मुस्ताङ,१७, साउन ।
नेपाल—चीन उत्तरी कोरलानाका स्थित २१ नम्बर सीमास्तम्भबाट एक व्यक्तिलाई नियन्त्रणमा लिईएको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी)लाई छलेर (नेपाल—चीन) कोरला स्थित २१ नम्बर सीमाक्षेत्रमा पुगेका उक्त व्यक्तिलाई शनिबार साँझ करिव ५ बजेको समयमा सीमाक्षेत्रमा कार्यरत बीओपी सुरक्षाकर्मीले नियन्त्रणमा लिएको हो ।
कोरलानाका स्थित सीमाक्षेत्रमा प्रवेश गर्न नेपाली नागरिक बाहेक अन्य व्यक्तिलाई निषेध छ । सशस्त्र प्रहरी बल नेपाल ३३ गुल्मका प्रहरी नायव उपरीक्षक एवं गुल्मपति दीपक कोईरालाका अनुसार नेपाल—चीन सीमाक्षेत्रको २१ नम्बर सीमास्तम्भबाट विवरण नखुलेको अन्दाजी ६२ वर्ष उमेरको एक व्यक्तिलाई नियन्त्रणमा लिईएको हो ।
सीमाक्षेत्रमा एक्लै फेला परेका व्यक्तिको कुनै कागजात नभएको र पहिचान समेत खुल्न नसकेको प्रहरी नायब उपरीक्षक कोईरालाले बताउँनुभयो ।‘ नियन्त्रणमा लिईएको व्यक्तिको मानसिक अवस्था ठिक नभएको जस्तो देखिन्छ, पहिचान खुल्ने कागजात पनि भेटिएन, प्रहरी निरीक्षक कोईरालाले भन्नुभयो, हेर्दा घुमन्ते जस्तो देखिन्छ,उसले बोलेका कुरामा पनि विश्वास गर्ने अवस्था रहेन ।’’
सीमाक्षेत्रमा फेला परी नियन्त्रणमा रहेका व्यक्तिको हुलिया भारतीय नागरिक जस्तो देखिएको छ । सशस्त्र प्रहरीले सीमाक्षेत्रबाट नियन्त्रणमा लिएर उक्त विवरण नखुलेको व्यक्तिलाई दुई जना सुरक्षाकर्मीको सहयोगमा आईतबार मुस्ताङबाट सशस्त्र प्रहरी बल नेपाल नं ४ मुक्तिनाथ बाहिनी पोखरामा पठाईएको सशस्त्र प्रहरी नायव उपरीक्षक कोईरालाले उल्लेख गर्नुभयो । उहाँका अनुसार उक्त व्यक्तिलाई सशस्त्र प्रहरी बलले भारतीय पेन्सन क्याम्पमा समन्वय गर्ने र त्यहाँ नभएको अवस्थामा मानव सेवा आश्रममा जिम्मा लगाउने योजना रहेको बताउँनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता