताङका प्रजिअ भुसालसहित सुरक्षाकर्मी र स्थानीय जनप्रतिनिधिबाट हाईअल्टिच्युड तथा सडक सुरक्षा सम्वन्धि सचेतनामूलक पर्चा पम्प्लेट वितरण गरिएको थियो । मुस्ताङ भ्रभण गर्ने पर्यटकको स्वास्थ्य सुरक्षा तथा सडक सुरक्षाका लागि सम्वन्धित ट्राभल एजेन्सी,होटल व्यवसायी,यातायात व्यवसायी र आम नागरिकहरुले पर्यटकलाई सुुसुचित गर्नुपर्नेमा जोड दिईएको छ ।
मुस्ताङमा आर्थिक वर्ष २०७८÷०७९ देखि हालसम्म ३७ जनाले हाईअल्टिच्युडका कारण ज्यान गुमाएको मुस्ताङका डिएसपी सूर्यबहादुर बोगटीले जानकारी दिए । उनका अनुसार हाईअल्टिच्युडका कारण २८ जना विदेशी ९ जना स्वदेशी पर्यटकको मृत्यु भएको बताए । यसैगरी २०७८÷०७९ देखि हालसम्म हाईअल्टिच्युड समस्याका कारण बिरामी परेका ३७ जनाको उद्दार गरिएको डिएसपी बोगटीले उल्लेख गरे ।
मुस्ताङमा हाईअल्टिच्युडको जोखिमका साथै सडक सुरक्षा जोखिम समेत वृद्धि भर्इंरहेको छ । आर्थिक वर्ष २०७८÷०७० देखि हालसम्म मुस्ताङ सडकमा ९१ वटा सवारी दुर्घटना भएको डिएसपी बोगटीले बताए । जसमध्ये ९१ जना सवारी दुर्घटनामा घाईते भएका थिए भने ८ जनाको मृत्यु भएको थियो । मुस्ताङ प्रहरीले सवारी दुर्घटना न्यूनिकरण गर्न चालकलाई ओभर स्पीड,ओभरटेक,सडकको अवस्था,सवारी चेकजाँच र जथाभावी पार्किङ लगायतका बिषयमा सचेतना दिर्दैआईरहेको छ ।पछिल्लो समय मुस्ताङ प्रहरीले चालक र सहचालकसंग १ मिनेट र दैनिक सवारी चेकजाँच र अनुगमन गरिरहेको बताईएको छ ।
मुस्ताङमा बिच सडकमा बिश्राम नगरी पर्यटकहरु हतार हतारमा मुस्ताङ घुम्ने र मुक्तिनाथको दर्शन गरी फर्किने परिपाटीले हाईअल्टिच्युडको जोखिम बर्सेनि वृद्धि भईरहेको मुस्ताङका जनप्रतिनिधिहरुको भनाई छ । बेसीबाट हिमालको यात्रा गर्दा कतिपय पर्यटकलाई अक्सिजनको कमीले गर्दा हाईअल्टिच्युड लाग्ने गरेको जनप्रतिनिधिहरुले उल्लेख गरे । मुस्ताङ भित्रिने पर्यटकको स्वास्थ्य सुरक्षाका लागि सम्वन्धित ट्राभल एजेन्सी,होटल व्यवसायी र यातायात व्यवसायीले ध्यान पू¥याउन आवश्यक रहेको उनीको भनाई छ ।उनीहरुले मुस्ताङको भौगोलिक अवस्था,हावापानी र सडकको अवस्था बारेमा पर्याप्त जानकारी दिलाउन सरोकारवाला निकायलाई आग्रह गरे ।
मुस्ताङमा चिसो अत्यधिक वृद्धि भईरहेकाले यस समयमा मुस्ताङ यात्रा गर्ने पर्यटकले आवश्यक सावाधानी अपनाउन ‘सुरक्षित यात्रा,जिवनको रक्षा’अभियानमा जोड दिईएको हो । स्वास्थ्य अवस्था प्रतिकुल हुने र जबजस्ती बिना भोजन मुक्तिनाथ पुग्ने गर्दा पर्यटकलाई हाईअल्टिच्युडको समस्या देखिने गरेको हो । चिसो कुण्डमा स्वास्थ्य अवस्थाको परवाह नगरी स्नान गर्ने र स्वास्थ्य सामाग्री साथमा लिएर नजाने गर्दा समेत कतिपय पर्यटकले अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता रहेको थियो ।
पछिल्लो समयमा मुक्तिनाथको ३ स्थानमा हाईअल्टिच्युड हेल्थ डेस्क स्थापना गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले पनि मुस्ताङ प्रवेशद्वार घाँसा लगायत विभिन्न स्थानमा होर्डिङ बोर्ड राखेको छ । मुस्ताङमा सुगमको जस्तो पर्याप्त स्वास्थ्य दक्ष जनशक्ति नहुने र आवश्यक ईकुमेन्ट नहुनाले पनि पर्यटक उद्दारमा थप समस्या देखिने गरेको हो ।
मुस्ताङका ५ वटै स्थानीय तहले धार्मिक तथा पर्यटकीय क्षेत्रमा भ्रमण गर्ने पर्यटकको स्वास्थ्य रक्षाका लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरु गर्दैआईरहेका छन् । बर्सेनि ५ लाख पर्यटकले मुस्ताङ भ्रमण गर्ने गरेकोमा त्यसमध्ये १ लाख २० हजार सार्क तथा अन्य राष्ट्रका पर्यटक रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
२५ कार्तिक २०८१, आईतबार ०८:५३ मा प्रकाशित
225