मुस्ताङमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती

हिमाली जिल्ला मुस्ताङमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती सुरु गरिएको छ । अन्नपूणं संरक्षण क्षेत्र आयोजना ,ईलाका संरक्षण कार्यालय जोमसोमले मुस्ताङका उच्चलेंक,खर्क र पाटनमा एआई ड्रोन प्रविधिद्वारा वनगस्ती गर्न सुरु गरिएको हो ।

मुस्ताङमा ड्रोन प्रविधिद्वारा चलचित्र,डकुमेन्ट्री फिल्म र चाडपर्व लगायतका श्रव्यदृष्यहरु छांयाकन गरिने गरिएको भएपनि अन्नपूर्ण सरक्षण आयोजनाले पहिलो एआई प्रविधिको ड्रोन क्यामेरा वन गस्ती गर्ने कार्यमा प्रयोगमा ल्याएको हो । यहाँको कठिन भूगोल र यहाँका उच्चस्थानका न्यून मानव वस्ती रहेका स्थानमा वन अनुगमन गर्नका लागि पहिलो पटक एआई ड्रोन प्रविधि प्रयोगमा ल्याईएको हो ।

एक्याप संरक्षित वन तथा वनपैदावारको संरक्षण तथा वन्यजन्तुको चोरी शिकारी लगायत वनक्षेत्रहरुमा हुने विभिन्न प्रकारका अवान्छित गतिविधि नियन्त्रणका लागि पहिलो पटक एआई ड्रोन प्रविधि प्रयोगमा ल्याईएको एक्याप जोमसोमका वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायक संजोग थकालीले जानकारी दिनुभयो । एक्यापले अन्नपूर्ण संरक्षण क्षेत्र भित्रको उच्चलेंक,जंगल ,खर्क र पाटनमा  प्रयोगमा ल्याउने गरी वन गस्तीका लागि एआई ड्रोन प्रविधि भित्र्याएको वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायक थकालीको भनाई छ । 

नेपाल नागरिक उड्यन प्राधिकरणमा दर्ता गरी स्थानीय प्रशासनको अनुमतिमा यसप्रकारको एआई ड्रोन प्रविधिको सहायताबाट वन गस्ती थालिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत मुस्ताङको जोमसोम ईलाकाबाट आईतबारदेखि एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गरिएको हो । वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायक थकालीका अनुसार वारागुङ मुक्तिक्षेत्र—१ को लुप्रा लेंक र घरपझोङ गाउँपालिकाको भ्रप्सा र नमखुलेंक लगायतका स्थानमा ड्रोन प्रविधिबाट वन गस्ती गर्ने कार्य भईसकेको छ । 

एक्याप जोमसोमले यार्सा गुम्बा टिप्ने सिजन चलिरहेको अवस्थामा एआई ड्रोन प्रविधिद्वारा छड्के अनुमगन गरिहेको छ । यार्सा संकलन गर्ने व्यक्तिबाट हुनसक्ने अवान्छित क्रियाकलाप तथा वन तथा उच्चलेंकमा पासो थाप्ने र बन्दुक बोकेर गैरकानुनी रुपमा वन्यजन्तुको चोरी शिकारी गर्ने तथा आगलागीको जोखिम सृजना गर्नसक्ने भएकाले छिटोछरितो रुपमा आधुनिक प्रविधिको प्रयोग गरी एआई ड्रोन क्यामेराले वन गस्ती गरिएको हो ।

परम्परागत शैलीबाट घण्टौ लगायर पैदल हिडेर वन गस्ती गर्दा अपराधी तथा अवान्छित व्यक्ति उम्किन सक्ने भएकाले त्यस्ता व्यक्तिहरुको पहिचान र तथ्य प्रमाणमा संकलन गरी कानुनको दायरामा ल्याउन एआई ड्रोन प्रविधि निकै उपयोगी हुने वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायक थकालीको भनाई छ । हिउँदयाममा अधिकाँश नागरिकहरु जाडो छल्न बेसी झर्ने भएकाले उच्चलेंक र जंगलहरुमा वन्यजन्तुको चोरी शिकारी हुने जोखिम बढी भएकाले ड्रोन प्रविधि उपयोग हुने विश्वास गरिएको छ ।

 एक्याप जोमसोमले पहिलो पटक प्रयोगमा ल्याएको एआई ड्रोन प्रविधिको वजन १०६३ ग्रामको रहेको छ । यस प्रविधिले करिव १५ देखि २० किलोमिटर दुरी सम्म उड्न सक्छ । तीन वटा बेट्रीको व्यवस्था भएपनि एउँटै बेट्रीले ४६ मिनेटसम्म एआई ड्रोन उड्न सक्छ ।  यसले  अधिकतम् ६ किमी उचाई सम्म उड्न सक्छ । प्रतिघण्टा  ९० देखि ९७ किलोमिटर गतिमा उड्न सक्ने एआई ड्रोन प्रभावकारी मानिएको छ ।

यसैगरी क्यापले प्रयोगमा ल्याएको एआई ड्रोन प्रविधिले श्रव्य दृष्यलाई क्यामेरामा सजिलै कैद गर्नसक्छ । पहिलो पटक परीक्षणको रुवमा प्रयोग गरिएको एआई ड्रोन क्यामेराले फुटेसहरु हेर्दा स्पष्ट रुपमा वनक्षेत्रका गतिविधिहरु प्रष्ट देखिएकाले यो प्रविधि प्रभावकारी हुने विश्वास गरिएको छ ।

 यसअघि मुस्ताङका उच्चलेंक,खर्कmपाटन र जंगलहरुमा एक्याप कार्यालयका कर्मचारी,संरक्षण क्षेत्र व्यवस्थापन समिति र सुरक्षा निकायको रोहबरमा संयुक्त गस्ती गर्ने गरिएको थियो । एक्यापले परम्परागत पैदल गस्तीका साथसाथै ड्रोन प्रविधिको सहायताबाट पनि निरन्तर रुपमा वनक्षेत्रको गस्ती गरिने जनाएको छ ।¬¬

प्रतिक्रिया