उपल्लो मुस्ताङ सडकमा पल्टियो स्कर्भियो , तीन यात्रु घाईते

जोमसोम— कोरलानाकाबाट लोमान्थाङतर्फ फर्किदै गरेको स्कर्भियो जीप आईतबार बिहान उपल्लो मुस्ताङ स्थित कोरला सडकमार्गमा दुर्घटना भएको प्रहरीले जनाएको छ । चीनसंग सीमाना जोडिएको लोमान्थाङ गाउँपालिका—२ न्यानोल स्थित कोरला सडकमार्गमा बीएइ ६५०१ नम्बरको स्कर्भियो जीप सडकमै पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

कोरलानाका पुगेर फर्किदै गरेको उक्त स्कर्भियो जीप अनियन्त्रित भई सडकको बाँयातर्फको भागमा पल्टिन पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिनुभयो । स्कर्भियो दुर्घटना हुँदा तीन जना यात्रु सामान्य घाईते हुन पुगेको र उनीहरुको जोमसोम स्थित प्रदेश अस्पतालमा उपचार भईरहेको प्रहरी निरीक्षक अधिकारीले उल्लेख गर्नुभयो । दुर्घटनामा काठमान्डौं टोखा नगरपालिका—७ बस्ने ११ वर्षीय दिपेन श्रेष्ठ, ६० वर्षीय चुनकुमारी श्रेष्ठ र ६३ वर्षीय धनलक्ष्मी श्रेष्ठ सामान्य घाईते हुन पुगेको प्रहरी निरीक्षक अधिकारीले बताउँनुभयो ।

 चालकसहित ९ जना सवारी यात्रुहरु मध्ये बाँकी ६ जना यात्रु सकुशल रहेका छन् । काठमान्डौं टोखाबाट मुक्तिनाथ दर्शन र कोरलानाका घुम्न आएका सबै यात्रु आफन्त रहेको प्रहरीले उल्लेख गरेको छ ।

 स्कर्भियो दुर्घटनापछि  लोमान्थाङ —२ छोसेरमा रहेको ईलाका प्रहरी कार्यालयबाट दुई जना प्रहरी उद्दारमा खटिएका थिए । प्रहरीका अनुसार दुर्घटनाग्रष्त स्कर्भियो जीपमा आशिंक क्षति हुन पुगेको छ ।


प्रतिक्रिया