जोमसोम— राष्ट्रिय स्वतन्तत्र पार्टी (रास्वपा) मुस्ताङका सभापति सुदेश गुरुङले समानुपातिक सूचिबाट आफ्नो नाम फिर्ता लिएको जनाएका छन् । आईतबार रास्वपाको उम्मेदवार छनौट समितिलाई समानुपातिक उम्मेदवार सूचिबाट आफ्नो नाम हटाईदिन लिखित अनुरोध गरेका हुन् ।
यसअघि रास्वपाको समानुपातिक सूचिमा दशौ नम्बरमा परेका सभापति गुरुङ गण्डकी प्रदेशमा भने समानुपातिक उम्मेदवार अन्तर्गत जनजाती क्लस्टरतर्फ गण्डकी प्रदेशमा पहिलो नम्बरमा परेका थिए ।
तर, रास्वपा सभापति गुरुङ अन्य वैकल्पिक शक्तिहरुसंग मिलेर एकजुट भई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्न र निर्वाचनमा राम्रो परिणाम ल्याउन सबै पक्षलाई समेटी समानुपातिक उम्मेदवारको बन्द सूचि तयार गर्नुपर्ने भएकाले आफुले समानुपातिक सूचिबाटपछि हटेको पत्रमा उल्लेख गरेका छन् ।

सभापति गुरुङले आफु जनजाति क्लस्टरको समानुपातिक सूचि अन्तर्गत जनजाती क्लस्टरमा परेको भएपनि पार्टीको वर्तमान अवस्थाले सबै पक्षलाई बुझेर र समेटेर अघि बढ्नु पर्ने भएकाले समानुपातिक सूचिबाट नाम फिर्ता लिएर पार्टी हितका लागि एक कदमपछि हटेको बताउँनुभयो ।
रास्वपा मुस्ताङका सभापति गुरुङ मुस्ताङको घरपझोङ—५ ढुम्बा निवासी हुनुहुन्छ । यसअघि २०७९ सालको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अन्तर्गत प्रतिनिधि सभाका लागि निर्वाचन प्रतिस्पर्धा गरेका थिए । उहाँ त्यसबेला २५ वर्षका थिए । हाल उनी २८ वर्षमा पुगेका छन् ।
सभापति गुरुङले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार चयन गर्न छलफल अघि बढिसकेको र यदी कुनै विकल्प नभएमा आफै प्रतिनिधि सभा उम्मेदवार बन्न सक्ने उल्लेख गर्नुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता